×

मेरो स्मृतिमा सुवासचन्द्र नेम्वाङ

काठमाडाैं | भदौ २७, २०८०

राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि इतिहासको विभिन्न कालखण्डमा नेपाली जनताले पटक-पटक गरेका ऐतिहासिक जनआन्दोलन र सशस्त्र संघर्षका क्रममा कम्युनिस्ट एवं लोकतान्त्रिक आन्दोलनका विभिन्न नेता- कार्यकर्ताहरूसँग सम्पर्क, मित्रता र सहकार्यका दौरान २०४८ सालमा राष्ट्रिय सभाको सदस्य भएपछि कमरेड सुवासचन्द्र नेम्वाङसँग मित्रता र सहकार्य सुरु भएको हो। सो मित्रता र सहकार्य वहाँको जीवनपर्यन्त कायम रह्यो।

Laxmi Bank

सुवासको अकल्पनीय मृत्यु राष्ट्रको अपूरणीय क्षति हो।वहाँको रिक्तता लामो समयसम्म पुर्ताल असम्भवप्राय: भएको महसुस गर्दै गहिरो पीडा सहित उहाँसँगका सहकार्यका केही ऐतिहासिक महत्वका विषयहरूलाई स्मरण गर्न चाहन्छु।


Advertisment

म विज्ञानको विद्यार्थी भएकाले स्थानीय निकायमा काम गर्दाको अवस्थामा कानुनको सामान्य जानकारी र अभिरुचि भएता पनि मलाई कानुनसम्बन्धी आधारभूत ज्ञान थिएन।२०४८ सालमा राष्ट्रिय सभाको सदस्य भएपछि मेरो कानुनप्रतिको रुचिलाई बुझेर नेकपा(एमाले) ले मलाई राष्ट्रिय सभामा गठन हुने प्रत्येक विधेयक सम्बन्धी विशेष समितिको सदस्य भएर काम गर्ने अवसर प्रदान गर्‍यो । जसमा सुवासचन्द्र नेम्वाङ, कृष्णप्रसाद घिमिरे, सिन्धुनाथ पोखरेल, महादेव प्रसाद यादव जस्ता नेपालका वरिष्ठ एवं धुरन्धर कानुनका ज्ञाताहरू हुनुहुन्थ्यो।


Advertisment

उहाँहरूसँग सहकार्य र अन्तरक्रिया गर्ने अवसर प्राप्त हुँदा मलाई कानुनसम्बन्धी जान्ने र बुझ्ने अवसर प्राप्त भयो।यसमा सुवासजीको सुझाव र सल्लाहको ठुलो भूमिका रहेको छ, जसको कारणले कानुन निर्माण गर्न र कानुन तथा न्याय मन्त्रीको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न मलाई मद्दत पुग्यो ।

संविधान निर्माणको सुरुवाती चरणदेखिनै संविधान सभा अध्यक्षका हैसियतले उहाँले मलाई “अवधारणा पत्र र प्रारम्भिक मस्यौदा सम्बन्धी प्रतिवेदन अध्ययन समिति” उच्चस्तरीय कार्यदल, संविधानका विवादित विषयमा सहमति कायम गर्न गठित हरेक समिति, उपसमिति,कार्यदलमा रहेर काम गर्ने अवसर दिनु भयो । जसका कारणले संविधान सभाबाट जारी भएको समानता, नागरिक स्वतन्त्रता, सामाजिक न्याय, धर्मनिरपेक्षता,सङ्घीयता, सहभागितामूलक र समानुपातिक समावेशी प्रतिनिधित्वको प्रत्याभूत भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण र जारी गर्न महत्त्वपूर्ण योगदान गर्न सकेँ।

यो उहाँको मप्रतिको ठुलो विश्वास र स्नेह थियो भन्ने प्रस्ट हुन्छ। यसका लागि वहाँप्रति आभार व्यक्त गर्ने मैले उपयुक्त शब्द नै पाइरहेको छैन।

एउटा जनजातिको छोरालाई देशको शिखर पुरुष बन्न त्यति सहज थिएन।मिलनसार, सरल स्वभाव मृदुभाषी, कडा परिश्रम र बहुआयामिक व्यक्तित्वका कारण नेपालको राजनीतिमा उहाँ साझा व्यक्तित्व बन्न सफल हुनु भएको हो।

यसका बाबजुद वहाँका विरुद्ध अनेक गलत अफवाह र लाञ्छना लगाउने प्रयत्नहरू नभएका भने होइनन् तर ती सबै षडयन्त्रहरूलाई वहाँमा सजिलै परास्त गर्ने क्षमता थियो।वहाँ विरुद्ध रचिएका वा रचाइएका अनेकौँ षडयन्त्रहरूलाई परास्त गर्न वहाँ हमेसा सजग, सतर्क मात्र हुनुहुन्थेन त्यसको कसरी भण्डाफोर र सामना गर्ने भन्ने विषयमा पनि वहाँ गम्भीर हुनुहुन्थ्यो।

“ नेपाल धर्मनिरपेक्ष राज्य हुनेछ” भन्ने वाक्यांश प्रतिनिधि सभाको घोषणा, २०६३ मा उहाँले घुसाएको भन्ने यदाकदा निराधार आरोप लगाउने गरेको सुनिन्छ, यसमा कृष्णप्रसाद सिटौला लगायत विभिन्न दलका दर्जनौँ नेताहरूको नाम समेत जोड्ने गरिन्छ- जुन बिलकुलै निराधार र कपोकल्पित हो।

वास्तविकता के हो भने नेपालमा नेकपाको स्थापनाकालदेखि नै नेकपाले नेपाल धर्मनिरपेक्ष राज्य हुनुपर्दछ भन्ने मान्यता राख्दै आएको र सुवास नेम्वाङ कम्युनिस्ट पार्टीको नेता भएकोले उहाँ धर्मनिरपेक्षताको पक्षधर भएकोमा विवाद छैन । तर प्रतिनिधि सभाको घोषणा, २०६३ को बुँदा नं ८ मा रहेको “नेपाल धर्मनिरपेक्ष राज्य हुनेछ” भन्ने वाक्यांश वहाँले घुसाएको भन्ने कसैले भन्छ भने त्यो आरोप निराधार, कपोलकल्पित र सुनियोजित हो ।

किनभने प्रतिनिधि सभाको घोषणा, २०६३ सम्बन्धी प्रस्ताव २०६३ साल जेठ ४ गते  गिरिजाप्रसाद कोइराला नेतृत्वको मन्त्रीपरिषद्ले पारित गरी सो प्रस्ताव २०६३ साल जेठ ४ गतेको प्रतिनिधि सभाको दैनिक कार्यसूचीमा राखी प्रधानमन्त्रीले प्रतिनिधि सभाको घोषणा,२०६३ प्रस्तुत गर्नु भयो । र, प्रस्तुत गर्ने क्रममा आफ्नो स्वास्थ्य स्थिति खराब भएको कारण उक्त घोषणा सभामुखलाई पढेर सुनाउन प्रधानमन्त्रीले अनुरोध गर्नु भएपछि सभामुखले बैठकमा पढेर सुनाउनु भयो।

बैठकमा प्रस्ताव प्रस्तुत भएपछि प्रारम्भ भएको छलफलमा भाग लिँदै तत्कालीन सांसदहरू माधवकुमार नेपाल, सुशील कोइराला,शेरबहादुर देउवा, पशुपति शमशेर जबरा, सूर्यबहादुर थापा,  चित्रबहादुर केसी, यज्ञ जित शाह, हृदयेश त्रिपाठी, परी थापा, नारायणमान बिजुक्छेले प्रस्तावको पक्षमा पूर्ण समर्थन रहेको धारणा राखे पश्चात् सो प्रस्ताव सभामा निर्णयार्थ प्रस्तुत हुँदा सर्वसम्मतिले पारित भएको हो।

प्रतिनिधि सभाको घोषणा, २०६३ राजपत्रमा प्रकाशित छ, मन्त्रीपरिषद्को निर्णय र प्रतिनिधि सभाको दैनिक कार्यसूची सुरक्षित छन्। यदि कसैलाई भ्रम भए यी तथ्यका आधारमा भ्रममुक्त हुन मद्दत पुग्नेछ। कुतसित मनसाय राखी अँध्यारो कुनामा बसेर अझ पनि भ्रम सृजना गर्ने व्यक्ति वा तत्त्वलाई इतिहासले माफी दिने छैन । 

“संविधानका पिता” सुवासचन्द्र नेम्वाङको बहुआयामिक व्यक्तित्व बारे विस्तृत चर्चा-परिचर्चा हुने नै छ । संविधान जारी हुने दिनमा उहाँले दिएको ऐतिहासिक भाषणका महत्त्वपूर्ण अंशहरूलाई तल उद्धरण गर्दै वहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु: “संविधान राम्रो भएर मात्र पुग्दैन, यसको कार्यान्वयनमा इमानदारी र प्रतिबद्धता हुनु जरुरी छ।संविधानले शासन पद्धतिका सिद्धान्तहरू तय गर्छ।संविधानले बुद्धि, विवेक र क्षमता भने बाँड्न सक्दैन। तसर्थ संविधान राम्रो भएर मात्र हुँदैन, संविधानको सहज र प्रभावकारी कार्यान्वयनका लागि राजनीतिक नेतृत्वले विवेकशील भई क्षमता प्रदर्शन गर्न सक्नु पर्दछ।

असार २५, २०७९

सातु नेपालीहरूको धेरै पुरानो र मौलिक परिकार हो । सातु बिहानको खाजा मानिने भए तापनि पछिल्लो समय यसलाई बिहान, दिउँसो, साँझ कुनै पनि समय खान थालिएको छ । कुनै समय सातु भनेर हेप्ने यो परिकार अति स्वास्थ्य...

जेठ २, २०८१

नेकपा (एकीकृत समाजवादी)ले यतिबेला आफ्नो अस्तित्वको लडाईँ लडिरहेको छ । मैले अस्तित्व भनेर पार्टीमाथि धावा बोलेको हो कि भन्ने पाठकलाई लाग्न सक्छ, तर नेकपा एस यतिबेला अस्तित्वको लडाईँमै छ । पार्टी स्थापना भएको करि...

फागुन ७, २०८०

कम्यूनिस्टहरूको चौघेराभित्र बाल्यकाल बिताएको भएर होला, सानै उमेरदेखि मैले कांग्रेस कार्यकर्तालाई कांग्रेसी भनेको सुनेको थिएँ । अलि होच्याएर, अलि नमीठो गरेर यी कांग्रेसीहरू भनेर सम्बोधन गर्ने गरेको.... । उमे...

बैशाख २२, २०८१

प्रत्येक वर्षको जन्मदिनले मलाई निजामती सेवाबाट निवृत्त भएको स्मरण गराउँछ । हुन पनि संयोगले भगवतीस्थान प्राथमिक विद्यालय तानसेनमा शिक्षकका रुपमा जीवनकै पहिलो जागिरमा प्रवेश गरेको दिन पनि यही दिन थियो । तथापि न...

मंसिर १८, २०८०

(श्रीकुमारको रुकुम डायरीबाट...) बिहान पौने ६ बजेको छ । पश्चिम रुकुमको आठबीसकोट जहाँ त्रिपालमुनि हजारौं बेघरबारहरू आगोले जिउ सेकाउँदै जाडो सामना गरेर उज्यालोको प्रतीक्षामा छन् । आगो तापेर बसेका महिलाहरू...

मंसिर ८, २०८०

दुई वर्षअघि नेपाल पीएचडी एसोसिएसनको काठमाडौंमा भएको साधारणसभाले नयाँ कार्यसमिति बनायो । म कोषाध्यक्षमा निर्वाचित भएँ । मैले कार्यसमितिका साथीहरूको सामूहिक तस्वीरसहित ट्विटर र फेसबूकमा यो विषय पोस्ट गरें । त्...

पत्रकार महासंघमा शून्यता र द्रुत समाधानको विकल्प

पत्रकार महासंघमा शून्यता र द्रुत समाधानको विकल्प

भदौ २६, २०८१

नागरिक समाजको अगुवा संस्था एवं नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया तेस्रोपटक अवरुद्ध हुने स्थिति सिर्जना भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले सोमबार एकाएक राजीनामा दिएप...

३४ वर्षमा ३० सरकार– कुशासनका लागि जिम्मेवार को ?

३४ वर्षमा ३० सरकार– कुशासनका लागि जिम्मेवार को ?

भदौ २४, २०८१

सुशासन, विकास र समृद्धिको जनचाहना पूरा नभएपछि जनतामा व्यापक निराशा, असन्तोष र आक्रोश छ । देशमा गुणस्तरीय शिक्षा र रोजगारी नपाएर लाखौं युवा शिक्षा तथा रोजगारीका लागि दैनिक विदेशिन बाध्य छन्, जसको परिणाम स्वरू...

समाजले गिराउन खोज्दा पनि शिर उठाएकी समीक्षा

समाजले गिराउन खोज्दा पनि शिर उठाएकी समीक्षा

भदौ २४, २०८१

कुनै बेला मलाई सबैभन्दा साहसी नारी पासाङ ल्हामु शेर्पा लागेको थियो । आजभोलि मलाई सबैभन्दा साहसी नारी समीक्षा अधिकारी लाग्न थालेको छ । जसरी प्रतिकूल मौसममा पनि पासाङ ल्हामु शेर्पा सगरमाथाको चुचुरोतर्फ अगाडि ब...

x