×

NMB BANK
Dabur

नक्कली शरणार्थी प्रकरण

शरणार्थी प्रकरणमा अर्को भुइँचालो ल्याउन सक्ने बिचौलिया– शीर्ष नेतृत्वको 'बेड'सम्मै पहुँच !

जेठ ७, २०८०

NTC
Premier Steels

नक्कली शरणार्थी प्रकरणका मुख्य राजनीतिक बिचौलिया बेचन झाबारे खुलासा भएपछि उच्चपदस्थ राजनीतिक व्यक्तित्वहरू समेत तानिन सक्ने देखिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

उच्च स्रोतका अनुसार झा तिनै व्यक्ति हुन्, जसले तत्कालीन प्रधानमन्त्रीपत्नी आरजु राणा देउवासहित कांग्रेस-एमालेका शीर्षस्थ नेताहरूसँग सेटिङ मिलाउने काम गरेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ठूला नेताहरूको 'किचन र बेडसम्मै पहुँच' राख्ने झाको नाममा काटिएको २ करोड रुपैयाँको चेक समेत फेला परेको छ ।


Advertisment
SBL

नक्कली शरणार्थी गिरोहका सदस्य रामशरण केसीले झाको नाममा काटेको २ करोड रुपैयाँको चेक लोकान्तरले सार्वजनिक गरेको हो ।

Vianet communication
Laxmi Bank

बेचन झाबारे खुलासा भएपछि उनीबारे चासो व्यक्त हुन थालेको छ । विश्वस्त स्रोतका अनुसार झा भारतीय नागरिक हुन् ।

नेपालमै बिहे गरेका उनको ससुराली सिरहाको देउरिपट्टी हो । बेचन तराई कांग्रेसका संस्थापक नेता बेदानन्द झाका भाइ कुलानन्दका ज्वाइँ हुन् ।

जेठाससुरा बेदानन्द झाकै लिगेसीबाट बेचन काठमाडौंमा स्थापित भएको र उच्च राजनीतिक नेतृत्वसँग सम्पर्क स्थापित गरेको उनलाई नजिकबाट चिन्नेहरू बताउँछन् ।

नक्कली शरणार्थीसम्बन्धी गिरोहका सदस्यहरू धमाधम पक्राउ पर्न थालेपछि बेचन फरार छन् । प्रहरीले उनलाई खोजिरहेको छ ।

अहिले बेचनको स्थायी बसोबास काठमाडौंमै हो । उनको घर मध्यबानेश्वरस्थित चेल्सी कलेज र पाठशाला स्कूलको बीचमा छ ।

भारतीय नागरिक भए पनि बेचन ४० वर्षदेखि काठमाडौंमा बस्दै आएको उनका एक निकटस्थले बताए ।

शुरूमा नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासँग उनको राम्रो सम्बन्ध थियो ।

पछि शेरबहादुर देउवालाई पहिलोपटक प्रधानमन्त्री बनाउन आफूले नै भारततर्फ 'च्यानल' मिलाउने काम गरेको उनले आफ्ना निकटस्थहरूसँग बताउने गरेका छन् ।

'एआर देव सन् (१९८६-१९८९) नेपालका लागि भारतीय राजदूत छँदा झाजीले निकै राम्रो सम्बन्ध बनाउनुभएको थियो । त्यही सम्बन्धको बलमा भारतीय दूतावासमा उहाँको निकै राम्रो पहुँच थियो । त्यतिबेला देखिकै सम्बन्धको बलमा देउवालाई पहिलोपटक प्रधानमन्त्री बनाएको हुँ भनेर उहाँले भन्ने गर्नुहुन्थ्यो,' बेचननिकट स्रोतले लोकान्तरसँग भन्यो ।

ठेक्कापट्टाको काम गर्ने बेचनले भाइ भुषण राणामार्फत आरजुसँग पनि नयाँ ढंगले सम्बन्ध स्थापित गरेको स्रोतको दाबी छ ।

'भुषण राणासँग राजनीतिकभन्दा पनि व्यापारिक सम्बन्ध बनेको थियो,' बेचननिकट विश्वस्त स्रोतले लोकान्तरसँग भन्यो, 'भुषणले नै आरजुसँग भेटघाट र चिनजान गराएका हुन् ।'

झा जलविद्युत् क्षेत्रका ठूला ठेकेदार हुन् । विद्युत् प्राधिकरणका ठूला ठेक्काहरू प्राय: उनकै कम्पनीले पाउने गरेको छ । 'यतिसम्म कि प्राधिकरणमा हुने सरुवा/बढुवामा समेत उनकै सोर्स-फोर्स चल्थ्यो,' स्रोतले भन्यो ।

शुरूमा ठेक्कापट्टा गर्दै आएको 'वेलकम ट्रेडर्स' कालोसूचीमा परेपछि बेचनले 'विभांशु ब्रदर्स' नामबाट कारोबार अगाडि बढएका थिए ।

ट्रान्सफर्मरदेखि 'एसआर कन्डक्टर' खरिद र अन्य ठूला ठेक्काहरू हात पार्दै आएका बेचनले तत्कालीन उपप्रधान एवं ऊर्जामन्त्री टोपबहादुर रायमाझीसँग पनि नजिकको सम्बन्ध बनाए । यही प्रकरणमा टोपबहादुर पनि पक्राउ परेर प्रहरी हिरासतमा छन् ।

'भारतीय दूतावासमा समेत सहज पहुँच राख्ने झाको सम्बन्ध प्रधानमन्त्री निवास बालुवाटारदेखि सिंहदरबारसम्म थियो । टोपबहादुर ऊर्जामन्त्री छँदा नै उनीसँग बेचनले सम्बन्ध विस्तार गरेका थिए,' स्रोतले भन्यो ।

अहिले भारतीय दूतावाससँग उनको सम्बन्ध बिग्रिएको बताइन्छ । भारतीय प्रहरीले पनि बेचनलाई 'मोस्ट वान्टेड'का रूपमा खोजिरहेको स्रोतको दाबी छ ।

भारतको मेघालयमा सञ्चालित सीएमजे युनिभर्सिटीका चान्सलर डा. चन्द्रमोहन झासँग २ करोड भारतीय रुपैयाँ लिएर फरार भएपछि बेचनविरुद्ध भारतमा मुद्दा चलेको छ ।

चन्द्रमोहन र बेचन आफन्त पनि हुन् । एकपटक उनले जनकपुरको जानकी मेडिकल कलेज खरिदका लागि भन्दै चन्द्रमोहनलाई हेलिकप्टरमा जनकपुर ल्याएका थिए ।

'त्यतिबेला के कुरा मिलेन, उहाँले जानकी मेडिकल कलेज किन्नुभएन,' विश्वस्त स्रोतले भन्यो ।

बेचन जनमत पार्टीबाट उपराष्ट्रपति पदको उम्मेदवार बनेकी ममता झाका सम्धी समेत रहिसकेका छन् ।

बेचनका जेठा छोरा विभांशुको विवाह ममताकी छोरीसँग भएको थियो । अहिले उनीहरूबीच सम्बन्धविच्छेद भइसकेको छ ।

रोचक तथ्य त के भने विभांशु भारतमा दुईपटक अपहरणमा समेत परेका थिए ।

'करीब १५ वर्षअघि आईएस्सी पढ्दै गर्दा पटनाबाट र त्यसपछि दिल्लीबाट विभांशु किडन्याप भएका थिए,' बेचननिकट स्रोतले भन्यो, 'त्यति बेला फिरौती बुझाएर छुटाइएको थियो ।'

पढ्नुहोस्, यो पनि :

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
मंसिर ५, २०८०

संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...

मंसिर १५, २०८०

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...

पुस २, २०८०

कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । ​ मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार​ स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...

पुस २६, २०८०

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...

मंसिर २०, २०८०

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...

मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

कहाँ चुक्यौँ हामी ?

कहाँ चुक्यौँ हामी ?

फागुन १९, २०८०

हामी सबैको आकाश एउटै छ । धर्ती एउटै छ । हावा, पानी, माटो एउटै छ । अग्नि, वायु, सूर्य एउटै छ । जन्म प्रक्रिया एउटै छ, मरण प्रक्रिया एउटै छ । जीवन प्रक्रिया एउटै छ, जीवन प्रणाली एउटै छ । मांसपेशी प्रणाली एउटै छ ...

‘कुशासन’- पवित्रतालाई समेत छायाँमा पारेको एक बदनाम शब्दावली

‘कुशासन’- पवित्रतालाई समेत छायाँमा पारेको एक बदनाम शब्दावली

फागुन १७, २०८०

हामीले सुन्दै आएको शब्द ‘कुशासन’को दुई फरक अर्थ हुन्छ । धेरैले राज्य शासनसँग जोडिएको घिनलाग्दो शब्द 'कुशासन' सुन्नुभएकै छ। पूजापाठ वा पवित्र कार्यमा बिछ्याइने कुशबाट बनेको चकटी वा आसनलाई प...

गल्ती दर्शनको सन्देश

गल्ती दर्शनको सन्देश

फागुन १२, २०८०

हामी प्रायः गल्ती गर्नु हुँदैन भन्छौँ, गल्ती हुन्छ कि भनेर डराउँछौँ । आफ्ना नानीहरूलाई पनि यस्तै शिक्षा दिन्छौँ । गल्ती गर्नु राम्रो होइन भन्छौँ, गल्ती गरे दण्ड पाइन्छ भन्ने गर्छौँ, तर गल्ती भन्ने कुरा नै त्यस्तै । नगरौँ...

x