×

कोशी प्रदेशमा कामचलाउ सरकारबारे अन्यौल

मुख्यमन्त्री कार्यालयले गाडी नपठाएपछि निवासतिर लागे हिक्मत कार्की, घरबाटै काम गर्ने !

विराटनगर | साउन १२, २०८०

कामचलाउ मुख्यमन्त्री भएको दाबी गर्दै विराटनगर आएका एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्रीको कार्यालयले गाडी दिन इन्कार गरेको छ । सचिवालयमार्फत् कार्कीले गाडी मागे पनि प्रमुख सचिव डा. दीपक काफ्लेले गाडी पठाउन इन्कार गरेका हुन् । 

कार्की साढे ९ बजे विराटनगर विमानस्थलमा आएका थिए । मुख्यमन्त्रीले प्रयोग गर्ने गाडी भने निवासमै छ । उनको स्वागतमा कर्मचारी समेत कोही गएनन् । उनलाई सुरक्षाकर्मी पनि पठाइएको छैन । 


Advertisment

प्रमुख सचिव काफ्ले प्रदेश प्रमुख परशुराम खापुङसँग छलफलमा रहेका छन् । मुख्यमन्त्रीको कार्यालयले गाडी नपठाएपछि को १ झ ६५२ नम्बरको गाडीमा कार्की डेरातिर लागेका छन् । कार्कीले सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीलाई पनि साथमै लिएर आएका थिए । 


Advertisment

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै  कार्कीले आफू कार्यालयमा नजाने बताए । सरकारका काममा केही अप्ठ्यारो भए मात्रै कार्यालय जाने अधिकार प्राप्त भएकाले मुख्यमन्त्री कार्यालयमै गएर दिनभरी नबस्ने उनले बताए । ​ घरबाटै काम गर्ने उनले बताए । 

उनले प्रदेश प्रमुख खापुङ र सभामुख बाबुराम गौतमको राजीनामा नमाग्ने समेत बताएका छन् ।  'कहिले कहीँ जानी नजानी संस्था तथा व्याक्तिले गल्ती गर्छ । त्यो गल्तीलाई सर्वोच्च अदालतले सच्चाइदिएको छ,' नले भने, 'अहिले राजीनामा माग्ने पक्षमा छैन । अब उहाँहरूले यस्तो गर्नुहुन्न जस्तो लागेको छ ।' 

प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव नरेन्द्र कुमार श्रेष्ठले भने कामचलाउ मुख्यमन्त्री प्रदेश प्रमुखले तोक्ने प्रचलन रहेको बताए । प्रदेश प्रमुखको कार्यालयले कुनै निर्णय गरिसकेको छैन । 

मुख्यमन्त्री कार्यालयको बोर्ड र वेबसाइटमा थापाकै नाम मुख्यमन्त्रीमा कायम रहेको छ । कार्कीसँगै उनको सरकारमा मन्त्री रहेकाहरूले पनि आजै मन्त्रालय जाने बताएका थिए । 

कार्कीसँगै विराटनगरमा आएका तत्कालीन सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले कोठामै बसेर काम गर्ने बताएका छन् । उनले बिहान भने दिउँसो मन्त्रालय जाने बताएका थिए ।

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

x