×

NMB BANK
NIC ASIA

प्रकाशले आफूमाथि बोतल प्रहार गर्ने व्यक्तिलाई भेटेर सम्झाउँदै माफी दिए [भिडियोसहित]

काठमाडाैं | असार १२, २०८०

NTC
Premier Steels

गायक प्रकाश सपूतले रोमानियाको कार्यक्रममा आफूमाथि बियरको बोतल प्रहार गर्ने नेपाली व्यक्तिलाई माफी दिएका छन् । ति व्यक्तिलाई भेटेर सम्झाउँदै उनको भविष्य नराम्रो नहोस् भनेर आफ्नो तर्फबाट माफी दिएको प्रकाशले बताएका छन् । 

Muktinath Bank

उनले ति व्यक्तिलाई प्रहरीमा पठाउने काम नगरिदिनुहुन पनि आयोजकसँग अनुरोध गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘मलाई जति दुखेको छ । मेरो नाकमा पनि दुखेको छ । मेरो मनमा पनि दुखेको छ । सायद, तपाई हामीलाई सुन्न भनेरै कार्यक्रममा जानुभएको होला’ प्रकाशले बोतल प्रहार गर्ने व्यक्तिलाई सम्झाउँदै भने ‘तर, यसले मलाई भन्दा पनि तपाईँको आफ्नो लाइफलाई असर गर्छ । भोलि तपाई नेपाल फर्किनुपर्यो वा जेलमा बस्नुपर्यो भने के हुन्थ्यो भन्नुस् त ।’ 


Advertisment
Nabil box
Kumari

प्रकाशले यो घटनाले अर्को कार्यक्रममा पनि आफूमाथि बोतल प्रहार हुने हो कि भन्ने भएको बताएका छन् । 

Vianet communication

प्रकाश र बोतल प्रहार गर्ने व्यक्तिबीचको कुराकानीको भिडियो गायिका प्रीति आलेले फेसबुकमा सार्वजनिक गरेकी छिन् । 

ति व्यक्तिले माफी माग्दै आफूले कसैको उक्साहटमा नभइ रमाइलो गर्दा घटना घटेको बताएका छन् । ‘म सबैसँग माफी माग्न चाहन्छु । साथीभाइहरुले कसैले पनि यस्तो गल्ती कहिल्यै नगर्नुहोला’ ति व्यक्तिले भनेका छन् । 

आइतवारको कन्सर्टमा प्रकाशले आफ्नो चर्चित गीत ‘बोल माया’ गाउँदै गर्दा दर्शक दीर्घाबाट एक व्यक्तिले क्यान बियरको बोतल प्रहार गरेका थिए । बोतलले प्रकाशको अनुहारमा चोट लागेको थियो ।

कन्सर्टमा प्रस्तुति दिन गायक प्रकाश र गायिका प्रीति नेपालबाट रोमानिया पुगेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x