×

NMB BANK
NIC ASIA

गैह्रीगाउँ हत्याकाण्डका अभियुक्तको बयानः मैले ४ जनालाई मारेँ

काठमाडाैं | भदौ ३१, २०८०

NTC
Premier Steels

काठमाडौँ प्रहरीले आइतबार बेलुका राजधानीको तीनकुनेस्थित गैह्रीगाउँमा भएको ४ जनाको हत्याका अभियुक्तलाई सार्वजनिक गरेको छ । प्रहरीले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ९ स्थायी भई काठमाडौँ काँडाघारीस्थित वीरेन्द्र चोक बस्ने २३ वर्षीय  संजय भण्डारीलाई सार्वजनिक गरेको छ ।

Muktinath Bank

बोल्न नसक्ने उनलाई ४ जनाको हत्या गरेको अभियोगमा घटनाको करिब ३६ घण्टापछि प्रहरीले क्लोजसर्किट टेलिभिजन (सीसीटीभी) फुटेको सहयोगमा पहिचान गरी पक्राउ गरेको हो । भण्डारीले दोभासे र लेखेर आफूले हत्या गरेको प्रहरीसमक्ष स्वीकारेको एसएसपी सोमेन्द्र सिंह राठौरले पत्रकार सम्मेलनमा जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अभियुक्त भण्डारीले २ महिना अगाडि मोटरसाइकल दुर्घटनाको विषयलाई लिएर विशाल राईसँग विवाद भएको र त्यसैको रिसमा हत्या गरेको प्रहरीसँगको प्रारम्भिक बयानमा स्वीकार गरेका छन् । 


Advertisment
Nabil box
Kumari

‘उनले दोभासेको सहयोगमा आफूले ४ जनाको हत्या गरेको स्वीकारेका छन्,’ एसएसपी राठौरले पत्रकार सम्मेलनमा भने ।

Vianet communication

प्रहरीका अनुसार भण्डारीले आई ह्याड किलिङ फोर पिपुल (मैले चार जनालाई मारेँ) भनेर कागजमा लखेको छन् ।  प्रहरीले दुर्घटना गराउने विशाल बस्ने ठाउँ उनले कसरी पत्ता लगाए भन्ने विषयमा स्पष्ट जवाफ दिन सकेको छैन । तर पत्रकार सम्मेलनमा २–३ पटक अभियुक्तले घटनास्थलमा राईले देखेको बताएको दाबी गरेको छ । 

शुक्रवार राति विशालले काम गर्ने ठाउँ अर्थात् समिलमा आएर पहिला विशालको हत्या गरेका थिए । विशालले उनलाई कुटपिट गरेका कारणले हत्या गरेको प्रहरीलाई बताएका छन् । हत्या गरे लगत्तै वृद्ध सुभद्रा भुजेल कराएको जस्तो लागेर उनको पनि हत्या गरेका थिए । सुभद्रालाई हत्या गरेपछि पूर्णबहादुर भुजेलले मोबाइल कसैलाई फोन गरेर बोलाउन लागेको जस्तो लागेपछि उनको पनि हत्या गरेको दोभासेको माध्यमबाट अभियुक्त भण्डारीले प्रहरीसमक्ष बयान दिएको एसएसपी राठौरले बताए । 

त्यसपछि सञ्जयले उनीहरूको शव घिसारेर ट्वाइलेटको ढोका छेउको कुनामा राखेका थिए । उनले अन्य तीन जनाले घटनाको बारेमा थाहा पाएको भन्ने लागेर हत्या गरेको प्रहरीलाई बयान दिएका छन् । 

घटनामा दोलखा कालिन्चोक गाउँपालिका ८ का ५६ वर्षीय कुमार भुजेल भन्ने पूर्णबहादुर भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, आमा सुभद्रा भुजेल र धनकुटा भरिगाउँ गाउँपालिका २ का १९ वर्षीय नवीन भन्ने विशाल राईको हत्या भएको थियो । 

प्रहरीका अनुसार अभियुक्त सञ्जय भण्डारीले १२ कक्षासम्म साङ्केतिक भाषा पढेका छन् । उनले प्रहरीसँगको कुराकानी लेखाइका साथै दोभासेको माध्यमबाट गर्छन् । 

कानुनी विषयमा आफूलाई जानकारी नभएको र आफ्नो संस्था रोहबरविना थप नबोल्ने उनले प्रहरीलाई बताउने गरेका छन् ।  आफूजस्ता अपाङ्गता भएका व्यक्तिहरूलाई थुनेर राख्न नमिल्ने समेत उनले बताउने गरेको प्रहरीले जनाएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x