×

NMB BANK
NIC ASIA

जनकपुरधाम उपमहानगरको रणनीति : आन्तरिक आयवृद्धि र प्राथमिक क्षेत्रमा लगानी

बैशाख ३०, २०८०

NTC
Premier Steels

मधेश प्रदेशको राजधानी क्षेत्र धनुषाको जनकपुरधाम उपमहानगरपालिकालाई स्थानीय जनताका आवश्यकता पूर्ति गर्दै हेर्न लायक प्रादेशिक शहर बनाउनुपर्ने जिम्मेवारी छ । त्यसैमा पौराणिक, ऐतिहासिक एवं धार्मिक शहरको स्थापित पहिचानलाई मध्यनजर गर्दै धार्मिक पर्यटनमैत्री विकास गतिविधि सञ्चालन गर्नु उपमहानरपालिकाको अर्को दायित्व छ । यसलाई पूरा गर्न अन्दाजको भरमा काम गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै प्राथमिकतामा आधारित विकास योजना र आन्तरिक आम्दानीको दायरा बढाउनुपर्ने चुनौती उपमहानगरलाई छ ।

Muktinath Bank

‘स्थानीय जनताका आवश्यकता, प्रादेशिक र अन्तर्राष्ट्रिय समुदायलाई समेत आकर्षित गर्ने गरी व्यवस्थित धार्मिक शहर बनाउनुपर्ने दायित्व उपमहानगरको काँधमा छ । हाम्रा लागि यो अवसर र चुनौती दुवै हो,’ उपमहानगरपालिका प्रमुख मनोजकुमार साहले भने, ‘त्यसका लागि विगतमा भएका राम्रा अभ्यासको अनुशरण र सुधार्नुपर्ने पक्षको प्राथमिकीकरण गरी आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटबाट केही फरक गर्ने सोचसहित अगाडि बढ्छौं ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले जनकपुरधाम उपमहानगरपालिकाको एक्लै प्रयासले महत्त्वपूर्ण कार्य गर्न सजिलो नरहेको भन्दै नागरिक, संघ तथा प्रदेश सरकारको पनि यसमा ठोस योगदान जरुरी रहेको बताए । ‘स्थानीय जनताका आवश्यकता मात्रै पूर्ति गर्नुपर्ने भए सोही अनुसारको योजना बनाउँथ्यौं तर हेर्न लायक स्वच्छ प्रादेशिक र ऐतिहासिक धार्मिक सहरको संवेदनालाई पनि ख्याल गरेर विकास योजना कार्यान्वयन गर्नुपर्नेछ । त्यसका लागि जिम्मेवारीपूर्वक कर तिर्ने नागरिक, नागरिकमैत्री सेवाप्रवाह र योजनाबद्ध विकास खाकासहितको पर्याप्त लगानी सुनिश्चितता अहिलेको आवश्यकता हो,’ साहले भने ।  


Advertisment
Nabil box
Kumari


उपप्रमुख किशोरी साहले पनि जनकपुरधामको ऐतिहासिक संवेदनशीलतालाई मध्यनजर गरी तथ्य र प्राथमिकतामा आधारित ठोस योजना बनाउन आगामी आर्थिक वर्षको बजेटबाट निश्चित संकल्प लिनुपर्ने आवश्यकता औंल्याए । चालू आवमा पहिले २० प्रतिशत र अन्तिममा ५० प्रतिशत बजेट कटौती हुँदा भोग्नुपरेको समस्यालाई सिकाइका रूपमा लिनुपर्ने भन्दै उपप्रमुख साहले आफ्नै आम्दानी बढाउँदै जानुपर्ने दबाबलाई थेग्ने गरी आगामी आर्थिक वर्षको बजेटबाट ठोस पहलकदमी लिनुपर्ने बताए ।

Vianet communication

‘आर्थिक अभाव देखाउँदै संघ सरकारले बजेट कटौती गरेको छ । यो अवस्था आगामी दिनमा पनि रहेमा विकास निर्माण तथा नागरिकका आवश्यकता सम्बोधनमा समस्या हुन्छ । त्यसैले पनि आन्तरिक स्रोतवृद्धिमा जोड दिनुपर्नेछ,’ उपप्रमुख साहले भने, ‘प्रतिकूलताका बीच पनि कसरी काम गर्ने, आम्दानीको स्रोतवृद्धिका उपाय के हुनसक्छन्, नागरिकलाई समस्याको बोध गराउँदै नियमानुसारको कर तिर्न कसरी आकर्षित गर्ने र उपमहानगरले अझ बढी जिम्मेवारी एवं जवाफदेहीतासहित कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्छौं । त्यसले आगामी आवको बजेट तथा कार्यक्रमबाट निश्चित प्रतिफल दिनेछ ।’

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रत्नेश शशीले आन्तरिक आय बढाउने गरी पहिलेका नीतिको समीक्षा, सुधार र परिमार्जन, आगामी आवमा लिनुपर्ने प्रभावकारी नीति, कार्यक्रम र योजना, आम्दानीका सम्भावित स्रोत पहिचान लगायतका विषयमा गम्भीर छलफल गरी निष्कर्षमा पुग्ने बताए । उनले भने, ‘अब संघ, प्रदेश वा अरुतिर समस्या देखाएर त केही हुँदैन । सबैले आफ्नो जिम्मेवारी इमान्दारितापूर्वक बहन गर्नुपर्ने आवश्यकता छ । उपमहानगरको आन्तरिक स्रोतसाधन र आम्दानी बढाउने गरी बजेट बनाउन काम गरिरहेका छौं ।’

उपमहानगरपालिकामा आव २०७८/७९ मा कूल १ अर्ब ५३ करोड ८७ लाख वार्षिक बजेटमध्ये आन्तरिक आयस्रोतको योगदान १३ करोड १ लाख रहने लक्ष्य राखिएकोमा ज्येष्ठ मसान्तसम्म ११ करोड ६४ लाख ४६ हजार (आन्तरिक राजस्व संकलन) थियो । आव २०७९/८० को कूल बजेट १ अर्ब ८० करोड ७१ लाख ४५ हजारमध्ये १४ करोड ३१ लाख १० हजार रुपैयाँ आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य रहेकामा चैत मसान्तसम्म १० करोड ३४ लाख ९ हजार ७८६ रुपैयाँ संकलन गरिएको उपमहानगरपालिका राजस्व शाखाको तथ्यांक छ । 

उपमहानगरका प्रवक्ता तथा राजस्व शाखा प्रमुख परमेश्वरकुमार झाले आगामी आवमा २० देखि ३० प्रतिशत राजस्व वृद्धि गर्ने गरी आफूहरूले सम्भावित क्षेत्रको अध्ययन गरिरहेको जानकारी दिए । ‘अहिलेसम्म अधिकांश स्रोतका लागि संघ सरकारको भर पर्नुपर्ने अवस्था छ । लक्ष्य अनुसारको राजस्व संकलन भइरहे पनि त्यतिले मात्रै धेरै काम गर्न सकिँदैन,’ झाले भने, ‘आन्तरिक स्रोत वा राजस्व अभिवृद्धि गर्ने दायरा एक्कासि बढ्ने अवस्था नभए पनि हालको आन्तरिक आयमा २० देखि ३० प्रतिशत बढाउनुपर्ने सोचसहित तयारी गरिरहेका छौं ।’

उपप्रमुखको नेतृत्वमा रहेको राजस्व परामर्श समितिले विभिन्न ४ वटा उपसमिति बनाएर आन्तरिक आयवृद्धिका सम्भावित क्षेत्रको विस्तृत अध्ययन भइरहेको छ । नगर कार्यपालिका सदस्य सन्तोष महतो नेतृत्वको समितिले पोखरी, राकेश विक्रम साह नेतृत्वमा हाटबजार, दीपेन्द्रकुमार साह नेतृत्वको समितिले घरजग्गा, घरधुरी, बहालकर र मनिषा देवीको नेतृत्वमा व्यवसाय दर्तामा देखिएका समस्या तथा सम्भावनाबारे अध्ययनको काम भइरहेको हो । 

‘प्रदेश राजधानी भएर पनि वीरगञ्ज, विराटनगरजस्तो व्यापारिक कारोबार, आम्दानी र राजस्वको सुदृढ अवस्था यहाँ छैन तर पनि भएकै स्रोत पहिचान, परिचालन र व्यवस्थापन गरेर सबल कसरी हुने भनेर छलफल गरिरहेका छौं । आगामी आवमा पक्कै पनि केही सुधार हुनेछ,’ झाको भनाइ छ । 

गुठी र मन्दिर नै मन्दिरको शहर भए पनि जनकपुरधाम उपमहानगरपालिकाले त्यसबाट प्रत्यक्ष लाभ लिन सकिरहेको छैन । २५ वडामध्ये वडा नम्बर १ देखि १३ सम्मको अधिकांश भूमिकर अर्थात् मालपोत गुठी संस्थानले उठाउँछ । भूमिकर शीर्षकमा उपमहानगरको कूल कर संकलन लक्ष्य ६७ लाख मात्रै छ, त्यसमा पनि हालसम्म आधाभन्दा कम अर्थात् ३३ लाख रुपैयाँ मात्र संकलन भएको छ ।

बहाल करको कूल लक्ष्य २ करोड २० लाख मात्रै छ तर यो लक्ष्यभन्दा बढी नै संकलन हुने गरेको छ । पोखरीको शहर भनेर चिनिए पनि अधिकांश पोखरी उपमहानगरको अधिनमा छैनन् र भएका पोखरीबाट पनि आर्थिक लाभ लिन सकिएको छैन ।  

यी सबै समस्या, सम्भावना र आवश्यकतालाई दृष्टिगत गरी अध्ययन गरिरहेका ४ वटा उपसमितिको अध्ययन प्रतिवेदन र सुझावअनुसार आन्तरिक आम्दानीको हिस्सा बढाउने गरी काम गर्ने उपमहानरपालिकाको योजना छ । त्यसबाहेक करको दायराभन्दा बाहिर रहेका विद्युतीय रिक्सासम्बन्धी कानुन बनाएर लागू गर्ने, भानुचोकमा निर्माणाधीन व्यावसायिक भवनको प्रयोग, पिकनिकस्थल विकास र पोखरीको सौन्दर्यीकरण गरी आम्दानी बढाउन सकिने उपमहानगरपालिकाको विश्वास छ । 

प्रशासकीय अधिकृत शशीले आव २०७४/०७५ देखि चलिरहेको करको दर र दायराबारे समीक्षा, २ वर्षदेखि रोकिएको विज्ञापनको टेण्डर, प्राथमिकता निर्धारण गरी योजना छनोट र बजेट विनियोजनमा जोड दिने  बताइरहँदा उपमहानगर प्रमुख साहले पनि बेरुजु फछ्र्योट, फोहर व्यवस्थापन र शिक्षा क्षेत्रमा सुधार ल्याउने गरी आगामी आवमा बजेट तथा कार्यक्रम ल्याउने गरी तयारी भइरहेको सुनाए । – टिकाराम सुनार/चन्दन ठाकुर/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x