×

NMB BANK
NIC ASIA

दोहोरीगीत प्रतिष्ठानले गर्यो ‘सम्मानार्थ सदस्य’लाई स्वागत तथा सम्मान

काठमाडाैं | असार १९, २०८०

NTC
Premier Steels

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले ८ जना अग्रज लोक स्रष्टालाई ‘सम्मानार्थ सदस्यता’ प्रदान गरेको छ । 

Muktinath Bank

सोमवार गुरु पूर्णिमाको अवसर पारेर राजधानीको गंगबुमा आयोजित समारोहकाबीच अग्रज लोक स्रष्टा कुमार बस्नेत, नन्दकृष्ण जोशी, प्रेमदेव गिरी, शम्भु राई, प्रेमराजा महत, कृष्ण गन्धर्व, रामप्रसाद खनाल र हरिदेवी कोइरालालाई सम्मानार्थ सदस्यता प्रदान गरिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समारोहमा साङ्गीतिक माहोलकाबीच ‘सम्मानार्थ सदस्य’हरुलाई स्वागत एवं सम्मान गरियो । 


Advertisment
Nabil box
Kumari

गायक रामप्रसाद खनाल अमेरिकामा रहेका कारण र हरिदेवी कोइराला प्रतिकूल मौसमका कारण पोखराबाट काठमाडौं आएर समारोहमा सहभागी हुन नसकेको जानकारी गराइयो । 

Vianet communication

अन्य ६ जना लोक स्रष्टालाई स्वागत गर्दै सम्मानमा उनीहरूका गीत अन्य गायक–गायिकाबाट प्रस्तुत गरिएको थियो । 

कुमार बस्नेतको गीत रामजी खाँडले प्रस्तुत गरे । प्रेमराजा महतको गीत पशुपति शर्मा र शिरीष देवकोटाले गाए । नन्दकृष्ण जोशीको गीत राधिका हमालले, कृष्ण गन्धर्वको गीत पूर्णकला बिसी र रेशम निर्दोशले, प्रेमदेव गिरीको गीत कृष्ण रेउलले र शम्भु राईको गीत रमेशराज भट्टराईले प्रस्तुत गरे । सम्मानार्थ सदस्यहरूले पनि आफ्ना चर्चित गीतहरू लाइभ बाजामा प्रस्तुत गरेका थिए । 

सम्मानार्थ सदस्यता पाउने अग्रज स्रष्टाहरूले प्रतिष्ठानको सदस्य बन्न पाउँदा खुशी लागेको बताए । उनीहरूले दोहोरीगीत प्रतिष्ठानलाई लोक संगीत क्षेत्रको ठूलो संस्थाको रुपमा हेरेको भन्दै संस्थाले गरेका कामको समेत प्रशंसा समेत गरे । ​

प्रतिष्ठानका संस्थापक अध्यक्ष अम्बर विरही गुरुङले ‘सम्मानार्थ सदस्य’हरुलाई प्रतिष्ठानले साङ्गीतिक गुरुका रुपमा सम्मान गर्ने बताए ।

प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले अग्रजहरूको मेहनतले यहाँसम्म ल्याएको संस्थालाई थप व्यवस्थित बनाउन आफूहरूको पुस्ताले काम गर्ने बताइन् । 

समारोहमा प्रतिष्ठान केन्द्रीय कार्यसमितिका पदाधिकारी, संस्थागत एवं पूर्व अध्यक्ष तथा सल्लाहकारसहितको उपस्थिति थियो । 

दोहोरीगीत प्रतिष्ठानले गायक बमबहादुर कार्कीलाई समेत सम्मानार्थ सदस्यता प्रदान गर्ने निर्णय गरेको थियो । यद्यपि उनले आफू नयाँ संस्थाको काममा लागेकोले प्रतिष्ठानको उक्त सम्मानार्थ सदस्यता अहिले नलिने जानकारी गराएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x