×

NMB BANK
NIC ASIA

पर्यटनदूतमा कार्यकर्ता भर्ती

पर्यटनदूत नियुक्तिमा चलखेल: जीवनरामले जाँदाजाँदै गरे २६ जना भर्ती, नयाँ बन्दै कार्यविधि

चैत २६, २०७९

NTC
Premier Steels

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न देशका लागि पर्यटन सद्भावना दूतमा मन्त्रीका आसेपासे र कार्यकर्ता मात्रै भर्ती गरेको पाइएको छ ।

Muktinath Bank

नेपाल पर्यटन बोर्ड स्थापना भएदेखि नै बोर्डले पर्यटन सद्भावना दूतकारूपमा ‘अनरी पब्लिक रिलेसन रिप्रिजेन्टेटिभ’ (एचपीआरआर) नियुक्त गर्दै आएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तत्कालीन पर्यटन मन्त्री प्रेमबहादुर आले र पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनञ्जय रेग्मीबीचको टकरावका कारण आलेले बोर्डबाट हुने एचपीआरआर नियुक्तिलाई रोकिदिएका थिए ।


Advertisment
Nabil box
Kumari

उनले उक्त नियुक्तिलाई पर्यटन मन्त्रालयबाटै गर्ने तयारी गर्दै थिए । पर्यटन मन्त्रालयले कार्यविधि बनाउँदै गर्दा आलेले छाडेपछि उनकै पार्टी नेकपा (एकीकृत समाजवादी)का नेता जीवनराम श्रेष्ठ पर्यटन मन्त्री नियुक्त भए ।

Vianet communication

त्यसपछि श्रेष्ठकै निर्देशनमा पर्यटन मन्त्रालयले बोर्डलाई पन्छाउन ‘सद्भावना दूतसम्बन्धी कार्यविधि २०७९’ बनाएको देखिन्छ ।

कार्यविधि

उक्त कार्यविधि १६ भदौ २०७९ मा मन्त्रालयबाट स्वीकृत गराएर ९ असोजमै ९ जनालाई नियुक्त गरेको भेटिएको छ । 

तत्कालीन पर्यटन मन्त्री श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गरेर पहिलो चरणमै ९ असोजमा कतारको दोहाका लागि टेकबहादुर कार्की, अमेरिकाको डल्लासमा चेतनाथ ढकाल, अस्टिन टेक्सासमा उद्धव खनाल, न्युह्याम्पशायरमा शिवकुमार राई, बाल्टिमोरमा टंक कुँवर र न्यूयोर्क सिटीमा केशवराम राईलाई नियुक्त गरेका थिए ।

सोही दिन हङकङको कौलुनमा तेजप्रकाश पुनलाई नियुक्त गरिएको थियो ।

त्यसका अलावा जर्मनी र जापानमा पनि एक–एक जना नियुक्त भएको पर्यटन मन्त्रालयले लोकान्तरलाई उपलब्ध गराएको एक तथ्यांकमा उल्लेख छ ।

मन्त्रालयले ३ चरणमा गरेर २६ जनालाई विभिन्न देशका लागि पर्यटन सद्भावना दूत नियुक्त गरेको छ । तथ्यांकअनुसार ९ असोजमा ९ जना, २७ मंसिरमा ५ जना, ८ पुसमा १२ जना नियुक्त भएका थिए ।

दोस्रो चरणमा मलेसियामा नन्दबहादुर क्षेत्री, बेलायतमा सोमनाथ सापकोटा, क्यानडामा नरबहादुर टण्डनसहित नियुक्त भएका छन् ।

विभिन्न देशका लागि नियुक्त भएका २६ जना पर्यटनदूत सबै पूर्व पर्यटन मन्त्री जीवनराम श्रेष्ठको मन्त्रिस्तरीय निर्णयबाट नियुक्त भएका थिए ।

यतिसम्म कि श्रेष्ठको बहिर्गमन हुने दिन १० पुसभन्दा २ दिन अगाडि मात्रै १२ जनालाई नियुक्त गरिएको थियो ।

हेर्नुहोस्, नियुक्ति पाएकाहरूको नामावली :

null

पर्यटन सद्भावना दूतमा कार्यकर्ता भर्ती गर्न मिल्ने गरी कार्यविधि बनाइएको छ ।

कार्यविधिमा पर्यटन क्षेत्रमा गरेको योगदान उल्लेख नगरिएको, विदेशमा बसेको हुनु नपर्ने, विदेशमा बसेर गरेको योगदानको कुनै मूल्यांकन नहेरिएको र शैक्षिक योग्यता समेत नखुलाएका कारण कार्यकर्ता भर्ती बाहेक अन्य उद्देश्य नदेखिएको मन्त्रालयकै कर्मचारीहरू बताउँछन् ।

मन्त्रालयले २१ वर्ष पूरा भएका नेपाली वा विदेशी नागरिक, पर्यटनमा ख्याति कमाएको तथा उल्लेख्य योगदान गरेको, नैतिक पतन नदेखिएको र पर्यटन प्रबर्द्धनमा रुचि राखेर महत्त्वपूर्ण योगदान दिने सम्भावना भएको व्यक्ति नियुक्त हुने गरी योग्यता निर्धारण गरिएको छ ।

यस्तो छ मन्त्रालयले तोकेको योग्यता

तर, पर्यटन बोर्डले कम्तीमा १० वर्ष सम्बन्धित देशमा बसेको, स्नातक उत्तीर्ण भएको, विदेशमा कुनै व्यापार व्यवसाय भएको, पर्यटन प्रबर्द्धन गर्न आफ्नै कार्यालय स्थापना गर्न सक्ने क्षमता भएकोसहितको योग्यता तोकेको थियो ।

पर्यटन मन्त्रालयका सचिवको संयोजकत्वमा मन्त्रालयका ४ जना र बोर्डका सीईओ समेत गरी ५ सदस्यीय सिफारिश समिति बनाउने भन्ने व्यवस्था पनि कार्यविधिमा छ । तर, २६ जना नियुक्त हुँदासम्म एक जनालाई पनि आफूसहित समितिले सिफारिश नगरेको र उक्त नियुक्तिमा सहमति नदिएको बोर्डका सीईओ डा. धनञ्जय रेग्मीले बताए ।

कार्यकर्ता भर्ती गर्न मिल्ने गरी कार्यविधि बनाएर बोर्डको सिफारिश र सहमति विना नै नियुक्ति दिने काम भइरहेको छ । यस विषयमा आफूहरूको सिफारिश र सहमति नभएको उनी बताउँछन् ।

उनका अनुसार पूर्व मन्त्री प्रेम आलेले दबाव दिएर २/४ जना गलत नियत भएका व्यक्तिलाई एचपीआरआरमा नियुक्त गर्न खोजेका थिए । बोर्डले असहमति जनाएपछि उनले मन्त्रालयबाटै नियुक्त गर्ने व्यवस्थाका लागि कार्यविधि बनाउन शुरू गरेका थिए । आलेले शुरू गरेको कामलाई उनकै पार्टीबाट मन्त्री भएका जीवनराज श्रेष्ठले पनि निरन्तरता दिए ।

यस विषयमा जिज्ञासा राख्दा तत्कालीन पर्यटन मन्त्री जीवनराम श्रेष्ठले कार्यविधि बनाएरै पर्यटन सद्भावना दूत नियुक्त गरिएको दाबी गरे । 

‘कार्यकर्ता नियुक्त गर्न कार्यविधि बनाएको होइन । पहिले पर्यटन बोर्डले नियुक्त गर्दा कुनै कार्यविधि नै थिएन । मन्त्रालयले कार्यविधि बनाएरै काम गरेको हो,’ उनले भने ।

सिफारिश समितिले पेश गरेका नामलाई नै मन्त्रीस्तरीय निर्णयबाट नियुक्ति दिइएको उनको दाबी छ ।

कार्यकर्ता भर्ती गरेको भन्ने आरोप समेत खण्डन गर्दै उनले अनुभव भएका व्यक्तिहरू नै रहको बताए ।

किराँती आएपछि रोके नयाँ नियुक्ति

पछिल्लो समय सुदन किराँती पर्यटन मन्त्री बनेपछि नयाँ नियुक्ति दिएका छैनन् ।

जथाभावी नियुक्ति दिन नहुने र बोर्डको समेत स्वीकृति चाहिने भन्दै मन्त्री किराँतीले कार्यविधि परिमार्जनको तयारी गरिरहेको मन्त्रालयका कर्मचारीहरू बताउँछन् ।

अहिलेको कार्यविधि नै खारेज गरेर नयाँ बनाउने तयारी भइरहेको पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारीले बताए । पर्यटनदूत भन्ने शब्द समेत हटाएर पर्यटन प्रवर्द्धक बनाउन लागिएको उनको भनाइ छ ।

नयाँ कार्यविधि बनेसँगै हाल नियुक्त भएका सबै जनाको नियुक्ति खारेज हुने र नयाँ व्यवस्थाअनुसार योग्यता र मापदण्ड पूरा भएका व्यक्ति मात्रै नियुक्त हुने अधिकारीले बताए ।

उनका अनुसार पर्यटन मापदण्डमा नै १० वर्षभन्दा बढी समय विदेशमा बसेका हुनुपर्ने, पर्यटन क्षेत्रमा काम गरेको हुनुपर्ने, विदेशमा बस्दा नेपालको पर्यटन प्रबर्द्धनमा योगदान गरेको हुनुपर्ने, २ वर्षका लागि नियुक्त हुने र विदेशी तथा नेपालीलाई नियुक्त गर्न सकिने व्यवस्था गर्न खोजिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x