×

NMB BANK
NIC ASIA

सत्ता समीकरणमा फेरबदल

संकटमा कार्की सरकार : बजेट बनाउने चटारोबीच विश्वासको मत लिनुपर्ने तनाव !

जेठ १७, २०८०

NTC
Premier Steels

नेकपा (एमाले) नेतृत्वको एकमात्रै प्रदेश सरकार संकटमा पर्ने देखिएको छ । जनता समाजवादी पार्टी, नेपाल समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि कोशी प्रदेश सरकार संकटमा पर्ने संकेत देखिएको हो ।  जसपा समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको छ । 

Muktinath Bank

बुधवार समर्थन फिर्ता लिँदै जसपा सरकारबाट बाहिरिए पनि कोशी प्रदेश सरकार तत्काल अल्पमतमा भने परेको छैन । नेकपा माओवादी केन्द्रले सरकार नछाड्दासम्म सरकारसँग बहुमत कायम रहन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर, माओवादीले समर्थन फिर्ता लिने तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतबाट फर्केलगत्तै आफूहरू सरकारबाट बाहिरिने माओवादीका एक नेताले बताए । ‘पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री चार दिने भारत भ्रमणमा आज मात्रै निस्कनु भएको छ,’ प्रदेश सांसदसमेत रहेका रउनले भने, ‘हामी पनि उहाँ आएलगतै सरकारबाट हट्छौ ।’


Advertisment
Nabil box
Kumari

माओवादीले साथ छोड्दा भने कार्की सरकार अल्पमतमा पर्ने छ । कोशीमा एमालेको ४० र राप्रपाका ६ जना सांसद छन् । बहुमत पुर्‍याउन ४७ सांसद आवश्यक पर्छ । 

Vianet communication

राष्ट्रपतिको निर्वाचनपछि संघीय सत्ता गठबन्धन परिवर्तन भए पनि कोशी प्रदेशमा पुरानै गठबन्धन कायम छ । अहिलेको सरकारलाई एमालेका ४०, माओवादी १३ र राप्रपाका ६ सांसदको समर्थन छ । तर, माओवादीले समर्थन फिर्ता लिँदा भने कार्की सरकार अल्पमतमा पर्ने छ ।

एमाले नेतृत्वको सरकार ढल्दा पनि सजिलै नयाँ सरकार बन्ने अवस्था भने छैन । प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादीको १३, राप्रपाका ६, नेकपा (एकीकृत समाजवादी)का ४ र जसपाको १ सांसद छन् ।

बजेट फेल गराउने रणनीतिमा दलहरू
कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मतकुमार कार्की सरकारको बजेट पास हुन नदिने रणनीतिमा दलहरू जुटेका छन् । बजेट पास हुन नदिने रणनीतिमा लाग्ने विपक्षी दलमात्रै होइनन् सत्तापक्षकै समेत छन् । 

सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्र नै सरकारसँग असन्तुष्ट छ । प्रदेशसभा बैठकमै माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङवोले कार्की नेतृत्वको सरकार एकलौटी ढङ्गले चल्न थालेको आरोप लगाएका छन् । 

आङवो नेतृत्वमा सरकारको न्यूनतम साझा कार्यक्रमका लागि एउटा समिति बनाइएको थियो । समितिले सरकारलाई साझा न्यूनतम कार्यक्रम बनाएर दिएको थियो । तर त्यो कार्यक्रम मुख्यमन्त्रीले कार्यान्वयन नगरेको आङवोको आरोप छ ।

यसैकारण बजेट पास हुन नदिने रणनीतिमा माओवादीसमेत मिसिएको हो । माओवादीकै एक सांसद आर्थिक मामिला मन्त्रालयसमेत आफैंसँग राखेका मुख्यमन्त्री कार्कीलाई बजेट ल्याउन दिने तर, पास हुन भने नदिने बताउँछन् । 

उनका अनुसार बजेट फेल गर्ने रणनीतिमा माओवादीसहित कांग्रेस, एकीकृत समाजवादी र जसपा नेताहरू लागेका छन् । हालसम्म मुख्यमन्त्री कार्कीले नीति तथा कार्यक्रमसमेत ल्याएका छैनन् । 

बजेट बनाउने चटारोबीच मुख्यमन्त्री कार्कीलाई अब अर्को तनाब थपिएको छ । जसपाले समर्थन फिर्ता लिएपछि कार्की नेतृत्वको सरकारले विश्वासको मतसमेत लिनु पर्ने भएको छ । 

अब सरकारलाई विश्वासको मत लिने की बजेट बनाउने भन्ने चटारो शुरू भएको छ । प्रदेशमा असार १ गते बजेट ल्याउनु पर्ने संवैधानिक बाध्यता छ भने मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x