असोज ५, २०८०
वर्षभरि रिलिज भएका सर्वाधिक (सुपरहिट) नेपाली चलचित्रहरू डिशहोममा एक्सक्लुसिभ प्रदर्शन भइरहेका छन् । विभिन्न कारणवश हलसम्म गएर चलचित्र हेर्न छुटाएका दर्शकहरूले अब डिशहोममार्फत सपरिवार एकै साथ बसेर हेर्न सक्ननेछन्...
काठमाडाैं | जेठ २७, २०८०
केही समयदेखि नेपालमा भारतीय चलचित्र तथा शृङ्खलाको छायाङ्कन हुनेक्रम बढिरहेको छ ।
अङ्ग्रेजी भाषामा निर्माण हुने वृत्तचित्रले नेपाललाई छायाङ्कनस्थल बनाए पनि भारतीय चलचित्रको सङ्ख्या बढेको धेरै भएको थिएन । विसं २०७८ मा ‘उचाइ’ चलचित्रले नेपालमा एक महिना छायाङ्कन गरेको थियो । भारतीय कलाकार अनुपम खेर, वोमन इरानी, परीनीति चोपडा, सारिका हसनजस्ता कलाकारमार्फत नेपालको राम्रै चर्चा भयो ।
त्यसपछि नेपालमा भारतीय चलचित्रसँगै शृङ्खलासमेत आउन थालेका छन् । केही समय अगाडि मात्र काठमाडौँमा भारतीय चलचित्र ‘मिराई’ को छायाङ्कन भयो । सोही समयमा भारतीय निर्देशक अनुभव सिन्हालेसमेत १० दिन एक शृङ्खला काठमाडौँदेखि पोखरासम्म छायाङ्कन गरे ।
नेपालमा विदेशी चलचित्रको आकर्षण बढिरहेको प्रोडक्सन संयोजक अरुण रेग्मीले बताए । 'विदेशी समूहसँग काम गर्दा नेपाली प्राविधिकलेसमेत सिक्न पाएँ । उहाँहरूको काम गर्ने शैली परिपक्व छ । ठूलो समूहमा कसरी काम गर्ने भन्ने सिकिन्छ,' संयोजक रेग्मीले भने ।
उनीसहित सुरज आचार्यको कम्पनी थ्री ह्विलर्सले गएको दुई वर्षमा निर्देशक सिन्हाको शृङ्खलासँगै फर्जी, उचाइलाई नेपालमा छायाङ्कन व्यवस्थापनको काम गरिसकेको छ । चलचित्र छायाङ्कनका क्रममा चाहिने सम्पूर्ण प्रबन्ध प्रोडक्सनले मिलाउने गर्छन् ।
शुक्रवार मात्र बलिउड अभिनेता सनी देओलको अभिनय रहने चलचित्रको छायाङ्कनको लागि स्थल छनोट गर्न आएको टोलीले मुस्ताङको जोमसोम, कागबेनी, मुक्तिनाथ क्षेत्र घुमघाम गरेर फर्किएको छ । व्यवस्थापक आचार्यका अनुसार उक्त चलचित्रको छायाङ्कन आउँदो नोभेम्बर महिनामा गर्ने तयारी भइरहेको छ ।
'मुस्ताङमा छायाङ्कन गर्ने तय भएको छ । यहाँ २० दिन छायाङ्कन गर्ने उहाँहरूको योजना छ । यसले नेपालको पर्यटन प्रवर्द्धनसँगै प्राविधिकलाई समेत टेवा पुग्छ,' उनले भने ।
सरकारले आर्थिक वर्ष २०८०/०८१ को बजेट वक्तव्यमार्फत् नेपाललाई अन्तर्राष्ट्रिय चलचित्र छायाङ्कनको गन्तव्य स्थल बनाउने उल्लेख गरेसँगै विदेशी चलचित्रकर्मीले सहजता महसुस गरे आउँदो समय राम्रो देखिएको अर्का व्यवस्थापक शङ्कर पाण्डेले बताए । 'विशेषत छायाङ्कनमा चाहिने स्वीकृति प्रदान गर्ने निकाय चुस्त भए र केही सहुलियत प्रदान गरिए सङ्ख्या बढ्नेछ,' पाण्डेले भने।
चलचित्र विकास बोर्डको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०७९/०८० को नौ महिनामा मात्रै नेपालमा ४५ भन्दा बढी विदेशी चलचित्र छायाङ्कन भएका छन्।
पछिल्लो छ वर्षको तथ्याङ्क हेर्दा दुई सय ४३ को हाराहारीमा चलचित्र, वेभ शृङ्खला र वृत्तचित्र छायाङ्कन गरिएका छन्। उल्लेखित सङ्ख्या वृद्धि गर्न सरकारको तर्फबाट सहजता र कार्यविधि सहज बनाइनु आवश्यक रहेको चलचित्रकर्मी बताउँछन् । रासस
वर्षभरि रिलिज भएका सर्वाधिक (सुपरहिट) नेपाली चलचित्रहरू डिशहोममा एक्सक्लुसिभ प्रदर्शन भइरहेका छन् । विभिन्न कारणवश हलसम्म गएर चलचित्र हेर्न छुटाएका दर्शकहरूले अब डिशहोममार्फत सपरिवार एकै साथ बसेर हेर्न सक्ननेछन्...
यही असोज १९ गतेबाट प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘वानर सेना’को विशेष शो आयोजना गरिएको छ । विभिन्न क्षेत्रका अतिथि र पत्रकारको उपस्थितिकाबीच झापाको पाथीभरा सिने प्लाजामा चलचित्रको विशेष ...
नेपाली चलचित्र प्रदर्शनका लागि पहिलो रोजाइ मानिन्छ दशैं–तिहार । बिदा लामो हुने र दर्शक पनि ‘फेस्टिभ मुड’मा हुने भएकाले दशैं–तिहारको समयमा प्रदर्शनमा आउने चलचित्रले राम्रो कमाइ गर्न सक्न...
दशैँको छेको पारेर यही असोज २६ गतेबाट प्रदर्शनमा आउने नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी–२’को नयाँ गीत युट्युबमा सार्वजनिक गरिएको छ । चलचित्रमा समावेश ‘परदेशी छुकछुके रेलैम...
नेपाली चलचित्रमा केही समय यता कथाको शैलीमा परिवर्तन आएको छ । कथाको आकर्षणले अभिनेतालाई चरित्र निर्वाह गर्न बाध्य बनाउने अभिनेता भोलाराज सापकोटाले बताएका छन् । उनले चलचित्र ‘कौसीद’को भूम...
गोर्खालीको भेष हेर कति राम्रो लाग्छ मारुनीलाई देखेर नाचौं नाचौं लाग्छ यी शब्द हुन् ‘हे माया नाँचन...’ गीतका । केही दिनअघि सार्वजनिक यस गीतले नेपाली कला र संस्कृतिलाई चित्रित गर्छ ।&nb...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...