×

NMB BANK
NIC ASIA

उपनिर्वाचन विशेष

चितवनमा एमाले उम्मेदवार न्यौपानेसँग एक दिन– ‘वृद्धभत्ता बढाइदिन्छौ नि बाबु ?’

बैशाख १, २०८०

NTC
Premier Steels

चितवन क्षेत्र नम्बर २ मा अहिले उपनिर्वाचनको चटारो छ ।

Muktinath Bank

उम्मेदवार तथा दलका नेता कार्यकर्ताहरू चुनावी प्रचारप्रसार र घरदैलोमा दिनरात नभनी खटेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चोकचोकमा कोणसभाहरू भइरहेका छन् । चैत/वैशाखको टन्टलापुर घाम नभनी प्रचारप्रसार भइरहेको देख्न सकिन्छ ।


Advertisment
Nabil box
Kumari

यसैक्रममा लोकान्तरले नेकपा (एमाले)का उम्मेदवार रामप्रसाद न्यौपानेलाई चैत २९ गते दिनभर पच्छ्याएको छ ।

Vianet communication

२९ गतेका लागि चुनावी कार्यक्रमको विवरण माग्दा उनको सचिवालयले कोणसभा र घरदैलोहरू हुने जानकारी दिएको थियो ।

null

त्यसैअनुसार बिहान ६ बजेबाट नै उनलाई पच्छ्याइएको थियो ।

बिहान सवा ६ बजे न्यौपाने भरतपुर महानगरपालिका– १ को रामनगरस्थित गुरुङ ढावामा चिया खाने स्थानीयहरूलाई भेट्न पुगेका थिए । 

चिया पिउँदै गफ गरिरहेका स्थानीयहरू एक्कासि उम्मेदवारलाई अगाडि देख्दा एकछिन त अलमलमा नै परे ।

न्यौपानेलाई देख्नेबित्तिकै एक महिलाले भनिन्, ‘नेताहरू पनि हामीले चिया पिउने ठाउँमा आउनुहुँदोरहेछ त !’

न्यौपानेले तुरुन्तै जवाफ दिए, ‘हामी पनि यहीँका बासिन्दा हौं । यस्तै चिया खाएर हुर्केका हौं, किन नआउनु र ?’

null

१५/२० जना स्थानीयको जमघटमा न्यौपानेले करीब आधा घण्टा बिताए । उनीसँग स्थानीय मतदाताले विभिन्न समस्याबारे गुनासो पोखे ।

अहिलेसम्म जसलाई जिताए पनि केही नभएको भन्दै उनीहरूले अब केही हुन्छ भनेर आशा पनि नरहेको बताए ।

नेताहरूले समस्या समाधान भन्दा ‘स्टन्ट’ र व्यक्तिगत लाभहानीमा मात्र ध्यान दिने गरेको उनीहरूको गुनासो थियो ।

‘अघिल्लोचोटि जितेका उम्मेदवारले यहाँ पानीको समस्या समाधान गर्छु भनेर आफैं फिल्डमा गएको देख्दा केही आशा लागेको थियो । तर, त्यसपछि न उहाँ आउनुभयो, न पानी आयो,’ स्थानीय रश्मी गुरुङले गुनासो पोखिन् ।

रास्वपा सभापति समेत रहेका तत्कालीन सांसद रवि लामिछाने रामनगरमा पानीको समस्या समाधानका लागि भन्दै एकदुई दिन मुहानमै पुगेका थिए । गुरुङले त्यसैतर्फ लक्षित गरेकी थिइन् ।

न्यौपानेले चुनावको नतिजा जे आए पनि आफूले खानेपानी समस्या समाधानका लागि इमान्दार प्रयास गर्ने वाचा गरे ।

त्यसपछि ७ बजे अधिकारी चोकमा कोणसभा थियो । चोकमा स्थानीय कार्यकर्ताले सूर्य चिह्नको मण्डला बनाएका थिए । 

null

त्यहाँ उम्मेदवार न्यौपानेले कोणसभालाई सम्बोधन गर्ने तय भएको रहेछ ।

उनले सम्बोधनभन्दा अगाडि त्यहाँका घरघरमा पुगेर स्थानीयको गुनासो सुनेका थिए । 

स्थानीयले खानेपानीसहित विभिन्न समस्या सुनाएका थिए ।

रामनगरमै लखन पार्क बनाउन एमाले नेतृत्वको सरकारले बजेट उपलब्ध गराएको भन्दै उनले खानेपानी समस्या समाधानका लागि पनि सरकारलाई घच्घच्याउने बताए ।

null

‘यहाँ नजिकै रहेको लखनपार्क लागि १५ लाख रुपैयाँ छुट्याएका थियौं । यो अगाडिको सडक र खानेपानीका समस्या साधनाका लागि १० लाख रुपैयाँ छुट्ट्याएर काम गरेका थियौं । सरकारलाई थप घच्घच्याउँछौं । कोही मान्छे एक दिन आएर मिडियाबाजी गर्दैमा समस्या समाधान नहुने रहेछ भन्ने त बुझिसक्यौं । हामीले नै यी समस्या समाधान गर्छौं,’ उनले भने ।

त्यहाँको कोणसभा सकाएर न्यौपाने देवघाट बसपार्क, बालकुमारी चोक, भरतपुर महानरपालिका– २ बेलटाँडी, रामकृष्ण टोल, आदर्श टोललगायतका ठाउँमा आयोजित कोणसभामा पुगे ।

न्यौपाने र अन्य एमाले नेताहरूले कोणसभामा एमालेको नेतृत्वमा यसअघि भएका कामहरू जानकारी गराउँदै आफ्नै माटोले चिनेको उम्मेदवारलाई भोट दिन अपिल गरेका थिए ।

null

न्यौपानेको ध्यान कोणसभामा सम्बोधन गर्नुभन्दा बढी स्थानीयलाई भेट्ने, गुनासो सुन्ने र भोट माग्नेमा थियो ।

रामकृष्ण टोलकी ९४ वर्षीया डिल्लीमाया भट्टराईले एमालेले आफूहरूलाई भत्ता दिएको भन्दै न्यौपानेलाई जीतका लागि शुभकामना दिइन् ।

‘एमालेले भत्ता दिएको छ, भोट त म सूर्यमा नै हाल्छु,’ ती वृद्धाले भनिन् ।

घरदैलोका क्रममा कतिपय वृद्धवृद्धाले ‘भत्ता बढाइदिन्छौ नि बाबु ? भनेर सोधेका थिए ।

null

घरदैलोका क्रममा कतिपयले उम्मेदवारको नाम नै लिए भने कतिपयले सोचविचार गरेर भोट हाल्ने बताए ।

‘अहिले चुनाव कसका कारणले भएको हो, मैले भन्नु नपर्ला, अब विचार गरेर मात्र मतदान गर्नुहोला,’ उम्मेदवार न्यौपानेले भनेका थिए । 

बिहानको समयमा सडकमा मानिसहरूको बाक्लै उपस्थिति देखिए पनि घाम चर्किएपछि भने केही कम भएको थियो ।

बिहान ६ बजेबाट शुरू भएको चुनावी घरदैलो र कोणसभा साँझ ७ बजेसम्मै चलेको थियो ।

null

मतदाताको घरमा खाना, भाषणभन्दा गुनासो सुन्नमा ध्यान

चुनावी घरदैलोका क्रममा न्यौपानेले मतदाताकै घरमा खाना खाए ।

‘म त यहाँको माटोमा हुर्केको मान्छे हो, त्यसैले यहाँ उब्जेका सबै कुरा मनपर्छ,’ न्यौपानेले भने ।

null

उनको ध्यान भाषणभन्दा मतदातासँगको कुराकानीमा बढी थियो ।

कतिपय बेला त भाषणको पालो आइसक्दा पनि उनी कुराकानीमै व्यस्त हुँदा बोलाउनै पर्ने अवस्था समेत आएको थियो ।

‘उहाँ भाषण र गफभन्दा पनि समस्या सुन्न रुचाउने मान्छे हो, त्यसले बेलाबेलामा खोज्न जानुपर्छ,’ सँगै रहेका एमाले पोलिटब्युरो सदस्य देवी ज्ञवालीले लोकान्तरसँग भने, ‘जनताको गुनासो सुन्नु राम्रो कुरा हो, त्यसैले यसलाई अन्यथा लिनुहुँदैन ।’

null

रास्वपा सभापति समेत रहेका रवि लामिछानेको नागरिकता अवैध ठहर भएपछि सांसद पद खारेज हुँदा चितवन २ मा पुनः निर्वाचन भएको हो ।

नागरिकता पुनःप्राप्ति गरेर लामिछाने स्वयं उम्मेदवारका रूपमा दोहोरिएका छन् । एमालेले जिल्ला अध्यक्ष न्यौपाने र कांग्रेसले पूर्व जिल्ला सभापति जीतनारायण श्रेष्ठलाई प्रतिस्पर्धामा उतारेका छन् ।

कांग्रेस र एमालेले आफ्नो भोट संरक्षणमा निकै बल लगाएकाले यसपालि चितवन २ मा त्रिपक्षीय प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

nullnullnullnullnull

 

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x