बैशाख २८, २०८१
कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले नयाँ सरकार गठनविरुद्ध दायर गरेको रिटको सुनुवाइको पेशी आज तोकिएको छ । कार्कीले नयाँ सरकार गठनविरुद्ध बिहीबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए ।&nb...
नवलपुर जिल्ला अदालतले एक वर्षमा ८२.३७ प्रतिशत मुद्दा फर्स्यौट गरेको छ । आर्थिक वर्ष ०७९/८० मा कूल २३१४ वटा मुद्दामध्ये १९०६ वटा मुद्दा फर्स्यौट भएको जिल्ला अदालतल नवलपुरले जनाएको छ । आर्थिक वर्ष ०७८/०७९ मा बाँकी रहेका ११३५ वटा मुद्दा र ०७९/०८० मा नयाँ दर्ता भएका ११७९ वटा मुद्दामध्ये १९०६ वटा मुद्दा फर्स्यौट गरिएको हो ।
दुई वटा इजलास भएको नवलपुर जिल्ला अदालतमा जिल्ला न्यायधीश उमेश प्रसाद लुइँटेल (इजलास नं १) बाट ७३९ थान र जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्य (इजलास नं २) बाट ११३५ थान फर्स्यौट भएका हुन् ।
त्यसैगरी सरूवा भई गएका जिल्ला न्यायाधीशहरू अर्जुन अधिकारी र नन्दकिशोर यादवबाट ३२ थान मुद्दाहरू फैसला भएका छन् ।
चुनावलगायत थप जिम्मेवारीको कारण इजलास नं १ बाट तुलनात्मक रूपमा केही मुद्दाहरू कम फर्स्यौट भएको अदालतले जनाएको छ ।
कार्यसम्पादनमा पनि उत्कृष्ट नवलपुर जिल्ला अदालतले आर्थिक वर्ष ०७९/८० को असार मसान्तसम्म २ वर्ष नाघेका मुद्दाको संख्या शुन्यमा झारेको छ भने १८ महिना नाघेका मुद्दाहरूको संख्या केवल ७ वटा मात्रै रहेको छ। वार्षिक लक्ष्यको आधारमा फर्स्यौट दर १०९.४८ प्रतिशत रहेको छ ।
फैसला कार्यान्वयनमा पनि लक्ष्य भन्दा बढीको उपलब्धी हासिल भएको अदालतले जनाएको छ । यो नवलपुर जिल्ला अदालत स्थापना भए (वि. स. २०७४) यताकै सबैभन्दा बढी हो ।
आर्थिक वर्ष २०७९/०८० मा देशभर लगत कायम भएका मुद्दामध्ये ५०.३६ प्रतिशत मुद्दामात्रै फर्स्यौट भएका छन् । आर्थिक वर्षमा कूल १ लाख ८१ हजार ९०८ मुद्दाको लगत कायम भएकोमा १ लाख ६४ हजार ३६ मुद्दा अर्थात् ५०.३६ प्रतिशत मुद्दा फर्स्यौट भएका हुन् ।
१ लाख ६१ हजार ६६६ मुद्दा फर्स्यौट हुन बाँकी रहेको सर्वोच्च अदालतको आर्थिक २०७८/०७९ को वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनमा उल्लेख भएअनुसार सर्वोच्च अदालतमा मात्र कायम ३७ हजार १६९ थान मुद्दामध्ये १९ प्रतिशत मात्र फर्स्यौट भएका छन् । ७ हजार ६५ थान मुद्दा फर्स्यौट भएकोमा ३० हजार १०४ थान मुद्दा फर्स्यौंट हुन बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ ।
कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले नयाँ सरकार गठनविरुद्ध दायर गरेको रिटको सुनुवाइको पेशी आज तोकिएको छ । कार्कीले नयाँ सरकार गठनविरुद्ध बिहीबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए ।&nb...
बाँसबारी छाला जुत्ता कारखाना जग्गा विवादमा आदेश गर्ने काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यलाई मुगु सरुवा गरिएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायाधीश आचार्यलाई कारबाही स्वरूप आइतबार ...
खुलातर्फको माथिल्लो पदमा उम्मेदवार भई उत्तीर्ण गरी पदोन्नतिसहित नियुक्त भएमा ग्रेड समायोजन नहुने भनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको सचिवस्तरीय निर्णयलाई सर्वोच्च अदालतले बदर गरेको छ । सर्वोच्च...
नाबालिग बलात्कारको अभियोग लागेका अभिनेता पूर्णविक्रम शाह (पल शाह)विरुद्धको मुद्दा दोहोर्याएर हेर्न सर्वोच्च अदालतले अनुमति दिएको छ । सुष्मालता माथेमा र हरि फुयालको संयुक्त इजलासले ...
गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आजलाई तोकिएको छ । प्रदेश सरकारले पाएको विश्वासको मतको विषयलाई लिएर नेपाली कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले गएको मंगलबार सर्वोच्च अदालत...
पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति अदालतले बदर गरिदिएको छ । उच्च अदालत पाटनका न्यायाधीश ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको संयुक्त इजलासले आइतबार नवनियुक्त कार्यक...
यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...