असोज १२, २०८०
वैदेशिक रोजगारीका लागि दुबई पठाइदिन्छु भन्दै ३ लाख रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्घाखाँची भूमिकास्थान नगरपालिका–५ घर भई हाल काठमाडौं महानगरपालिका–३२ काँडाघा...
जेठ २, २०८०
नेपाल प्रहरीको साइबर ब्यूरोलाई अमेरिकाबाट ३ महिना अगाडि एउटा इमेल आयो– तपाईंहरूको देशमा साइबर ‘टिप लाइन’ भएको छ ।
त्यस सम्बन्धमा प्रमाणका लागि भिडियो, मोबाइल नम्बर, आईपी एड्रेससहितका सम्पूर्ण विवरण आएको थियो ।
प्रहरीका अनुसार ‘अनलाइन प्लेटफर्म’मार्फत यौनजन्य गतिविधिमा बालबालिकाको प्रयोग, ‘लाइभ’मा गएर आत्महत्या, बलात्कार, लागूऔषध वा आतंकवादसम्बन्धी गतिविधिलाई जनाउने प्राविधिक शब्दावली हो, साइबर टिप लाइन ।
इमेल पठाउने निकाय थियो– अमेरिकाको नेशनल सेन्टर फर मिसिङ एन्ड एक्सप्लोइटेड चिल्ड्रेन (एनसीएमईसी) । यो गैरनाफामूलक संस्था हो, जसले बालबालिकाविरुद्ध हुने अपराध न्यूनीकरणका लागि काम गर्छ ।
बालबालिकाविरुद्ध अनलाइनमार्फत हुने गैरकानूनी गतिविधिको जानकारी उक्त संस्थाले गूगललगायत ठूला आईटी कम्पनीहरूमार्फत प्राप्त गर्ने प्रहरी अधिकारीहरू बताउँछन् ।
अब इमेलमा व्याख्या गरिएको सन्दर्भतर्फ नै जाऔं ।
भक्तपुरमा १७ वर्षीया एक युवतीले आफ्नै १३ वर्षीया बहिनीलाई यौनजन्य क्रियाकलाप गराएर भिडियो बनाउने गरेकी रहिछन् ।
उनले भिडियो खिचेर आफ्नो प्रेमीलाई समेत पठाएकी थिइन् । उक्त कुरा एनसीएमईसीले जानकारी पाएपछि प्रमाणका रूपमा भिडियो, ती युवतीले प्रयोग गर्ने डिभाइसको आईपी एड्रेस तथा मोबाइल नम्बरसहितको विवरण साइबर ब्यूरोलाई पठाएको थियो ।
‘हामीले उक्त संस्था (एनसीएमईसी)सँग पनि सहकार्य गरेर काम गरिरहेका छौं । यस्ता गतिविधि हुँदा उनीहरूले सिधै जानकारी गराउँछन्,’ साइबर ब्यूरोका सह–निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द्र अर्यालले लोकान्तरसँग भने, ‘यस संस्थाले विश्वका हरेक देशमा बालबालिकाविरुद्ध अनलाइनमार्फत हुने अपराधको विवरण संकलन गरी सम्बन्धित देशलाई जानकारी गराउने गर्छ ।’
उनका अनुसार अहिले गूगल, माइक्रोसफ्ट, ट्विटरलगायतले बालबालिकामाथिको अपराधलाई संवेदनशील रूपमा हेर्ने गरेका छन् ।
साइबर ब्यूरोलाई प्राप्त मेलअनुसार ती युवतीले बन्द कोठामा भिडियो लिएर प्रेमीलाई पठाएकी रहिछन् । भिडियो अपलोड गरेको समय, लोकेसन, आईपीलगायतका सम्पूर्ण विवरण मेलमा उल्लेख थियो ।
त्यही सूचनाका आधारमा प्रहरीले सम्बन्धित युवतीलाई ब्यूरोमा बोलाएर सोधपुछ गर्यो । प्रमाणसहित भनेपछि उनले आफ्नो गल्ती स्वीकारिन् ।
तर, प्रहरीलाई एउटा धम्की पनि दिइन्, जुन साह्रै संवेदनशील थियो । यसबारे परिवारलाई थाहा दिएमा आत्महत्या गर्ने उनको धम्की थियो ।
‘ती युवतीले यो कुरा परिवारलाई भनिदिएको खण्डमा आफूले आत्महत्या गर्ने धम्की दिइन्,’ एसएसपी अर्यालले भने, ‘हामीले उनलाई सम्झाउन र सबै कुरा मिलाएर परिवारलाई बताउन झन्डै दुई महिना लाग्यो ।’
दुई महिनाको प्रयासमा परिवारलाई उक्त कुरा जानकारी गराएर ती युवतीलाई पक्राउ गरियो । उनी अहिले पुर्पक्षका लागि सुधारगृहमा छिन् ।
साइबर ब्यूरोले अहिले गूगल, टिकटक, ट्विटरलगायत ठूला आईटी कम्पनीसँग प्रत्यक्ष सम्पर्क गरेर पनि काम गरिरहेको अर्याल बताउँछन् ।
इन्टरपोलको ‘इन्टरनेसनल चाइल्ड सेक्सुअल एक्सल्पोइटेसन डेटाबेस’सँग पनि ब्यूरोको सिधा ‘एक्सेस’ रहेको उनी बताउँछन् ।
‘अहिले हामीले विश्वका ठूला आईटी र सोसल मिडिया कम्पनीहरूसँगको सिधा सम्पर्कमा काम गरिरहेका छौं,’ एसएसपी अर्यालले भने, ‘त्यसले गर्दा हामीलाई अनलाइनमार्फत हुने अपराधलाई न्यूनीकरण गर्न र अपराधीहरू पत्ता लगाउन सहज भएको छ ।’
बालबालिकाका अश्लील भिडियो हेर्ने सुरक्षा अधिकारी पनि कारवाहीमा
बालबालिकाका अश्लील भिडियो हेर्ने निजामती कर्मचारी, प्रहरी, सशस्त्र प्रहरी, सेना तथा राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी र सरकारी इन्जिनीयरसमेतलाई कानूनी कारवाहीको दायरामा ल्याइएको साइबर ब्यूरोले जनाएको छ ।
कसले, कतिबेला अनि कहाँबाट भिडियो हेर्यो भन्ने तथ्यांकसहितको सूचना प्रहरीलाई एनसीएमईसीले नै उपलब्ध गराएको ब्यूरोका प्रहरी निरीक्षक (इन्सपेक्टर) राजकुमार खड्गीले बताए ।
‘हामीलाई पहिला त सुरक्षा निकायका कर्मचारी हुन् भनेर सूचना आएको थिएन । यो समयमा, यो नम्बर गरेका व्यक्तिले यो ठाउँबाट भिडियो हेरेको तथा आदानप्रदान भएको छ भनेर सूचना आएको थियो,’ उनले भने, ‘हामीले त्यसैका आधारमा अनुसन्धान गर्दा सुरक्षा निकायका कर्मचारीहरू रहेको थाहा पाएका हौं ।’
उनका अनुसार १६ वर्षमुनिका बालबालिकाहरूको यौनजन्य क्रियाकलापको भिडियो हेरेको खण्डमा पनि कारवाहीको दायरामा परिन्छ ।
ब्यूरोले यस्तो प्रकरणमा हालसम्म ५८१ जनालाई कारवाहीको दायरामा ल्याइसकेको छ ।
उनीहरूलाई बालबालिकाको यौनजन्य गतिविधिको भिडियो हेरेको, मेसेन्जरहरूमार्फत शेयर गरेको आदि अभियोगमा कारवाही गरिएको हो ।
एनसीएमईसीले कसरी पाउँछ भिडियो ?
यस संस्थाले विश्वका ठूला डिजिटल कम्पनीहरूसँग सहकार्य गरी बालबालिकामाथि हुने अपराधविरुद्ध काम गर्दै आएको छ ।
त्यस किसिमका अपराधको भिडियो तथा आवश्यक विवरणहरू उक्त संस्थाले मिनेटभरमा पाउने प्रहरी अधिकारीहरू बताउँछन् ।
त्यसरी पाएको विवरण उसले सम्बन्धित देशको प्रहरीलाई पठाएर कारवाहीको दायरामा ल्याउन सहयोग गर्ने गरेको छ ।
‘त्यो संस्थाले हामीलाई आवश्यक पर्ने सबै तथ्यांक उपलब्ध गराउँछ । यतिसम्म कि लोकेसन र मोबाइल नम्बरसमेत आउँछ,’ एसएसपी नविन्द्र अर्यालले भने ।
नेपालमा प्रतिबन्धित भिडियो तथा अन्य सामग्री हेर्ने र गतिविधि गर्नेहरूलाई पनि कारवाहीमा ल्याउने गरी तयारी भइरहेको अर्यालले जानकारी दिए ।
वैदेशिक रोजगारीका लागि दुबई पठाइदिन्छु भन्दै ३ लाख रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्घाखाँची भूमिकास्थान नगरपालिका–५ घर भई हाल काठमाडौं महानगरपालिका–३२ काँडाघा...
विराटनगरमा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका ३ जहदाका २० वर्षीय दीपेन्द्रकुमार मण्डल र अर्का एक जना छन् । प्रहरीले उनीहरूलाई बिहीवार साँ...
दमकमा शुक्रबार बिहान छुरा प्रहारगरी एक जनाको हत्या भएको छ । जिल्लाको चुलाचुली गाउँपालिका-३ घर भएका अन्दाजी ३० वर्षका गोविन्द लिम्बूको छुरीप्रहार गरी हत्या भएको हो । दमक-१ कुमाल चोकस्थित एक होटेलमा राति अबे...
सुन तस्करीमा संलग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालय दोलखाले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिगु गाउँपालिका-३ की सीता तामाङ, पेम्बा तामाङ, माधव मगर, बिगु- १ का नुर्बु शेर्पा र सुनमला तामाङ छन्। ...
विवाहेत्तर सम्बन्ध र प्रेमबाट धोका पाएको निहुँमा २ जनाको वीभत्स हत्या भएको छ । सल्यानका २८ वर्षीय कर्णबहादुर बस्नेतले सामाजिक सञ्जालमा चिनजान भएर प्रेम बसेकी प्रेमिकाले अर्कैसँग विवाह गरेपछि २ जनाको...
वीरगन्जस्थित बाल सुधार गृहबाट शुक्रवार दुई कैदी बन्दी फरार भएका छन् । कर्तव्य ज्यान मुद्दाका सर्लाही निवासी अमरकान्त ठाकुर र जबर्जस्ती करणी मुद्दाका सप्तरी निवासी पाण्डव यादव बाल सुधार गृहको छतबाट हामफालेर फरार...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...