×

NIC ASIA

रास्वपाले संसद्‌मा दर्ता गराएको संकल्प प्रस्तावमा के छ ?

काठमाडाैं | साउन ११, २०८०

Prabhu Bank
NTC
Premier Steels

राष्ट्रिय स्वतन्त्र पार्टीले कुनै पछिल्लो समय विमानस्थलबाट बाहिरिएको १०० किलोग्राम सुनसँग सम्बन्धित घटनाकामा निष्पक्ष छानबिनका लागि सभामुखसमक्ष संकल्प प्रस्ताव प्रस्तुत गरेको छ ।

संघीय संसद्मा विरोधका लागि विरोध नभई संसदीय प्रणाली र सविधानले दिएको संसदीय अधिकार प्रयोग गर्दै सुन सम्बन्धी पछिल्लो घटनाको पूर्ण र निष्पक्ष छानबिन गर्न आफूहरूले सभामुखलाई भेटेर माग गरेको सांसद मनिष झाले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सभामुखसमक्ष दलले अघि सारेको संकल्प प्रस्ताव प्रस्तुत गर्दै सभापति रवि लामिछाने सहितका सांसदले निष्पक्ष र पूर्ण छानबिनका लागि माग गरेको झाले बताए । उनले भने, ‘एकैपटक त्यति ठूलो परिमाणमा सुन कसरी छोडियो ? पूर्ण छानबिन नै नभई मन्त्रीको राजीनामा माग्ने, अनि बोल्नै नदिई सभा अवरुद्ध गर्नुभन्दा लोकतान्त्रिक संसदीय परिपक्क अभ्यास गर्दै अघि बढ्नुपर्छ भन्ने मान्यता राख्छौं र त्यसमा दृढ रहन्छौं, त्यसका लागि संकल्प प्रस्ताव दर्ता गराएका हौं ।’
 
संकल्प प्रस्तावमा पार्टीका सबै सांसदको हस्ताक्षर रहेकोे र संघीय संसद् सचिवालयमा प्रस्ताव दर्ता गराएको सांसद झाले जानकारी दिए । प्रतिनिधिसभा नियमावलीको अधिनमा रही कुनै सदस्यले सार्वजनिक महत्त्वको राय वा सिफारिस प्रकट गर्न, सरकारको कुनै  कार्य वा नीतिको समर्थन वा विरोध वा पुनर्विचारका लागि ध्यानाकर्षण गराउन तथा कुनै सन्देश वा निर्देशन दिन संकल्प प्रस्ताव पेश गर्न सकिने व्यवस्था छ ।


Advertisment
Rupse Holidays
Nabil box

सभामुखले उपयुक्त र आवश्यक ठहर्‍याएको खण्डमा अन्य कुनै विपषयमा पनि संकल्प प्रस्ताव पेश गर्न अनुमति दिन सक्नेछन् । रास्वपाका सभापति लामिछानेले संकल्प प्रस्तावको उद्देश्य, आवश्यकता र औचित्यबारे व्याख्या गरेर सुनाएपछि सभामुखले सचिवालयमा दर्ता गराउन र कानून, न्याय र संसदीय मामिलामन्त्रीलाई जानकारी गराउन सुझाव दिएका सांसद झाले बताए ।

Vianet communication

छलफलका लागि अनुरोध गर्दै ल्याएको प्रस्तावको प्रक्रियालाई सकारात्मक राजनीतिक अभ्यासका रूपमा आफूले लिएको जनाउँदै सभामुखले यथाशीघ्र अघि बढाउने प्रतिबद्धता जनाएका सांसद झाले जानकारी दिए । नियमावलीमा प्रस्ताव प्रस्तुतकर्ताले पेश गर्न चाहेको प्रस्तावको सूचना सचिवलाई दिनुपर्ने र त्यस्तो प्रस्ताव दर्ता भएको ७ दिनपछिको कुनै पनि बैठकमा छलफल गर्न सकिने प्रावधान छ ।

संकल्प प्रस्ताव स्वीकार योग्य छ वा छैन भन्ने प्रश्नको निर्णय सभामुखबाट हुनेछ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

प्रकृतिको नियम

प्रकृतिको नियम

जेठ १९, २०८१

प्रकृतिको नियम के भने जति माथि पुग्यो उति झुक्नुपर्ने, गएको ठाउँ हेर्नैपर्ने, गएको ठाउँमा फर्कनै पर्ने । ठूलाठूला बोइङ्गहरू आकाशमा उड्छन्, बादलपारीको मुलुकमा पुग्छन्, समुद्रपारीको मुलुकसम्म पुग्छन् तर, पनि उनीहरू त्...

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

x