कात्तिक १६, २०८०
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
विराटनगर | असोज ६, २०८०
डा पंकजराज नेपाल न्युरोसर्जन चिकित्सक हुन् । पंकजले स्वास्थ्य सेवाको आरम्भ काठमाडौंको बाँसबारीस्थित न्युरो हस्पिटलबाट गरेका थिए । ‘फादर अफ मोडल न्युरोसर्जरी’ भनेर चिनिने स्वर्गीय डाक्टर उपेन्द्र देवकोटाको चेलाका रुपमा उनी चिनिन्छन् । देवकोटासँगै लामो समयसम्म काम गरेको उनीसँग अनुभव छ ।
डा देवकोटाकै प्रेरणाले होला डा पंकजले बिरामीप्रति गर्ने सेवा पनि सम्झनलायक छ । घरपरिवारलाई दिने समय कटाएरै बिरामीको उपचारमा उनी लाग्ने गरेका छन् । आफूले यसरी काम गर्न सिकेको डा देवकोटाबाटै भएको डा पंकज गर्वसाथ भन्छन् । साथै, न्युरोसर्जरी विषय चयन गर्नुको श्रेय पनि उनी डा देवकोटालाई नै दिन्छन् । ‘बिरामीप्रतिको उहाँ (डा देवकोटा)को सेवा लोभलाग्दो थियो । त्यो मैले नजिकबाट नियाल्ने र उहाँसँग काम गर्ने अवसर पाएको छु,’ अतीत सम्झिँदै उनले भने ‘उहाँकै हौसला र उत्प्रेरणाले मलाई न्युरोसर्जन बनायो । अहिले उहाँ पदचाप पछ्याएर बिरामीलाई सकेको सेवा दिइराखेको छु ।’
यसरी भयो ‘मुलाकात’
पंकज कुनैबेला नेसनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एण्ड एलाइड साइन्सेसमा मेडिकल अफिसरको रुपमा काम गर्ने गर्थे । त्यहाँ डा देवकोटा पनि थिए ।
उनकै निरीक्षणमा डा पंकजले न्युरोसर्जरीको प्रशिक्षण गरेका हुन् । त्यहाँ डा देवकोटाले काम गरेको डा पंकजले राम्ररी नियाल्न पाए । यसबाट उनी प्रभावित भएका हुन् । पछि पंकजले बीएण्डबी हस्पिटल, ग्वार्काेबाट जनरल सर्जरीको प्रशिक्षण पूरा गरेका थिए ।
जन्मस्थान नै कर्मथलो, भारतीयलाई पनि दिन्छन् सेवा
अधिकांश चिकित्सक राजधानीकेन्द्रित भइरहेका बेला पंकज भने मोफसलमै रमाइरहेका छन् । विराटनगरमा जन्मिएका उनले त्यहीँको भूमिलाई कर्मथलो बनाएका छन् । उनले विराटनगर महानगरपालिका– ३ कञ्चनबारीमा आर्या न्युरो हस्पिटल खोलेका छन् । उनी त्यसका प्रबन्धक निर्देशक पनि हुन् ।
उनले आर्जन गरेको सीपले अहिले कोशी प्रदेश, मधेश प्रदेश र भारतका हजारौँ मानिसको जीवनलाई सहज बनाएको छ । पूर्वी पहाडका प्रायः सबै जिल्लाका बिरामीको गन्त्तव्य पनि अहिले आर्या नै बन्ने गरेको छ । पूर्वी नेपालका लागि न्युरो उपचार सेवाको भरपर्दाे विकल्प स्थापित भएको छ अहिले उनको अस्पताल । दैनिक औसत ३० देखि ५० जना बिरामीलाई सेवा दिँदै आएको उनी बताउँछन् ।
‘अस्पताललाई मन्दिर, आफूलाई त्यसको पुजारी र त्यहाँ आउने बिरामीहरूलाई देउता सम्झने गरेको छु,’ उनी भन्छन् ।
लगातार १६ घण्टाभन्दा बढी समय लगाएर बिरामीको शल्यक्रिया गरेको अनुभव पनि उनीसँग छ । जटिल खालका अप्रेसन गरेर बिरामीको होस् आउँदा आफूलाई सफलता मिलेको अनुभव हुने उनी बताउँछन् ।
...अनि खुल्यो मोफसलमा न्युरो अस्पताल
पहिला झापा, इलाम र नेपालगञ्जका बिरामी काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पताल जाने गरेका थिए । खासगरी टाउकोमा गहिरो चोट लागेर मस्तिष्कमा रगत जमेका बिरामी बाँसबारी जाने गर्थे । यस्ता बिरामीले चाँडै उपचार पाए बाच्न सक्ने धेरै सम्भावना हुने गर्छ । जति ढिलो अस्पताल लग्यो त्यति नै जोखिम हुने डा पंकज बताउँछन् । उनका अनुसार एकपटक झापामा दुर्घटना भएर एकजना बिरामी बाँसबारी लगेका थिए । तर त्यहाँ पुर्याउँदा ती बिरामीको ब्रेन डेथ भइसकेको थियो । ‘ढिलोगरी हस्पिटल लगेका कारणले ती बिरामीलाई हामीले बचाउन सकेनौँ, उनी भन्छन्, ‘ती बिरामीको झापामै उपचार गर्न सकेको भए बचाउन सकिने थियो ।’ इलामका एक बिरामीको अवस्था पनि त्यस्तै रहेको उनले सुनाए ।
यी दुई घटना आफूले नजिकबाट देखेपछि एकदिन डा देवकोटासँग एउटा अठोट गरेको उनी बताउँछन् । ‘मैले डा देवकोटालाई भने– सर अब म न्युरो सेवा मोफसलमा गएर बिस्तार गर्नेछु । मोफसलका बिरामीले समयमै उपचार नपाएर मृत्युवरण गर्न बाध्य भए,’ उनले पुरानो कुरा सम्झिए, ‘सरले पनि तिमी जाउँ आफ्नै ठाउँमा गएर सेवा गर्नु भन्नुभयो । त्यसपछि सन् २०१७ मा झापाको बिर्तामोडस्थित बीएण्डसी हस्पिटलमा हेड अफ डिपार्टमेन्ट भएर मैले काम गरेँ ।’
लगातार काम गरेपछि डा पंकज डेपुटी मेडिकल डाइरेक्टर भए । उनले सन् २०२० सम्म तीन वर्ष काम गरे । ‘यहाँ आएपछि थुप्रै बिरामीको जटिल प्रकारको उपचार गरेँ । उपचारका लागि भारत जाने बिरामीको संख्या केहीहदसम्म अन्त्य भयो,’ उनी भन्छन् ।
बिरामीको उपचार गर्ने क्रममा तीनवटा विषय समावेश हुने डा पंकजको अनुभव छ । जसमध्ये चिकित्सक, बिरामीका कुरुवा र व्यवस्थापन भएको उनको भनाइ छ । तर कितपय अवस्थामा व्यवस्थापनले साथ नदिँदा अफ्ठ्यारोमा परेको अनुभव पनि उनीसँग छ । ‘उपचार गर्न आएका बिरामीलाई मैलै बचाउनुपर्ने हुन्छ । बिरामीको अवस्था हेरेर तुरुन्त शल्यक्रिया गर्नुपर्ने हुन्छ । तर, कतिपय ठाउँमा व्यवस्थापनका कारण त्यो हुन सकेको थिएन । त्यो पीडा मैले भोगेँ,’ न्युरोसर्जरीको सेप्रेट डिपार्टमेन्टमा काम गर्ने क्रममा आफूले देखेका कुरा उनले सम्झिए ।
जबसम्म न्युरोसर्जरीका लागि मात्र उपचार हुने अस्पताल बन्दैन, तबसम्म सेवा चुस्त, दुरुस्त भएर समयमै उपचार गराउन नसक्ने अवस्था हुने डा पंकजको बुझाइ छ ।
न्युरोसर्जनको रुपमा विगतमा भोगेका यस्तै तीता अनुभवपछि उनले चिकित्सकसमेत रहेकी डा अर्चनासँग मोफसलमै न्युरोसम्बन्धी अस्पताल खोल्ने योजना सुनाए । उनै डा अर्चनाको उत्प्रेरणाले आफ्नै स्थानीय ठाउँ विराटनगरमा ३ वर्षअघि आर्या न्युरो हस्पिटलको जन्म भयो । पंकज र अर्चनाले आफ्नो छोरीको नामबाट अस्पतालको नाम आर्या राखेका हुन् ।
डा अर्चना पनि चिकित्सक नै हुन् । उनले पनि काममा डा पंकजलाई सघाइरहेकी छिन् । श्रीमान्–श्रीमती दुवै मिलेर बिरामीको सेवा गरिरहेका छन् ।
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
काठमाडौं — गोलभेंडाले खानाको स्वाद बढाइदिन्छ र यसमा स्वास्थ्य बढाउने तत्त्व पनि भरपूर हुन्छ । सूप, सलाद र अचारमा गोलभेंडा उपयुक्त हुन्छ अनि यसले छालाको चमक पनि बढाइदिन्छ । गोलभेंडामा भएको ...
नीममा रहेका गुणहरूले अनेकौं रोगको उपचार काम गर्छन् । यसका औषधीय गुणका कारण आयुर्वेदमा यसको प्रयोग हजारौं वर्षदेखि हुँदै आइरहेको छ । नीमलाई संस्कृतमा अरिष्ट भनिन्छ जसको अर्थ लाग्छ श्रेष्ठ, पूर्ण र कहिल्यै खराब नह...
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
तनहुँमा दैनिक डेंगु सङ्क्रमितको सङ्ख्या बढ्ने क्रम जारी छ । करिब दुई महिनाअघिदेखि फैलिएको डेंगु दैनिक फैलिँदै जाँदा अझै नियन्त्रणमा आउन सकेको छैन । मङ्गलवार मात्रै एक सय ८२ जना नयाँ डेंगु सङ्क्रमित थपिएक...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...