×

NIC ASIA

सरसर्ती २४ घण्टा

कोशीमा राप्रपातिर नजर, कांग्रेसबाट थापा नै मुख्यमन्त्रीको उम्मेदवार

काठमाडाैं | असोज २५, २०८०

Prabhu Bank
NTC
Premier Steels
Marvel

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँ झैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
बझाङमा फेरि भूकम्पको धक्का महसुस गरिएको छ । गएराति चैनपुर आसपास केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । मध्यराति १२ बजेर १२ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्पबाट भएको कुनै क्षतिको विवरण प्राप्त भएको छैन । 
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलकुदको विकासका लागि सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 
हालै चीनको हाङझाउमा आयोजित १९औँ एशियाली खेलकुद प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार साँझ आयोजित कार्यक्रममा बधाई ज्ञापन गर्दै प्रधानमन्त्रीले आगामी दिनमा अझ धेरै पदक र उत्कृष्ट खेल प्रदर्शन गर्नेगरी परिश्रम गर्न आग्रह गरे ।
००००
सरकारले इजरायलबाट स्वदेश फर्कन चाहने नेपालीको हवाई खर्च बेहोर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बुधवारको बैठकले नेपाल वायुसेवा निगमको चाटर्ड उडानबाट इजरायलमा रहेका नेपालीलाई स्वदेश ल्याउने निर्णय गरेको छ ।     
बैठकले परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदलाई चाटर्ड उडानबाट इजरायल पठाएर उद्धारलगायत अन्य कूटनीतिक कामको अनुगमन एवं समन्वय गर्ने अधिकार प्रत्यायोजन गरेको छ ।
००००
राष्ट्रिय मानव अधिकार आयोगले इजरायलमा भएको आक्रमणका कारण स्वदेश आउन चाहने नागरिकलाई फर्काउन आग्रह गरेको छ ।
००००
विद्युतीय चुरोट (भेप)मा हालेर सुन तस्करी गरेको आरोपमा चार जनाविरुद्ध बुधवार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । 
सङ्गठित अपराध, भन्सार छली र विश्वासघात गर्न नहुने कसुर गरेको आरोपमा मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख, सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले बताए ।
उक्त कसुर गरेको आरोपमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल, लोकेन्द्रकुमार पौडेल, दावा छिरिङ र निमा गुरुङविरुद्ध अभियोजन दर्ता भएको सहन्यायाधिवक्ता नेउपानेले बताए । गुरुङ हाल फरार छन् ।
००००
पटक–पटक सरकार गठनको प्रयास गरिए पनि गिजोलिँदै आएको कोशी प्रदेशको प्रदेशसभा बचाउन अब शुक्रवार साँझ ५ बजेसम्मको मात्रै समय बाँकी छ । 
नेकपा (एमाले) र नेपाली कांग्रेसले पटक–पटक कोशीमा बहुमतको सरकार गठनको प्रयास गरे पनि असफल भए । यसैले संविधानको धारा १६८ ९५० बमोजिम सरकार गठनका लागि दाबी पेश गर्न प्रदेश प्रमुख परशुराम खापुङले असोज २६ गते साँझ ५ बजेसम्मको समय दिएका हुन् ।
प्रदेश प्रमुखले दिएको ४ दिनको समय बितिसकेको छ । अब बुधवार र बिहीवारको प्रयासपछि शुक्रवार साँझसम्ममा दलहरूबाट बहुमत पुग्ने ‘ग्यारेन्टी’सहित प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीका लागि दाबी गर्नुपर्नेछ । कुनै सांसदले बहुमत पुग्ने निश्चित गरेर हस्ताक्षर नबुझाए कोशी प्रदेश मध्यावधि निर्वाचनतिर धकेलिनेछ ।
००००
कोशी प्रदेश सरकार गठनमा निर्णायक रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पदाधिकारीको बैठक बोलाएको छ । 
कोशी प्रदेशको सरकारमा दाबी गर्ने अन्तिम दिन बिहान शुक्रबार बस्ने गरी राप्रपाले पदाधिकारीको बैठक बोलाएको जानकारी प्रवक्ता मोहन श्रेष्ठले दिए । 
००००
यसैबीच नेपाली कांग्रेसबाट कोशीमा उद्धव थापा नै मुख्यमन्त्रीको उम्मेदवार हुने भएका छन् । यसअघि दुई पटक सम्म उनी नेतृत्वको सरकार नजोगिएपनि कांग्रेस सभापति शेरबहादुर देउवाले उनलाई नै गीन सिग्नल दिएका हुन् । कोशीमा सत्ता गठबन्धनमा कांग्रेसले नै नेतृत्व गर्ने समझदारी छ ।  
मुख्यमन्त्री आफूलाई बनाउन प्रस्ताव लिएर भेट गर्न पुगेका कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका सांसद भीम पराजुलीलाई सभापति देउवाले थापा नै मुख्यमन्त्री हुने स्पष्ट जवाफ दिइसकेका छन् ।  पराजुलीका अनुसार सो क्रममा देउवाले अहिलेको परिस्थितिमा दलका नेता नै मुख्यमन्त्री हो भनेका छन् भने अर्को विकल्प आउँदा पार्टीभित्र सल्लाह गर्ने बताएका थिए ।
‘सभापतिज्यू सँग मैले कोशी प्रदेशको विषयमा कुरा गरेँ । पार्टीभित्र फलानो, चिलानो भन्ने जुन आइरहेको छ नि, त्यो विषयमा पार्टीलाई मिलाएर जानुपर्छ भनेर मैले भनेँ । उहाँले मुख्यमन्त्री बन्दा संस्थागत रूपमा बन्छ । कांग्रेसबाट बन्ने भयो भने जो संसदीय दलको नेता छ, त्यही हुन्छ । अरू हुँदैन भन्नुभयो,’ पराजुलीले भने । कांग्रेसभित्र थापाबाहेकको विकल्प खोजिनुपर्ने समेत आवाज उठेको बेला देउवाले यस्तो बताएका हुन् । 
००००
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सन् २०२३ को सेप्टेम्बरसम्म डेंगुबाट सङ्क्रमित हुनेको सङ्ख्या ३८ हजार ६९ जना पुगेको जनाएको छ । 
मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोगनियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार हालसम्म ७६ जिल्लाका ३८ हजार ५९ जना डेंगुबाट सङ्क्रमित रहेको र २० जनाले ज्यान गुमाएका छन् ।
००००
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार ५ दशमलव १६ अङ्कले बढेर एक हजार आठ सय ९४ दशमलव ७६ बिन्दुमा कायम भएको छ ।
विभिन्न दुई सय ८६ कम्पनीका ३७ लाख ३३ हजार पाँच सय २४ कित्ता शेयर ५५ हजार एक सय ९७ पटक खरिदबिक्री हुँदा रू एक अर्ब आठ करोड ८५ लाख ४७ हजार नौ सय ८० बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
००००
नेपालीहरूको ठूलो चाड दशैं नजिकिँदै जाँदा सर्वसाधारण नागरिकहरू घर फर्किने तयारीमा छन् । तर, देशका मुख्य सडकहरू मर्मतका क्रममा रहेकाले यात्रुहरूले सास्ती व्यहोर्नुपर्ने भएको छ ।
मनसुन सकिएको लामो समय नभएकाले ग्रामीण सडकहरू मर्मतकै क्रममा छन् भने मुख्य राजमार्गहरूमा पनि मर्मत तथा स्तरोन्नतिको काम चलिरहेको छ ।


 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Rupse Holidays
Nabil box
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

x