×

NMB BANK
NIC ASIA

दियालो टेक्नोलोजीज र स्मार्ट वास सोलुसनबीच सम्झौता

काठमाडाैं | भदौ १२, २०८०

NTC
Premier Steels

नेपालको खानेपानी क्षेत्रलाई डिजिटलाइज गर्दै आएको दियालो टेक्नोलोजिज प्रालि र स्मार्ट वास सोलुसनबीच समझदारी भएको छ ।

Muktinath Bank

उक्त समझदारीअनुसार खानेपानी क्षेत्रलाई थप डिजिटलाइज गर्न एक-आपसमा प्रविधि सहयोग, कार्यशाला गोष्ठी, अनुभव आदान–प्रदान, विभिन्न किसिमका तालिम सञ्चालन गर्ने तथा अनुसन्धान कार्यहरू गरिने छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समझदारीपत्रमा दियालो टेक्नोलोजीजका प्रमुख कार्यकारी अधिकृत पीआर खनाल र स्मार्ट सोलुसनका तर्फबाट अध्यक्ष ई. रामदीप शाहले हस्ताक्षर गरेका छन् ।


Advertisment
Nabil box
Kumari

हस्ताक्षर कार्यक्रममा पूर्व विज्ञान तथा प्रविधि मन्त्री गणेश शाहलगायत दुई वटै संस्थाका अन्य पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।

Vianet communication

खानेपानी सरसफाइ तथा स्वच्छता क्षेत्रमा सुशासनमा थप सुधार गरी सेवा प्रदानलाई थप प्रभावकारी बनाउन संयुक्त रुपमा सहकार्य गरी बढ्न मुख्य उद्देश्यसहित सम्झौता भएको हो ।

समझदारीमा नेपालको खानेपानी तथा सरसफाइ क्षेत्रलाई डिजिटलाइजेसनको लागि नीतिगत सुधार, यस क्षेत्रमा काम गर्ने सेवा प्रदायक तथा सरोकारवालकाहरूको प्रविधि संचालन तथा डिजिटलाइजेसनमा रुपान्तरणको लागि क्षमता अभिवृद्धि गर्न, केन्द्रीय, प्रदेश तथा स्थानीय स्तरमा यस क्षेत्रमा भएका राम्रा प्रयासहरूको सिकाइलाई विभिन्न स्तरका कार्यक्रमहरूबाट प्रचार प्रसार गर्ने अन्य उद्देश्य रहेको छ ।

हालसम्म करिब ८ सय वटा खानेपानी समितिहरूलाई डिजिटलाईजेशन गरिसकेकोले दियालोले खानेपानी क्षेत्रका सम्पूर्ण प्रक्रियालाई अन्तराष्ट्रिय मापदण्डको बनाउने उद्देश्यसहित वाटरमार्क सफ्टवेयर विकास गरी लागू गरिरहेको छ ।

करिब दश वर्ष अगाडि स्थापना भएको दियालो टेक्नोलोजिजले खानेपानी क्षेत्रलाई आवश्यक पर्ने मिटर रिडिङ्ग मोबाइल एप, बिलिङ्ग व्यवस्थापन, एसएमएस प्रणाली, अनलाइन भुक्तानी, लेखा प्रणाली, जिन्सी व्यवस्थापन, मानव संशाधन व्यवस्थापन प्रणाली, एनआरडब्लू (पानी चुहावट विश्लेषण) प्रविधि, ल्याव व्यवस्थापन प्रणाली, पम्प कन्ट्रोल प्रणाली, ग्राहक गुनासो व्यवस्थापन, भूमिगत पानीको तह विश्लेषण, मोबाइल एप्लीकेशन, इलेक्ट्रो म्याग्नेटिक फ्लोमिटर, ट्याङ्कीको पानी तह मापन प्रविधिजस्ता प्रणालीहरूको विकास गरेको छ ।

यी प्रणाली नेपालमा खानेपानी क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । यसै गरी स्मार्ट वास सोलुसनले विगत ५ वर्षदेखि खानेपानी तथा सरसफाई क्षेत्रमा रहेका समस्याहरूलाई न्यूनीकरण गर्न तथा सुशासनमा सुधार गर्न आवश्यक नयाँ प्रविधिहरूको विकास, केन्द्र तथा प्रदेशमा खानेपानी तथा सरसफाइ क्षेत्रमा नीतिगत तथा कानूनमा सुधार गर्न बहस तथा पैरवी गर्ने, तथा सरोकारवाला निकायहरूको क्षमता अभिवृद्धि गर्ने, अनुसन्धान गर्ने, विभिन्न विषयमा सभा, गोष्ठी तथा सेमिनारजस्ता क्रियाकलापहरू संचालन गर्दै आइरहेको छ ।

यो समझदारीपश्चात खानेपानी तथा सरसफाइ क्षेत्रको विकासमा थप योगदान पुग्ने अपेक्षा  गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज २४, २०८०

हाम्रो पात्रो मोबाइल एपभित्र रहेको डिजिटल वालेट ‘हाम्रो पे’बाट भुक्तानी गर्दा अब ‘कोइली’ कराउने भएको छ । ​ बिज क्राफ्ट कम्पनीले तयार पारेको ‘कोइली’ नामक अडियो उपक...

कात्तिक ९, २०८०

ओटीटी (ओभर द टप) प्रति कोभिड–१९ नियन्त्रणका लागि गरिएको लकडाउनका समयमा निकै आकर्षण बढ्यो । घरमै रहन बाध्य दर्शकले मनोरञ्जनको विकल्पका रूपमा ‘डिजिटल प्लेटफर्म’ रोजे ।  अन्तर्राष्ट्रियरूपम...

कात्तिक २७, २०८०

सामाजिक सद्भाव बिथोलिने गतिविधि बढेको निष्कर्ष निकाल्दै सरकारले सामाजिक सञ्जाल ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको छ । पछिल्लो समय टिकटकबाट सामाजिक, धार्मिक तथा साम्प्रदायिक सम्बन्धलाई खल्बल्याउने गतिविधि ...

फागुन ६, २०८०

काठमाडौंको द ब्रिटिस कलेज (टीबीसी) र प्रिक्सा टेक्नोलोजीबीच साझेदारी (एमओयूम) मा हस्ताक्षर भएको छ ।​ आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा मेसिन लर्निङलाई शिक्षासँग जोड्न ब्रिटिस कलेज र प्रिक्सा टेक्नोलोजीबीच रणनी...

कात्तिक ३, २०८०

नेपाल टेलिकमले नेपालीहरूको महान चाड बडादशैंको अवसरमा आफन्त र साथीभाइलाई एकैपटक शुभकामना सन्देश पठाउन सकिने व्यवस्था गरेको छ । यस प्रकारको सामूहिक सन्देश (ग्रुप एसएमएस) सेवा पहिलेदेखि नै सञ्चालनमा रहेको टेल...

असोज ३०, २०८०

चाइना मोबाइल कम्युनिकेसन्स कर्पोरेशन लिमिटेड (चाइना मोबाइल) र ह्वावेले सगरमाथा (तिब्बती नामः माउन्ट कोमोलाङ्मा) मा हालै पर्यटक आधार शिविर र होटलको लागि एफटीटीआर–बी नेटवर्क सफलतापूर्वक स्थापना गरेका...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x