×

NMB BANK
NIC ASIA

गोरखाको पालुङटारलाई औँद्योगिक क्षेत्रको रुपमा विकास गरिने

बैशाख २, २०८०

NTC
Premier Steels

गोरखाको पालुङटार नगरपालिकालाई औद्योगिक क्षेत्रको रुपमा विकास गरिने भएको छ । पालुङटार नगरपालिकाको आगामी आर्थिक वर्ष २०८०/८१ को आर्थिक नीति, कार्यक्रम तथा बजेट साथै भू–वर्गीकरण कार्यक्रम तर्जुमाको विषयमा आज काठमाडौँमा आयोजित कार्यक्रममा केन्द्र र प्रदेश सरकारको सहकार्यमा पालुङटारको अवण्डादेखि बगरसम्मको क्षेत्रलाई विशेष औद्योगिक क्षेत्रको रुपमा विकासका लागि आवश्यक प्रक्रिया अगाडि बढाइने बताइएको हो ।

Muktinath Bank

कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले जनताको चाहना र आवश्यकतालाई समावेश गरेर आगामी आवको बजेट तर्जुमा गर्नुपर्ने बताए । उनले पालुङटारमा सञ्चालन गरिने ठूला विकासका आयोजनालाई केन्द्रीय सरकारको सहयोग हुने बताए । गण्डकी प्रदेशका सभामुख कृष्ण धितालले उत्पादनमूलक क्षेत्रमा बजेट विनियोजन गर्न आग्रह गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाली कांग्रेसका नेता एवम् गण्डकी प्रदेशका सांसद सुरेन्द्रराज पाण्डेले पालुङटार नगरपालिकाभित्र रहेका प्रमुख पर्यटकीय गन्तव्यको पहिचान गरी पर्यटनको विकास गर्नुपर्ने बताए । उनले नगरपालिकाभित्र भूवर्गीकरण वैज्ञानिक ढङ्गले गर्नुपर्नेमा जोड दिए । विपद् व्यवस्थापन विज्ञ डा कृष्णचन्द्र देवकोटाले पालुङटारभित्रको भू–वर्गीकरण गर्दा विपद्को बाटोलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।


Advertisment
Nabil box
Kumari

पालुङटार नगरपालिकाका प्रमुख विवश चिन्तन, उपप्रमुख बन्दना पाण्डेले नगरपालिकाले निश्चित समयमा नीति तथा कार्यक्रम निर्माण गर्ने, बजेट बनाउने र कार्यान्वयन गर्ने बताए ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले चालु आवमा पालुङटार नगरपालिकाले ८० प्रतिशतभन्दा बढी वजेट खर्च गरिसकेको बताए ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x