×

NIC ASIA

सरसर्ती २४ घण्टा : सय किलो सुन तस्करीमा १६ जना पक्राउसहित यस्ता छन् प्रमुख समाचार

काठमाडाैं | साउन ८, २०८०

Prabhu Bank
NTC
Premier Steels
Marvel

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–

राजस्व अनुसन्धान विभागले झन्डै एक सय किलो सुन तस्करी प्रकरणमा आइतबार सरकारी कर्मचारीसहित थप छ जनालाई पक्राउ गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पक्राउ पर्नेमा तीन जना भन्सारका कर्मचारी र तीन जना भन्सार एजेन्ट रहेका राजस्व अनुसन्धान विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार भन्सार अधिकृत सन्तोष चन्द, जाँचकीकुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ पक्राउ परेका छन् । 


Advertisment
Rupse Holidays
Nabil box

यस्तै भन्सार एजेन्टमा सुदर्शन गौतम, रुकमेणा सुब्बा र यादव पराजुली पक्राउ परेका छन् । उनीहरूसँगै अहिलेसम्म उक्त एक सय किलो सुन तस्करी १६ जना पक्राउ परेका छन् ।
००००
नेपाल निर्माण व्यवसायी महासङ्घले निर्माण कार्य सम्पन्न गरे पनि अर्बौं रकम भुक्तानी नभएको भन्दै तत्काल भुक्तानी गर्न माग गरेको छ । 

Vianet communication

महासङ्घले आइतबार पत्रकार सम्मलेन गरी लामो समयदेखि विभिन्न निर्माण कम्पनीको निर्माण कार्य गरे बापतको आर्थिक वर्ष समापन हुँदासमेत सम्बन्धित कार्यालयबाट निर्माण कार्यको अरर्बौं रकम भुक्तानी हुन बाँकी रहेकाले उक्त रकम तत्काल भुक्तानी गर्न माग गरको हो ।
००००
राष्ट्रपति रामचन्द्र पौडेल र चिनियाँ कम्युनिस्ट पार्टीका केन्द्रीय कमिटीका राजनीति ब्यूरो सदस्य युआन च्या च्युनबीच भेटवार्ता भएको छ ।

तीन दिने नेपाल भ्रमणमा आएका युआनले राष्ट्रपति पौडेलसँग आइतवार राष्ट्रपति भवन शीतल निवासमा शीष्टाचार भेटवार्ता गरेका हुन् ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुशासन सल्लाहकार हुँ भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले काठमाडौँको कोटेश्वरबाट पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीबाट पक्राउ पर्नेमा काठमाडौँको नागर्जुन बस्ने ४४ वर्षीय राजेन्द्रप्रसाद खनाल र २३ वर्षीय विशाख खनाल रहेका छन् ।

००००
राजधानीको सामाखुसीमा एक स्कुले बालक बाढीले बगाएर बेपत्ता भएका छन् । घटनाको खबरपछि प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्दार कार्य सुरु गरेपनि उनी राति अबेरसम्म फेला पर्न सकेका छैनन् । 
आइतबार साँझ स्कुलबाट फर्किएपछि भोजपुर घर भई सामाखुसी बस्दै आएका सागन मगरलाई स्थानीय सामाखुसी खोलाले बगाएको हो । 
पानीपोखरीस्थित भानुभक्त माविमा कक्षा ६ मा अध्ययनरत बालक विद्यालयबाट फर्किएपछि साथीसँगै रानीबारीमा रहेको फुटसलमा फुटबल खेल्न जाने क्रममा खोलामा खसेका हुन् ।
००००
इटहरी उपमहानगरपालिकाले छात्रवृत्ति विवरण नबुझाउने दुई निजी विद्यालयको अनुमति रद्द गरेको छ । इटहरी १० मा रहेको इटहरी नमुना स्कुल र ६ नम्बर वडामा रहेको इटहरी चिल्ड्रेन स्कुलको अनुमति रद्द गरिएको मेयर हेमकर्ण पौडेलले जानकारी दिए ।
००००
वाम नेताहरूले नेपाली कम्युनिष्ट आन्दोलनका प्रणेता पुष्पलाल श्रेष्ठको स्मरण गर्दै विभिन्न गुटमा छरिएका कम्युनिष्ट पार्टीलाई पुनः एउटै बनाउनुपर्ने धारणा राखेका छन् । 

पुष्पलालको ४५औँ स्मृति दिवसका अवसरमा कीर्तिपुर नगरपालिका–४, चम्पादेवीस्थित पुष्पलाल पार्कमा आयोजित कार्यक्रममा नेताहरूले यस्तो धारणा राखेका हुन् ।
००००
गत आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा एक सय १७ वटा जनावर मृत फेला परेका छन् । निकुञ्ज र मध्यवर्ती सामुदायिक वन क्षेत्रमा १७ प्रकारका जनावर मृत अवस्थामा भेटिएका हुन् ।
००००
अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले नक्कली बिल बनाएर भ्रष्टाचार गरेको आरोपमा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष र प्राविधिकसहित १० जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

आयोगले आर्थिक वर्ष २०७५–७६ मा सिद्धिचरण नगरपालिका–१० मा विद्युत् पोल, तार र ट्रान्समिटर खरिद आयोजनामा मिलेमतो गरी भ्रष्टाचार गरेको भन्दै उनीहरुविरुद्ध आरोपपत्र दायर गरेको हो ।
००००
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २६ जना सहसचिवको सरुवा गरेको छ । मन्त्रालयले सरुवा हुने सहसचिवहरूको विवरण आइतवार सार्वजनिक गरेको हो ।

राष्ट्रिय किताबखाना निजामतीका महानिर्देशक टोकराज पाण्डेलाई अर्थ मन्त्रालयमा, संघीय मामिला मन्त्रालयका प्रदीपराज अधिकारीलाई सञ्चार मन्त्रालयमा सरुवा गरिएको छ ।
००००
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्धको रिट सर्वोच्च अदालतमा हेर्न नमिल्नेमा परेपछि आइतवार सुनुवाइ हुन सकेन ।
न्यायाधीश कुमार रेग्मी र नहकुल सुवेदीको संयुक्त इजलासमा आइतवार पेशी तोकिए पनि हेर्न नमिल्नेमा परेपछि सुनुवाइ हुन नसकेको हो ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटालीको रोममा पुगेका छन् । 
संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजना गरिएको ‘युनाइटेड नेशन्स फुड सिस्टमस्–२०२३ स्टकिङ मोमेन्ट’मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड त्यहाँ पुगेका हुन् ।
००००
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले मुलुकीसंहितालाई संशोधन गर्न संसदमा दर्ता गरिएको केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०८० फिर्ता गर्न माग गरेका छन् । 

विधेयकले राजनीतिलाई अपराधीकरण गर्न खोजेको भन्दै रास्वपालगायत दलले समेत संसदमा विरोध गरिरहेका छन् । 

००००
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । आइतबार बिहान बसेको राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले पारित गरेको मौद्रिक नीति सार्वजनिक गरिएको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

x