×

Nic Asia
Prabhu Bank

सरसर्ती २४ घण्टा

एमाले नेतृत्वको प्रदेश सरकार धरापमा, माओवादीलाई हाइसञ्चो !

चैत ११, २०७९

NTC
Marvel
Premier Steels
IME BANK INNEWS

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नेकपा एमालेको नेतृत्व रहेका प्रदेश सरकारहरु धरापमा परेका छन् । कोशी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश सरकार धरापमा परेका हुन् ।  केन्द्रमा भएको समीकरणअनुसारका दलहरुले ती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिनेबित्तिकै मुख्यमन्त्री अल्पमतमा पर्ने देखिन्छ ।

yONNEX
Frooti
Appy

जसअनुसार गण्डकीमा माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै खगराज अधिकारी नेतृत्वको सरकार अल्पमतमा परिसकेको छ । यस्तै लुम्बिनीमा माओवादी केन्द्रले समर्थन फिर्ता लिने तयारी गर्दैगर्दा कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउने पहल थालिसकेको छ । यस्तै कोशी प्रदेशमा भने थोरैमात्रै गडबढी भएमा मध्यापधिमा जानसक्ने खतरा रहेकाले माओवादी केन्द्र पर्ख र हेरको अवस्थामा देखिन्छ । यसअघि एमालेको नेतृत्व रहेको सुदूरपश्चिम प्रदेश सरकार ढलेर कांग्रेसको नेतृत्व आइसकेको छ । 


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

एमाले र माओवादीसहित तत्कालीन सात दलीय गठबन्धनअनुसार चार प्रदेशमा एमाले र दुई प्रदेशमा माओवादी र एक प्रदेशमा जसपाले मुख्यमन्त्री पाएको थियो । तर, राष्ट्रपति निर्वाचनको समयमा समीकरण परिवर्तन भएर कांग्रेससहित माओवादीलगायतका दलहरु एकठाउँमा र एमाले एकातिर भएसँगै प्रदेश सरकारमा पनि प्रभाव परेको हो । 


Advertisment
Lokantar App
Saurya island

एमाले नेतृत्वको तीन प्रदेश सरकार ढल्ने निश्चित जस्तै देखिँदा यता बागमती प्रदेशमा भने शुक्रबार मुख्यमन्त्री शालिकराम जमकट्टेलले दोस्रो पटक विश्वासको मत पाइसकेका छन् । माओवादी केन्द्रका उनलाई कांग्रेसले सघाएपछि विश्वासको मत जितेका हुन् । यससँगै सो प्रदेशमा एमाले प्रमुख प्रतिपक्षी दल बनेको छ । यस्तै मधेश प्रदेशमा जसपाका सरोजकुमार यादव मुख्यमन्त्री रहेका छन् भने उनको पार्टी वर्तमान सत्ता गठबन्धनमै रहेकाले पद सुरक्षित छ । यस्तै कर्णालीमा माओवादी केन्द्रका राजकुमार शर्माको पद पनि सुरक्षित छ । 

JYOTI
Vianet communication

सत्ता समीकरण परिवर्तन हुँदा पनि माओवादी केन्द्रले दुबै प्रदेश सुरक्षित गरेको छ भने ४ प्रदेशमा सभामुख पाएको छ । माओवादीले कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा सभामुख पाएको हो । सभामुख परिवर्तनको सम्भावना नदेखिएकाले नयाँ समीकरणमा सो पार्टीले पद बाँडफाँटमा तत्काल केही फाइदाजस्तो देखिएको छ । यस्तै लुम्बिनीमा समेत माओवादीले नेतृत्वमा दाबी गर्दै आएको छ । 
यस्तै केन्द्रमा प्रधानमन्त्रीमा प्रचण्डले निरन्तरता पाएका छन् । प्रचण्डले चैत ६ मा विश्वासको मत जितेसँगै मन्त्रिपरिषद्लाई पूर्णता दिन छलफल गरिरहेका छन् । उनले केही दिनमै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरिरहेका छन् । 
००००
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रवार राष्ट्रिय जनगणना २०७८ को अन्तिम प्रतिवेदन सार्वजनिक गरेको हो । 
यो प्रतिवेदनअनुसार नेपालमा एक करोड ४२ लाख ५३ हजार ५ सय ५१ अर्थात् ४८.९८ प्रतिशत पुरुष र एक करोड ४९ लाख ११ हजार २७ अर्थात् ५१.०२ प्रतिशत महिला छन् । पुरुषको संख्या महिलाभन्दा ६ लाख ५७ हजार ४७६ कम छ ।
००००
नेपाल प्रहरीको ३० औं प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुवँर भएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्ले एआईजीमा १ नम्बर रहेका कुवँरलाई आईजीपी बनाएको हो । 
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले कुँवरलाई महानिरीक्षक नियुक्त गरिएको पुष्टि गरे । एक हप्ता अगाडि डीआईजीबाट ५ जनालाई एआईजीमा सरकारले बढुवा गरेको थियो ।
००००
नवनियुक्त आईजीपी कुँवरले प्रहरी प्रधान कार्यालयले प्रहरी सेवाका सन्दर्भमा अघि सारेका कामलाई निरन्तरता दिँदै सेवालाई अझै प्रभावकारी र चुस्त बनाउने प्रतिबद्धता जनाएका छन् ।  
प्रहरी प्रधान कार्यलयमा सेवानिवृत्त प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहसहितका प्रहरी अधिकारीलाई बिदाइ गर्दै उनले अग्रजहरुले गरेको मार्ग–निर्देशन अक्षरश पालना गर्ने र अधुरा रहेका योजनालाई आफूले पूरा गर्ने विश्वास दिलाए ।
००००
यसैबीच आईजीपी धीरजप्रताप सिंहसहितका नौ जना प्रहरी अधिकृतहरु गएरातिदेखि अनिवार्य अवकाशमा गएका छन् ।  गत वैशाख १८ मा महानिरीक्षक पदमा पदोन्नति भएका सिंहले झण्डै एक वर्ष महानिरीक्षक भएर सेवा दिए । 

उनका ब्याचीहरु प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) सहकुलबहादुर थापा, उत्तमराज सुवेदी र दिवेश लोहनी अवकाशमा गएका छन् ।
००००
नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको नामांकनका विषयलाई लिएर अनावश्यक विवाद नगर्न सबैसमक्ष आग्रह गरेका छन् ।
बिर्तामोडमा नेकपा एमाले झापाले आज आयोजना गरेको मिसन ग्रासरुट अभियानको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले कोशी प्रदेशको नामकरणमा विवाद गर्नुपर्ने कुनै आधार नै नरहेको स्पष्ट पारे।
००००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १० मा हुन लागेको उपनिर्वाचनमा तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको छ । पार्टीको शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले तनहुँ १, चितवन २ र बारा २ मा उम्मेदवारी दिने निर्णय गरेको उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए । तीनवटै निर्वाचन क्षेत्रमा गठबन्धन बिना उम्मेदवार दिने निर्णय भएको पनि उनको भनाइ छ ।
००००
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता नभएको बताएका छन्। 
शुक्रबार पार्टीको अर्थ–योजना विभागले आयोजना गरेको देशको वर्तमान आर्थिक अवस्था र समाधानका उपायहरू विषयक विचार गोष्ठीमा नेपालले यी दुई विमानस्थलमा अर्बौं रुपैयाँ लगानी भए पनि प्रतिफल नआएको बताए ।
००००
नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेशको नामको विषयलाई लिएर आन्दोलनरत पक्षलाई वार्ताको माध्यमबाट टुंग्याउन सरकारसँग आग्रह गरेका छन् । 
माओवादी केन्द्र संसदीय दलको शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै नामकरण नहुँदा असन्तुष्टि देखिनु स्वाभाविक रहेको उनले बताए ।
००००
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफ्नो राजनीतिको लक्ष्य नै राज्यका हरेक निकायमा युवा प्रतिनिधित्व गराउनु रहेको बताएका छन् । 
नेपाल जेसिसले काठमाडौँमा आयोजना गरेको ुनेशनल काउन्सुलर एकेडेमी (२०२३ को उदघाटन समारोहलाई सम्बोधन गर्दै उनले राजनीतिक स्थिरता र अवसरको अभावले युवा शक्ति विदेश पलायन भइरहेको समेत बताए।
००००
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई आफ्नो पद गुम्ला कि भन्ने डर रहेको टिप्पणी गरेका छन् । 
मान्छेलाई बढी पाउने इच्छा हुने भन्दै उनले प्रधानमन्त्री दाहालमा पनि पद गुम्ला कि भन्ने डर रहेको बताए। शुक्रबार साई शिक्षा निकेतन माध्यामिक विद्यालयले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा महामन्त्री थापाले पूर्वप्रधानमन्त्रीहरूलाई फेरि प्रधानमन्त्री हुन पाइँदैन कि भन्ने चिन्ता उत्तिकै रहेको उल्लेख गरे।
००००
चैत ५ गते भएको आन्दोलनमा पदम लिम्बूको मृत्यु भएसँगै पहिचानवादी संघर्ष समितिले थप आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । 
कोशी प्रदेशको नामकरणको विरोध गरिरहेको संयुक्त संघर्ष समितिको शुक्रबार बसेको आपतकालीन बैठकले ऐतिहासिक पृष्ठभूमि र बहुपहिचानको आधारमा पुनः नामांकनको माग सम्बोधन नगरुञ्जेल आन्दोलन गर्ने निर्णय गरेको हो ।
००००
आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकका लागि केही गरौं भन्ने इच्छाशक्तिका साथ काम गरिरहेका बताएका छन्। सरकारमा जाने तयारीमा रहेका साहले मुलुक चुनौतीपूर्ण अवस्थामा रहेको बताए।  शुक्रबार काठमाडौंमा आयोजित आम जनता पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी एकता घोषणा कार्यक्रममा साहले प्रचण्ड कार्यकालमा नेपालको आर्थिक अवस्था सुधार हुने र विकास तथा निर्माणको कामले गति लिने विश्वास समेत व्यक्त गरे।

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ २१, २०८०

सर्वोच्च अदालतले नागरिकता विधेयक तत्काल अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले विधेयकलाई तत्काल यथास्थनमा राख्न अल्पकालीन अन्तरिम आदेश दिए...

जेठ २१, २०८०

विपक्षी दलहरूको अवरोधका कारण एक घण्टाका लागि स्थगित भएको संसद बैठक भोलि (सोमवार)सम्मका लागि सरेको छ । संसद सचिवालयले सूचना टाँस गरेर बैठक सोमवार बिहान ११ बजे बस्ने जानकारी दिएको हो । यसअघि आज (आइतवार...

जेठ २२, २०८०

संयुक्त राष्ट्रसंघको मूल नारालाई स्थानीयकरण गर्दै नेपालमा यस वर्ष ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौं, वातावरणमैत्री विकल्पको उपयोग गरौं’ भन्ने नाराका साथ वातावरण दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसंघक...

जेठ २१, २०८०

पाल्पामा आइतवार साँझ जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । अन्य १२ जना घाइते भएका छन् ।​ मृतक दुई जना महिला र एक जना पुरुष रहेको भए पनि उनीहरूको पहिचान खुलेको छैन । बुटवलबाट अर्घाखाँचीको ...

जेठ २१, २०८०

राष्ट्रपति रामचन्द्र पौडेलले विकासलाई वातावरणमैत्री बनाउनुपर्नेमा जोड दिएका छन् । विश्व वातावरण दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले भनेका छन्, “आजको दिन हामी सबैले आफ्नो घर वरिपरि रहेको वातावरण सफ...

जेठ २१, २०८०

निर्माण व्यवसायीहरूले आगामी असार ४ गतेभित्र सरकारले सबै आयोजनाहरूको म्याद थप नगरे निर्माणसम्बन्धि सबै कामहरू ठप्प पार्ने चेतावनी दिएका छन् ।  नेपाल निर्माण व्यवसायी महासंघले आइतवार काठमाडौंमा पत्रकार सम्...

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

जेठ १९, २०८०

यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो ।  भ...

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

जेठ १७, २०८०

बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्‍मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...

गणतन्त्रमा उल्टो नियति : दुब्ला जनता, मोटा नेता !

गणतन्त्रमा उल्टो नियति : दुब्ला जनता, मोटा नेता !

जेठ १५, २०८०

आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...

ad
x