×

प्रेमीको कुरा काटेको निहुँमा युवतीहरूबीच ‘ग्याङ फाइट’

विराटनगर | साउन १, २०८०

गत शुक्रवार सुनसरीको बराहक्षेत्रमा ५ जना युवतीको समूहले ३ जना युवतीमाथि गरेको कुटपिट योजनाबद्ध रहेको खुलेको छ ।

युवतीको एक समूहले अर्काे समूहमाथि निर्घात कुटपिट गर्दै ग्याङ फाइट भएको थियो । फोन गरेर नै बोलाएर कुटपिट गरिएको प्रहरीले जनाएको छ ।


Advertisment

प्रेमीको कुरा काटेको निहुँमा सुनसरीको बराहक्षेत्रमा युवतीको एक समूहले अर्काे समूहमाथि निर्घात कुटपिट गरेको हो । ५ जनाले ३ जना युवतीलाई सप्तकोशीको किनारमा निर्घात कुटपिट गरेका हुन् । कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले बराह क्षेत्र नगरपालिका–९ की १९ वर्षीया कृति लिम्बुलाई पक्राउ गरेको छ ।


Advertisment

उनलाई अभद्र व्यवहार मुद्दामा अनुसन्धानका लागि हिरासतमा राख्न जिल्ला अदालतबाट अनुमति लिएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी राजकुमार राईले जानकारी दिए ।

सुनसरीको बराहक्षेत्र–९ को राजाबास (कोशी किनार) मा शुक्रवार कृतिसहित ५ जनाको टोलीले अन्य ३ जना युवतीलाई बोलाएर निर्घात कुटपिट गरेका थिए । कुटपिटको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

‘प्रेमीको विषयमा कुरा काटेको निहुँमा कुटपिट गरेको देखिन्छ,’ प्रहरी नायव उपरीक्षक राईले भने, ‘एक जना पक्राउ परेकी छन्, ४ जनाको खोजी गर्दैछौं, थप विषयमा अनुसन्धान हुँदैछ ।’

कुटपिटको भिडियोमा आफ्नो कुरा किन भनेको भन्दै मुक्का र लात्ती हानेको देखिन्छ । प्रहरीका अनुसार कुटिने र कुटाइ खानेहरू चिनजानकै व्यक्ति हुन् ।

‘कुटाइ खाने र कुट्ने चिनजानेका साथी हुन्, कुट्ने समूहले निगार (घरेलु मदिरा) खाएर कुटेको देखिन्छ,’ प्रहरी स्रोतले भन्यो, ‘काम छ भन्दै कोशी किनारमा बोलाएर कुटपिट गरेका रहेछन् ।’
 

जेठ ५, २०८१

काठमाडौं गोदावरीकी लक्ष्मी (नाम परिवर्तन) राहत शिक्षकको कोटामा सिन्धुपाल्चोकस्थित एक सरकारी विद्यालय पढाउन पुगिन् । उनले ‘होम ट्युसन’ पनि पढाउँथिन् । कक्षा १० मा पढिरहेका राजु (नाम परिवर्तन)&nb...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

जेठ १०, २०८१

मुगु– मुगुस्थित रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा सोही विमानस्थलमा कार्यरत एक कर्मचारी घाइते भएका छन् । यात्रु बोकेर बाँकेको नेपालगञ्जका लागि उड्ने तयारीमा रहेको सीता एयरको टुइनेटर जहाजको अघिल्लो भ...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

x