×

NMB BANK
NIC ASIA

वर्ष समीक्षा

पुरानो वर्षको बिदाइ र नयाँलाई स्वागत : यी हुन् २०७९ का महत्त्वपूर्ण १० घटनाक्रम

चैत ३०, २०७९

NTC
Premier Steels

विक्रम संवत्‌को वर्ष २०७९ बिहीवार मध्यरातिदेखि समाप्त हुँदैछ । यो वर्षको मात्र होइन, ०७० को दशककै अन्त्य पनि हो । केही आशा र केही निराशाका घटनासहित पुरानो वर्ष बिदाइ हुन लागेको छ ।

Muktinath Bank

शुक्रवार २०८० सालको पहिलो दिन शुरू हुँदैछ । बिदाइ भएर जाँदै गरेको पुरानो वर्ष २०७९ मा केही महत्त्वपूर्ण घटनाक्रम भएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आर्थिक मन्दी, बढ्दो बेरोजगारी र युवा पलायनका घटनाले मानिसहरूमा नैराश्य उत्पन्न गरेको छ । 


Advertisment
Nabil box
Kumari

बिदा हुँदै गरेको वर्ष २०७९ मा केही महत्त्वपूर्ण राजनीतिक र सामाजिक घटनाक्रम भए, जसलाई यहाँ चर्चा गरिएको छ । 

Vianet communication

स्थानीय तह निर्वाचन 

२०७९ सालमा भएका महत्त्वपूर्ण राजनीतिक घटनाक्रममध्ये स्थानीय तहको निर्वाचन एक हो ।

वैशाख ३१ गते भएको निर्वाचनमा नेपाली कांग्रेस पहिलो दलको रूपमा स्थापित भयो । कांग्रेस–माओवादीसहितको गठबन्धनविरुद्ध एक्लै प्रतिस्पर्धा गरेको एमाले दोस्रो स्थानमा रह्यो ।

null

नेपाली कांग्रेस ३२९ पालिकामा विजयी भएको थियो । 

स्थानीय तह निर्वाचनमा राजधानी काठमाडौंमा स्वतन्त्र उम्मेदवार विजयी भएको घटना अहिलेसम्म सेलाएको छैन ।

वर्ष सकिने बेलासम्म काठमाडौंका मेयर र संघीय सरकारबीच टसल चलिरहेको छ । बिहीवार मात्र मेयर बालेन साहले सिंहदरबार अन्य पालिकामा सार्न चुनौती दिएका छन् । स्थानीय तह निर्वाचन संविधान कार्यान्वयनको अर्को कडीको रूपमा रह्यो । 

प्रधानन्यायाधीशविरुद्ध महाभियोग

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग यो वर्षको अर्को महत्त्वपूर्ण घटना हो ।

अघिल्लो वर्षको फागुन १ गते संसद् सचिवालयमा दर्ता भएको महाभियोग ७ महिनापछि प्रक्रियामा गएको थियो । 

भदौ १५ गते निलम्बित अवस्थामा रहेका प्रधानन्यायाधीश जबराले महाभियोग सिफारिश समितिमा उपस्थित भएर राजनीतिक दलका नेता, सर्वोच्चकै न्यायाधीश, नाम चलेका वकिल र मिडिया मालिकको पोख खोले । चोलेन्द्रले विभिन्न क्षेत्रको पोल खोलेको घटनाले राजनीति तरंगित भयो । 

प्रतिनिधिसभाको कार्यकाल सकिएपछि संघीय संसदका महासचिवको पत्रको बलमा चोलेन्द्र सर्वोच्च फर्किने प्रयास गरेका थिए । 

प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै महाभियोग निष्क्रिय बनेको भन्दै संसद्का महासचिव भरत गौतमले मंसिर २१ गते चोलेन्द्रलाई पत्र दिएका थिए ।

तर, सरकारले सरकारी निवासबाट बाहिर निस्कन नदिएपछि आफूलाई नजरबन्दमा राखिएको भनेर प्रतिक्रिया दिए ।

‘देशमा कि जंगबहादुर थियो, कि चोलेन्द्र शमशेर छ,’ भन्ने जबरा मंसिर २८ गते लुरुलुरु घर फर्के ।

प्रतिनिधिसभा निर्वाचन

मंसिर ४ मा सम्पन्न आवधिक निर्वाचन गत वर्षको सबैभन्दा महत्त्वपूर्ण राजनीतिक घटनाक्रम हो ।

२०७४ सालको निर्वाचनबाट पहिलो दलको रूपमा स्थापित नेकपा एमालेलाई पछि पार्दै कांग्रेस पहिलो दल बन्यो । समानुपातिकतर्फ भने पपुलर भोटमा नेकपा एमाले नै अघि रह्यो । प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले ८९, नेकपा एमालेले ७८ र माओवादी केन्द्रले ३२ सीटमा चुनाव जिते । 

null

मंसिरको निर्वाचनमार्फत रवि लामिछाने नेतृत्वको रास्वपा, पूर्वपञ्चको पार्टी राप्रपा र सीके राउतको पार्टी जनमत निर्णायक शक्तिको रूपमा उदाए । 

कैलालीको टीकापुर हत्याकाण्डमा दोषी ठहर भएका रेशम चौधरीको दल पनि ४ सीटसहित संसदमा आयो । 

संविधान कार्यान्वयनका लागि आवधिक निर्वाचन लोकतन्त्रका लागि महत्त्वपूर्ण कसी बन्यो । तर, त्रिशंकु संसद्ले राजनीतिक स्थिरताभन्दा पनि अस्थिरता निम्त्याउने चिन्ता भइरहेको छ । 

पुरानो भत्किएर नयाँ गठबन्धन

नेकपा एमालेका अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई प्रतिगमनको संज्ञा दिएर बनेको कांग्रेस–माओवादी–समाजवादी गठबन्धन पुस ११ गते टुट्यो । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री मान्न प्रचण्ड र प्रचण्डलाई प्रधानमन्त्री दिन कांग्रेस तयार नभएपछि पुरानो गठबन्धन टुटेको थियो ।

कांग्रेसबाट धोका पाएको निष्कर्षसहित प्रचण्ड पुस ११ गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट गए । बालकोटमा केहीबेरमै ‘नाटकीय’ सहमति भएर प्रचण्ड प्रधानमन्त्री बने । बालकोटमा १६९ सांसदको समर्थन जुटाएर प्रचण्डलाई प्रधानमन्त्री बनाउन केपी ओली शीतलनिवास पुगे । सोही दिन राष्ट्रपतिबाट प्रधानमन्त्री नियुक्त भए । ‘मेड इन नेपाल’ सरकार बनाउन सफल भएको भन्दै एमाले अध्यक्ष ओलीले सार्वजनिक रूपमा हर्ष प्रकट गरे । 

एमाले, रास्वपासहित सरकार बनाएका प्रचण्डले पुस २५ गते प्रतिनिधिसभामा ९९ प्रतिशत सांसदको विश्वास जिते । 

null

एमालेको समर्थनमा बनेका प्रधानमन्त्रीलाई कांग्रेसले विश्वासको मत दिएर गठबन्धनमा भाँजो हाल्ने कोशिश गर्‍यो ।

प्रचण्डलाई विश्वासको मत माग्ने क्रममा ओलीले कांग्रेसले ‘ढोक्सा’ थापेको भन्दै आक्रोश व्यक्त गरे । ओलीको आशंका सत्य सावित भइदियो । 

कांग्रेसको ढोक्सामा माछा पर्ने देखेपछि फागुन १५ गते नेकपा एमाले सरकारबाट बाहिरियो । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रचण्डले चैत ६ गते फेरि विश्वासको मत लिए ।

प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेस सहभागी भएपछि पुस ११ गते टुटेको गठबन्धन फेरि जुट्यो । 

अदालतबाट गृहमन्त्री बर्खास्त

मंसिरको चुनावमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्रीसहित प्रचण्ड सरकारमा गृहमन्त्री बनेका थिए ।

प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दर्ता गर्दा प्रयोग गरिएको नागरिकता कीर्ते भन्दै उनीविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको थियो ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको नागरिकतालाई अवैध ठहर गरिदियो ।

सर्वोच्चको एउटा आदेशबाट उनको मन्त्री र सांसद पद चैट भयो । ३२ दिनमा रविको उपप्रधानमन्त्री पद गुमेपछि रास्वपा धेरै दिन सरकारमा बसेन । रविको सांसद पद गुमेको ठाउँमा आउँदो वैशाख १० गते उपनिर्वाचन हुँदैछ । 

वर्ष सकिनै लाग्दा घुस काण्डले रास्वपा फेरि विवादको भूमरीमा फस्यो । रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठ विवादास्पद व्यापारी दुर्गा प्रसाईंसँग घुस मागेको भन्दै कारबाहीमा परे । 

मन्त्री बन्न रविको ‘कोर टीम’लाई बुझाउन भन्दै सांसद श्रेष्ठले प्रसाईंसँग २ करोड मागेको अडियो बाहिर आएको थियो । 

नयाँ राष्ट्रपति/उपराष्ट्रपति 

एमालेसँगको गठबन्धन तोडेर माओवादीले कांग्रेस उम्मेदवारलाई समर्थन गरेपछि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडल गणतन्त्र नेपालको तेस्रो राष्ट्रप्रमुख बन्न सफल भए ।

प्रधानमन्त्री, सभामुखजस्ता महत्त्वपूर्ण पद गुमाएको कांग्रेसका लागि राष्ट्रपति जित्नु राजनीतिक रूपमा पुनर्जीवनसरह भयो ।

null

दुई कार्यकाल पूरा गरेर विद्या भण्डारी फागुन २८ गते पौडेललाई कार्यभार दिएर घर फर्किइन् । जसपाका नेता रामसहायप्रसाद यादव उपराष्ट्रपति बने ।

देशले नयाँ राष्ट्रपति र उपराष्ट्रपति पाउनु वर्षको महत्त्वपूर्ण घटनाक्रम बन्यो । 

जहाज दुर्घटना 

यती एयरको विमान दुर्घटनाले गत वर्ष नेपालका लागि पीडादायक वर्षको रूपमा चित्रित भयो । 

काठमाडौंबाट पोखराका लागि उडेको विमान माघ १ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नु केही सेकेण्डअघि मात्र सेती नदी खोँचमा दुर्घटनामा पर्‍यो । 

विमान दुर्घटनामा चालक दलका सदस्यसहित सबै ७२ जनाको मृत्यु भयो । कोरोनाका कारण शिथिल बनेको नेपालको पर्यटन उद्योग उकालो लाग्न लागेका बेला भएको दुर्घटनाले ठूलै धक्का दिएको छ ।

क्रिकेटमा ‘वान डे’ हैसियत जोगियो

खेलकुद जगत (विशेष गरी क्रिकेट)का लागि २०७९ साल उपलब्धिपूर्ण नै रह्यो ।

कठिन प्रतिस्पर्धा गरेर नेपालले आफ्नो ‘वन डे’ स्टाटसलाई कायम राख्न सफल भयो । यसक्रममा नेपालले आफ्ना अन्तिम १२ मध्ये ११ खेल जितेको थियो ।

null

वर्षको अन्त्यतिर सरकारले चितवनमा अलपत्र परेको क्रिकेट रंगशाला निर्माणको कामलाई पूर्णता दिने तयारी थाल्नु पनि खेल क्षेत्रका लागि सुखद् पक्ष हो । 

नेपाली क्रिकेटका लागि केही बिर्सनलायक घटना पनि भए । राष्ट्रिय टीमका कप्तान सन्दीप लामिछाने नाबालिक बलात्कारको आरोपमा पक्राउ परे । अन्य दुई क्रिकेट खेलाडी म्याच फिक्सिङ आरोपमा पक्राउ परे । 

फूटबल खेलाडीहरूको पलायन नेपाली खेलकुदका लागि चिन्ताको विषय बन्यो । 

पुरस्कार र उपलब्धि

आँखा उपचारमा विशिष्ट योगदान पुर्‍याएका डा. सन्दुक रुइतले ओमानको एक प्रतिष्ठित पुरस्कार प्राप्त गरे । १४ करोड धनराशिको इसा अवार्ड नेपालका लागि गौरव र प्रतिष्ठाको विषय बन्यो ।

क्रिकेटर आशिफ शेखले ‘आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड’ जिते ।

आयरल्यान्डका खेलाडी नेपाली बलरसँग ठोक्किएर क्रिजमा लड्दा रन आउट नगरेर देखाएको खेल भावनाका लागि उनलाई उक्त अवार्ड प्रदान गरिएको थियो ।

बितेको वर्ष जसलाई देशले गुमायो

वर्ष २०७९ ले समाजका केही चर्चित र प्रतिष्ठित व्यक्तिलाई गुमायो । असोज ३० गते मुलुकले शताब्दी पुरुष सत्यमोहन जोशीलाई गुमायो । आफ्नो जीवनको एक शताब्दी पूरा गरेर १०३ वर्षको उमेरमा जोशीको निधन भएको हो ।

यसैगरी नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं बौद्धिक नेता प्रदीप गिरीको यसै वर्ष निधन भयो । बौद्धिक नेताको छवि बनाएका गिरीको २०७९ भदौ ५ गते निधन भयो । 

नेपालका पहिलो गभर्नर हिमालय शमशेर जबराको पनि यसै वर्ष निधन भयो । ९५ वर्षको उमेरमा माघ २२ गते जबराको निधन भएको हो । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x