कात्तिक २०, २०८०
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
काठमाडाैं | असोज १०, २०८०
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालमा केन्द्रीय समिति तथा पदाधिकारी विस्तारप्रति असन्तुष्टि जनाउँदै पार्टी परित्याग गर्ने लहर चलेको छ ।
एकपछि अर्को गरी राजीनामा दिँदै नेता/कार्यकर्ताले पार्टी परित्याग गर्न थालेका छन् । यसले विस्फोटको स्थिति ल्याएको छ ।
जिल्ला समन्वय समिति महोत्तरीका पूर्व प्रमुख सुरेशप्रसाद सिंहले मंगलवार साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएर पार्टी परित्याग गरेका छन् ।
पार्टी परिवारवाद, चाप्लुसीवाद र उच्च वंशवादको चपेटामा परेको उनको विश्लेषण छ । पार्टीमा आबद्ध नेता,कार्यकर्ताद्वारा प्रजातान्त्रिक आन्दोलन, मधेश आन्दोलनलगायतका विभिन्न पहिचानवादी आन्दोलनमा निर्वाह गरिएको भूमिकालाई बेवास्ता गरिएको उनको निष्कर्ष छ ।
'लोसपा नेपालमा राजनीतिक व्यवस्थापन र विवेकमा गिरावट तथा विचलन आएको ठहर गर्दै आजकै मितिदेखि लोसपा नेपालको सम्पूर्ण पद, जिम्मेवारी र साधारण सदस्यताबाट समेत राजीनामा गर्दछु,' सिंहले सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन् ।
लोसपा अध्यक्ष ठाकुरले गरेको पदाधिकारी तथा केन्द्रीय समिति विस्तारमा सिंहलाई केन्द्रीय सदस्य बनाइएको छ । तर, पनि उनले असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेका हुन् । महोत्तरी- ३ बाट अध्यक्ष ठाकुरलाई निर्वाचित गराउनमा उनको ठूलो भूमिका थियो ।
६१ वर्षीय सिंह महोत्तरी जिल्लाका पुराना एवं अनुभवी राजनीतिज्ञ हुन् । जिल्लामै रहेका आफूभन्दा धेरै जुनियरहरूलाई उपाध्यक्ष, महासचिवसहित पदाधिकारी बनाइएका कारण उनले राजीनामा दिएका हुन् ।
'मैले नै राजनीतिमा ल्याएका, राजनीति गर्न सिकाएकाहरूलाई पदाधिकारी बनाइएको छ,' सिंहले लोकान्तरसँग भने, 'त्यसबाहेक सबै नेताहरूले आ-आफ्ना परिवार, वंश, नाता, आफन्तलाई नै पदाधिकारी बनाएपछि आत्मसम्मानमा चोट पुगेको छ । यति हुँदा पनि पार्टीभित्र बस्न नैतिकताले मानेन ।'
२०४२ सालमा नेपाली कांग्रेसका तत्कालीन नेताहरू महेन्द्रनारायण निधि, महेश्वरप्रसाद सिंह, वृषेशचन्द्र लाल, विमलेन्द्र निधिसँगै जेलमा बसेको स्मरण गर्दै उनले भने, 'राजेन्द्र महतो, अनिल झाहरू त त्यतिबेला राजनीतिमा पनि थिएनन् । सबै २०४६ सालपछि राजनीतिमा आएका हुन् । तर पनि उनीहरूलाई नेता मानेर लोसपामा थिएँ । तर, मेरो योगदानको त्यहाँ सम्मान हुन सकेन ।'
२०३८ सालमा नेपाल राष्ट्रिय विद्यार्थी फेडेरेसनबाट विद्यार्थी राजनीति गरेका उनी २०४२ सालमै जनकपुरस्थित रामस्वरूप रामसागर बहुमुखी क्याम्पसमा स्ववियु सभापतिमा चुनाव लडेका थिए ।
पछि राष्ट्रिय युवा फेडेरेसनको केन्द्रीय सदस्य हुँदै वामपन्थी आन्दोलनमा लागेका थिए । नेकपा मानन्धर समूहका नेता सीतानन्दन राय एमालेमा प्रवेश गर्दा उनी पनि सँगै एमालेमा लागेका थिए । पछि वामदेव गौतमसँगै मालेमा लागेका थिए ।
अखिल नेपाल किसान महासंघको अध्यक्षमा वामदेव गौतम रहेका बेला सिंहले गौतमको सचिवालयमै बसेर पनि काम गरेका थिए । पछि एमाले महोत्तरीको अध्यक्ष नै भएका थिए ।
२०७० सालको दोस्रो संविधानसभा चुनावमा उनी अनिल झाले नेतृत्व गरेको संघीय सद्भावना पार्टीबाट उम्मेदवारी दिएका थिए । त्यसयता उनी सद्भावना, राजपा, जसपा हुँदै लोसपामा आबद्ध थिए । २०७४ सालको स्थानीय तह निर्वाचनबाट उनी जिल्ला समन्वय समिति महोत्तरीको प्रमुख समेत भएका थिए ।
त्यसैगरी जिल्ला समन्वय समिति धनुषाका पूर्व उपप्रमुख दीपक झाले पनि पार्टी परित्याग गरेका छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा झा जिसस धनुषाको उपप्रमुखमा निर्वाचित भएका थिए ।
'लाखौं जनता, नेता तथा कार्यकर्ताको भावनासँग खेलबाड गरेको हेर्न मेरो नैतिकताले नदिने भएकाले आजैको मितिबाट पार्टीले कागजमा दिएको जिम्मेवारीसहित साधारण सदस्य समेतबाट राजीनामा गर्दछु,' झाले सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन् ।
अध्यक्ष महन्थ ठाकुरको परिक्रमा गर्नेहरूलाई मात्र अवसर दिइएको, पार्टीमा नेताहरू चरम परिवारवादमा फसेको उनले बताए । 'नेताहरू आफ्नो परिवार, नातागोतामै अल्झिएका छन् । ग्रासरूटमा काम गर्ने नेता तथा कार्यकर्ताको अवमूल्यन गरिएको छ,' झाले लोकान्तरसँग भने, 'अहिले पनि चुप लागेर बस्नुको साटो पार्टीबाट राजीनामा गर्नु नै सही लागेर पार्टी परित्याग गरेको हो ।'
अहिले शुरूआत मात्र भएको र आगामी दिनमा धेरैजसो नेता तथा कार्यकर्ताले राजीनामा गर्ने दाबी उनले गरे ।
केहीले तत्काल राजीनामा गरेका छन् भने धेरैजसो नेता तथा कार्यकर्ताहरू असन्तुष्ट देखिएका छन् ।
लोसपाकै वरिष्ठ नेता राजेन्द्र महतोका ज्वाइँ अनिलकुमार महासेठले पनि महासचिव पद अस्वीकार गरेका छन् । योग्य नेता तथा आन्दोलनकारीलाई नसमेटेको भन्दै उनले उक्त पद अस्वीकार गरेका हुन् ।
केन्द्रीय सदस्यमा मनोनयन गरिएका महोत्तरीका रमण पाण्डे पनि असन्तुष्ट देखिएका छन् । जहिले पनि हिन्दी भाषामै लेख्ने तथा बोल्ने गरेका पाण्डेले हिन्दीमै शायरी लेखेर आफ्नो असन्तुष्टि पोखेका छन् ।
'आज वो काबिज है जो कल्ह तक काबिल हि न था, हमारा हर्ताकर्ता वो बन बैठा है जो कभी मधेशवादके दौरमें शामिल ही न था,' पाण्डेले सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन् ।
हिजोसम्म योग्य नै नरहेकाहरू आज पार्टीको पदाधिकारीमा हावी भएको तथा मधेशवादको एजेन्डामै सामेल नरहेकाहरू हर्ताकर्ता बनेकोमा उनको असन्तुष्टि छ ।
पाण्डे स्वर्गीय गजेन्द्रनारायण सिंहले शुरू गरेको पहिचानवादी आन्दोलन तथा सद्भावना पार्टीसँग जोडिएका नेता हुन् ।
साविकमा महासचिव रहेका राजीव झालाई केन्द्रीय सदस्य समेत बनाइएको छैन । राजेन्द्र महतोले नेतृत्व गरेको सद्भावना पार्टीमा महासचिव रहेका झा राजपामा हुँदासम्म महासचिव नै थिए । धनुषा- ३ मा राजेन्द्र महतोलाई निर्वाचित गराउन पनि उनको ठूलो योगदान थियो । तर उनलाई अहिले केन्द्रीय सदस्य समेत बनाइएको छैन ।
निजी काम विशेषले अहिले भारतमा रहेका झाले पार्टी अध्यक्ष महन्थ ठाकुरप्रति असन्तुष्टि पोखेका छन् ।
'इन्जिन बिग्रेको गाडीको गन्तव्य हुँदैन, एक्सिडेन्ट हुने गाडीमा जानाजान चढ्नु हुँदैन,' झाले फेसबूकमा लेखेका छन् ।
त्यसैगरी विगतमा केन्द्रीय सदस्य रहेका धनुषाका अर्का प्रभावशाली युवा नेता राजेश चौधरी (राजु) पनि असन्तुष्ट देखिएका छन् । धनुषा- ३ मा राजेन्द्र महतोलाई जिताउन तथा २०७९ सालको चुनावमा अनिल झाको पक्षमा मत तान्न सक्रिय रहेका चौधरी अहिले असन्तुष्ट बनेका हुन् ।
पार्टी अध्यक्ष महन्थ ठाकुरको व्यक्तित्व ठूलो भए पनि संगठनात्मक क्षमता निकै कमजोर रहेको भन्दै उनले सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाएका छन् ।
नेतृत्वले क्षमता गुमाएको हो कि लोकलाज मरेको हो भन्ने उनको प्रश्न छ ।
यी त उदाहरण मात्र हुन् । लोसपाले परिवार, नातागोतालाई प्राथमिकतामा राखेका कारण मधेश प्रदेशका आठै जिल्लामा नेता तथा कार्यकर्ताहरू असन्तुष्ट देखिएका छन् ।
सप्तरीका एक लोसपा नेताले लोकान्तरसँग भने, 'एक त त्यसै पनि लोसपामा लागेका नेता तथा कार्यकर्ताहरूको भविष्य छैन । नयाँ-नयाँ पार्टीको उदय भइरहेको छ । छरितो पदाधिकारी बनाउनुको साटो परिवारलाई समेट्नकै लागि जम्बो टोली बनाएर नेतृत्वले जग हँसाई गरेको छ ।'
मधेशमा लोसपाको अस्तित्व नै संकटमा रहेका बेला पार्टीबाट बहिर्गमन गरी अन्य पार्टीमा जानका लागि पर्खिरहेकाहरूलाई पार्टी नेतृत्वले नै ढोका खोलिदिएको उनले बताए ।
'मधेश आन्दोलनमा लागेका आन्दोलनकारी योद्धाको सम्मान नै हुन सकेको छैन । जसपा, जनमतलगायत अन्य पार्टीमा जाने बाटो लोसपाले खोलिदिएको छ,' ती नेताले लोकान्तरसँग भने ।
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...