×

NMB BANK
NIC ASIA

बाढी तथा पहिरो अपडेट : कहाँ कति भयो जनधनको क्षति ?

काठमाडाैं | असार ३, २०८०

NTC
Premier Steels

काठमाडौँ । अविरल वर्षापछिको बाढी पहिरोका कारण पूर्वी नेपालको विभिन्न स्थानमा जनधनको क्षति भएको छ ।     प्रहरी प्रधान कार्यालयका अनुसार पाँचथरको फालेलुङ गाउँपालिका-३ खोलाघारीस्थित गएराति पहिरो जाँदा एक जनाको मृत्यु भएको छ ।  पहिरोमा परी सोही गाउँपालिका-४ मेमेङ घर भएका प्रदिप साउदेनकी छोरी ८ वर्षीया जुना साउदेनको मृत्यु भएको हो ।

Muktinath Bank

 पहिरोमा परेर गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल पाँचथरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै पहिरोले फालेलुङ गाउँपालिका-३ खोलाघारी बस्ने ६८ वर्षीय मन प्रसाद राईको घरमा परिएर अन्नपात, लत्ताकपडा, भाँडाबर्तन पूर्णरुपमा क्षति भएको छ ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इलामको फाकफोकथुम गाउँपालिका-१ पतेवास्थित आमचोक-पंचमी भित्री सडक खण्डमा पनि गएराति आएको अविरल वर्षाको कारण पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।


Advertisment
Nabil box
Kumari

यसैगरी ईलामकै माङसेबुङ गाउँपालिका-२ पावास्थित गजुरमुखी-दमक भित्री सडक-खण्डमा अविरल वर्षाका कारण गएराति पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

Vianet communication

यसैगरी ताप्लेजुङको सिरीजंघा गाउँपालिका-१ सिनाम हैरङ्गे र सोसुङ्वास्थित तेल्लोक थर्पु सडक-खण्ड, पाथिभरा याङबरक गाउँपालिका-१ सेसम्बुस्थित उत्तर-मेची राजमार्ग, आठराई त्रिबेणी गाउँपालिका-१ मालबासेस्थित भित्री सडक-खण्ड, मेरिङ्देन गाउँपालिका-३ मैवाखोलास्थित दोभान ढुङ्गेसाँघु सडकखण्ड पनि अविरल वर्षाका कारण अबरुद्ध भएको छ । यसैगरी सिदिङ्वा गाउँपालिका-४ स्थित पाँचथर ताप्लेजुङ जोड्ने ईन्द्रावती खोलास्थित ताप्लेजुङतर्फको पुलको साईडको सडक बाढीले बगाएको छ । 
 साथै मैवाखोला गाउँपालिका-३ र ४ जोड्ने ताम्राङ खोलास्थित पक्की पुल बगाएको छ भने झोलुङ्गे पुल बाढीले लतारी कोल्टे परेको छ ।

यसैगरी ताप्लेजुङको सिरीजंघा गाउँपालिका-३ स्थित अस्थाई प्रहरी चौकी काँडेभन्ज्याङको कम्पाउण्ड वाल करिब  ५ मिटर आइतबार बिहान पहिरो जाँदा कार्यालय भवन जोखिममा परेको छ । सिदिङ्वा गाउँपालिका-६ मेहेलेमा समेत पहिरो जाँदा स्वास्थ्य चौकी भवन पूर्ण रुपमा क्षति भएको छ ।

यसैगरी संखुवासभाको चैनपुर नगरपालिका-११ कावा खोलामा गएराति आएको बाढीको कारण चैनपुर नगरपालिका-११ लुहाकोट बिजुवा सामुदायिक लिफ्ट खानेपानी आयोजना अन्तर्गत सभाखोलाबाट मोटर पम्प, मोटर ट्रान्सफर्मर, १ वटा भवन  र सोही ठाउँ बस्ने रेल बहादुर राई समेत ८ जनाको खेत बाली बगाएको छ । 

साथै  सोही बाढीले ५ जनाको घर तथा गोठ र खाँदबारी नगरपालिका-९ सभाखोला पुल छेउमा रहेको १ वटा टिपरसमेत बगाई आधार पुरिएको अवस्थामा फेला परेको छ । 
यसैगरी संखुवासभाको पाँचखपन नगरपालिका-८ दोभानेस्थित हेवा खोलामा बाढी आउँदा सोही ठाउँ बस्ने सुर्य बहादुर न्यौपाने, धन कुमारी सुवेदी, अर्जुन कुमार कार्की समेतको घरमा क्षति पुगेको छ । 

 हेवा खोलामा निमार्णाधिन पक्की पुलको निर्माण सामग्रीहरु बाढीले बगाउँदा करिब १ करोड ५० लाख रुपैयाँ मूल्य बराबरको धनमाल क्षति भएको छ । 

बाढी पहिरो गएको स्थानमा नजिकको प्रहरी कार्यालयबाट खटिएको प्रहरीले आवश्यक उद्दार कार्य तथा अनुसन्धान गरिरहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x