×

NIC ASIA

कांग्रेस उम्मेदवार भन्छन् - पहिलेजस्तो चिवतनमा रविको हावाहुरी आउँदैन, परिणाम उल्ट्याउँछौं

चैत १६, २०७९

Prabhu Bank
NTC
Premier Steels

कांग्रेसबाट चितवन २ को उम्मेदवार बनेका जीतनारायण श्रेष्ठले ४ मंसिरमा रवि लामिछानेले हावाहुरी सिर्जना गरे पनि अहिले उनी पहिचान खोज्नुपर्ने अवस्थामा पुगेको टिप्पणी गरेका छन् ।

Muktinath Bank

केन्द्रीय कार्यालयमा आफ्नो नाममा सहमति बनेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै श्रेष्ठले अब पहिलेजस्तो चिवतनमा रविको हावाहुरीको असर नहुने बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘चितवनमा मंसिरमा भएको निर्वाचनमा हावाहुरी आएको थियो । तर जे जसरी त्यहाँ हावाहुरी आएको थियो अहिले जनताबीच स्थिति त्यस्तो छैन । रवि लामिछाने मेरो पहिचान कहाँ हो भनेर खोज्नुपर्ने अवस्थामा पुगेका छन्’, श्रेष्ठले भने, ‘रास्वपाले कहिले कसलाई समर्थन गर्ने, कहिले कसलाई भोट हाल्ने र किन भोट हालको भनेर पनि खुलाएको छैन । किन सरकारलाई समर्थन गरेको र विश्वासको मत किन दिएको भनेर पनि जनतालाई भन्नु नपर्ने ? न पार्टीबाट निर्णय गर्नुपर्ने । यसपटक चितवनका नागरिक सचेत भइसके ।’ 


Advertisment
Nabil box
Kumari

जनताले नजिकबाट लामिछानेको गतिविधिको निगरानी गरेको भन्दै १० वैशाखको निर्वाचनमा परिणाम उल्टाउने दाबी पनि उनले गरे । 

Vianet communication

४ मंसिरमा भएको निर्वाचनमा चितवन २ बाट रास्वपाका सभापति लामिछाने १६५ निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी अन्तरले जितेका थिए । कांग्रेसका उमेश श्रेष्ठ पराजित भएका थिए । 

चितवन २ मा पार्टी गठनको छोटो समयमै लामिछानेले फराकिलो जीत हात पारेका थिए । लामिछानेले ४९ हजार ३०० मत ल्याएका थिए। यहाँ कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८८ र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत प्राप्त गरेका थिए । राप्रपाका रविन अधिकारीले भने ९५५ मत पाएका थिए। 

नागरिकता प्रकरणमा सांसद र गृहमन्त्री पद गएपछि पुनः नागरिकता प्राप्त गरेका लामिछाने नै यो क्षेत्रबाट उठ्दै छन्। अघिल्लोपटक उनी ३४ हजार ३१२ मतान्तरले विजयी भएका थिए।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x