×

NMB BANK
NIC ASIA

किसानलाई रासायनिक मल सहज

धान रोप्ने सिजनमा पहिलोपटक मल सहज, मागभन्दा कम भित्रिँदा पनि पर्याप्त ‘स्टक’

काठमाडाैं | साउन २४, २०८०

NTC
फाइल फोटो
Premier Steels

बर्सेनि मल अभावले तड्पिने कृषकहरू यो वर्ष भने मुख्य बाली धान रोप्ने बेला मल पाइएन भनेर खासै चिन्तित हुनु परेन । 

Muktinath Bank

गत आर्थिक वर्ष २०७९/८० मा सरकारले भित्र्याएको मल कृषकबाट आउने राष्ट्रिय मागको लक्ष्य १ लाख १७ हजार मेट्रिकटन कम छ । तर, पनि यो वर्षको धान रोप्ने सिजनलाई मल पर्याप्त भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारले गएको असार मसान्तसम्ममा ४ लाख ३ हजार मेट्रिकटन रासायनिक मल आयात गरेको छ । राष्ट्रिय माग ५ लाख २० हजार मेट्रिकटनको तुलनामा आएको मल १ लाख १७ हजार मेट्रिकटन कम हो । तर पनि बजारमा मल अभाव छैन ।


Advertisment
Nabil box
Kumari

कृषि विकास मन्त्रालयका अनुसार सरकारले विगतका वर्षहरूको तुलनामा गत आर्थिक वर्षमा बढी मल आयात गरेको छ ।

Vianet communication

मल किन्न सरकारले पटक–पटक गरेर निकासा गरेको रकम अघिल्ला वर्षहरूको तुलनामा गत वर्ष दोब्बर बढी थियो ।

मूल्यमा धेरै उतारचढाव हुँदासमेत नियमित आपूर्ति भएकाले नै मल सहज भएको कृषि विकास मन्त्रालयकी प्रवक्ता सबनम सिवाकोटीले बताइन् ।

‘समयमा नै योजना बनाएर मल खरिद गरिएको र अन्तर्राष्ट्रिय बजार मूल्यले समेत साथ दिएका कारण अहिलेको अवस्थामा पनि मल मौज्दात रहने स्थिति आएको’ उनको भनाइ छ ।

कृषि विकास मन्त्रालयका अनुसार १८ साउनसम्ममा मलको मौज्दात ६२ हजार २८४ मेट्रिकटन छ । यस्तो मौज्दातमा २७ हजार ७ सय मेट्रिकटन युरिया, २७ हजार ६ सय मेट्रिकटन डीएपी र ६८ सय मेट्रिकटन पोटास रहेको मन्त्रालयको तथ्यांकले देखाउँछ ।

गत वर्ष अन्तर्राष्ट्रिय बजारमा मलको भाउ अचाक्ली बढ्यो । भाउ बढेका कारण सरकारले मलमा गर्नुपर्ने लगानी पनि दोब्बरभन्दा बढी हुन पुगेको छ । गत आवमा ३६ अर्ब रुपैयाँको मल खरिद गरेकाले नै यो आर्थिक वर्षको धान बालीलाई सहज हुन पुगेको हो ।

यो वर्ष पनि सरकारले ३० अर्ब रुपैयाँ बजेट विनियोजन गरिसकेको र ५ लाख २० हजार मेट्रिकटन मल खरिद गर्ने भनेर तयारी गरिरहेको हुँदा चालू आवमा समेत मल अभाव नहुने दाबी मन्त्रालयको छ । 

प्रवक्ता सिवाकोटीका अनुसार सरकारले मल वितरण निर्देशिकामा पनि सुधार गरेको छ । मन्त्रालयले बनाएको कार्ययोजनाअनुसार जुन बेला बढी माग आउँछ, सोही समयलाई दृष्टिगत गरेर मल ल्याउने गरिएको छ । 

गत वर्षजस्तो मूल्यमा उतारचाढाव आएन भने चालू आर्थिक वर्षलाई पनि मलमा कुनै समस्या नहुने उनको दाबी छ ।

‘जसरी गत वर्षको योजनाअनुसार यो वर्ष मल आउन सकेको छ, त्यसैगरी अहिले पनि कात्तिकसम्म आउने मल तय भइसकेको छ । त्यसपछिका लागि पनि अभाव नहुने र आवश्यक मात्राअनुसार नै मल खरिद गर्ने तयारी अगाडि बढाएका छौं,’ सिवाकोटीले भनिन् ।

सरकारले बजेट निकासा गरी परिमाण तोकेर खरिद गर्न दिनुपर्ने हुन्छ । विगतमा प्रस्ताव आह्वान गर्दा एउटा मूल्य र खरिद गर्दा अर्को मूल्य भएकाले मल आउन समस्या भएको कृषि मन्त्रालयका अधिकारहरू बताउँछन् ।

मन्त्रालयका अनुसार १९ साउनसम्ममा देशभर जम्मा ८२ प्रतिशत मात्र धान रोपाइँ भएको छ । मधेश प्रदेशमा जम्मा ६० प्रतिशत मात्र रोपाई भएको तथ्यांकले देखाएको छ । पर्याप्त पानी नपरेकाले मधेशमा समयमा रोपाइँ हुन नसकेको हो ।

सरकारले मल खरिदको जिम्मा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङलाई दिँदै आएको छ । २०६८ देखि कृषि सामग्रीले ७० प्रतिशत र साल्ट ट्रेडिङले ३० प्रतिशत मल आयातको जिम्मा पाएका छन् ।

सरकारले मल खरिदको जिम्मा दिएपछि आफूहरूले १४ वर्षदेखि तोकिएको परिणाममा नियमित मल भित्र्याइरहेको साल्ट ट्रेडिङले जानकारी दिएको छ ।

सरकारले गत आर्थिक वर्षमा साल्ट ट्रेडिङ​लाई नियमित आपूर्तिको ३० प्रतिशतभन्दा थप ९२ हजार ५०० मेट्रिकटन मल भित्र्याउन दिएकाले नै यो वर्ष धान रोप्ने सिजनका लागि मल पुर्‍याउन सम्भव भएको साल्ट ट्रेडिङका डिभिजनल म्यानेजर ब्रजेशकुमार झाले बताए । 

सरकारले बेलैमा तयारी गरेर बजेट निकासा गर्दा पनि सहज भएको उनको बुझाइ छ ।

बेलैमा मल खरिदको लक्ष्य सार्वजनिक गर्ने, बजेट अभाव हुन नदिने र अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावलाई दृष्टिगत गरेर योजना बनाउने हो भने आगामी वर्ष पनि समस्या नहुने उनले बताए । 

कृषि सामग्री कम्पनी लिमिटेडका सूचना अधिकारी पुण्यप्रसाद उपाध्याय भने यो वर्ष अझै तराईका जिल्लामा ४० प्रतिशत रोपाइँ नै बाँकी रहेकाले स्टकको मल यही सिजनमा खपत हुने विश्वास गर्छन् ।

‘गत वर्षभन्दा सहज भएको छ । कृषकको पूरा माग धान्न सक्ने गरी अझै मल आउन सकेको छैन,’ उपाध्यायले लोकान्तरसँग भने ।

कृषकले धान रोप्दा प्रयोग गर्ने मल पाए पनि रोपिसकेपछि हाल्नुपर्ने मलको ‘डिमान्ड’ आउन बाँकी नै रहेको उनी बताउँछन् । विगतको तुलनामा बढी आपूर्ति भइरहेकाले ठूलो समस्या भने नहुने उनको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x