×

NMB BANK
NIC ASIA

गौर हत्याकाण्ड छानबिनको त्रास

सरकार छाड्ने उपेन्द्रको धम्की, मध्यरातमा ओलीसँग भेट, देउवासँग पनि छलफल

काठमाडाैं | साउन २४, २०८०

NTC
Premier Steels

१७ वर्षअघि रौतहटको गौरमा भएको हत्याकाण्ड छानबिन सम्बन्धमा सरकारले गरेको नयाँ सहमतिलाई लिएर जनता समाजवादी पार्टी (जसपा)ले चरम असन्तुष्टि जनाएको छ ।

Muktinath Bank

उसले पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको वर्तमान सरकार नै छाड्नेसम्मको चेतावनी समेत दिएको छ ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकार र गौर हत्याकाण्डपीडितबीच सहमति भएलगत्तै जसपा अध्यक्ष उपेन्द्र यादवले सत्ता र प्रतिपक्षी दलका नेतासँग भेटवार्ता बढाएका छन् ।


Advertisment
Nabil box
Kumari

सरकारले गौर हत्याकाण्डपीडितसँग सहमति गरेलगत्तै उपेन्द्रले कांग्रेस सभापति शेरबहादुर देउवासँग मंगलवार सिंहदरबारमा भेटेर सरकार छाड्ने चेतावनी दिएका थिए । 

Vianet communication

‘नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले तपाईंमाथि अन्याय गर्‍यो, बालकृष्ण खाँणलगायतका नेतालाई पक्राउ गरायो । अहिले मलाई अप्ठ्यारो पार्न खोज्दैछ,’ देउवासँगको भेटमा उपेन्द्रको भनाइ उद्धृत गर्दै जसपा उच्च स्रोतले लोकान्तरसँग भन्यो । 

देउवाले भने प्रधानमन्त्री प्रचण्डसँग कुरा गर्ने भन्दै तत्काल सरकार छाड्ने निर्णय नगर्न आग्रह गरेका थिए ।

उपेन्द्रले प्रचण्डसँग समेत असन्तुष्टि व्यक्त गरिसकेको स्रोतका दाबी छ ।

साथै उनले मंगलवार राति प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटेका छन् ।

बालकोटस्थित ओलीको निवासमा भएको भेटमा उपेन्द्रले सरकार छाड्ने मनस्थितिमा पुगेको भन्दै नयाँ सरकारको सम्भावनाबारे समेत कुराकानी गरेको स्रोतको दाबी छ ।

जवाफमा ओलीले नयाँ सरकारका लागि जसपा मात्र आउँदा नपुग्ने बताएका थिए ।

‘तपाईंले छाडेर मात्र सत्ता परिवर्तन हुँदैन होला, तैपनि तपाईंको कदममा मेरो समर्थन रहन्छ भन्ने ओलीको भनाइ थियो,’ उपेन्द्रनिकट स्रोतले लोकान्तरसँग भन्यो ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारको हिस्सेदार जसपाका प्रतिनिधि सभामा १२ जना सांसद छन् । उपेन्द्र सत्ता गठबन्धनकै साथले उपनिर्वाचनबाट संसद् छिरेका हुन् ।

जसपाले समर्थन फिर्ता लिए प्रचण्डले संसद्मा फेरि विश्वासको मत लिनुपर्नेछ । सरकारमा उपेन्द्रका दुई मन्त्री छन् ।

जसपा सांसद प्रदीप यादवले आफूहरूको असन्तुष्टिका विषयमा सत्ता गठबन्धनसँग छलफल गर्ने निर्णय भएको बताए ।

'यस विषयमा सत्ता गठबन्धनसँग कुरा गर्ने भन्ने निर्णय भएको हो,' यादवले लोकान्तरसँग भने, 'तत्काल सरकार छाडिहाल्ने निष्कर्षमा भने पुगेका छैनौं ।'

२०६३ सालमा रौतहटको गौरमा माओवादीले आयोजना गरेको सभामा भएको आक्रमणमा २७ जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो ।

सो घटनाका पीडितले हत्याकाण्डमा उपेन्द्र यादवको संलग्नता रहेको बताउँदै आएका छन् ।

गौर हत्यकाण्डपीडित संघर्ष समितिका सदस्यहरूले प्रधानमन्त्री प्रचण्डसँग समेत भेटवार्ता गरेका थिए ।

सरकारले मंगलवार गौर हत्याकाण्डपीडित संघर्ष समितिसँग ५ बुँदे सहमति गर्दै उक्त घटनाको छानबिन गरी दोषीलाई कानूनबमोजिम कारवाही गर्ने जनाएको थियो ।

हेर्नुहोस्, सहमति पत्र :

null

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x