×

NIC ASIA

खसीका थरीथरीका परिकार

खसी एक, परिकार अनेक : बन्छन् किमा कलेजोदेखि टिमुरे मटन बलसम्म

काठमाडाैं | असोज २७, २०८०

Prabhu Bank
NTC
Premier Steels

सन्तुलित भोजनका लागि मासु अनिवार्य नै मानिन्छ । दशैंमा खसीको मासुको महत्व अझ धेरै छ । यसको मासुमा प्रशस्त प्रोटिन पनि पाइन्छ । थरीथरी परिकार बनाएर परिवार र आफन्तका साथ खाने चलन छ ।

Muktinath Bank

धेरै बोसो भएको मोटो खालको खसी नरोज्दा उत्तम हुन्छ । पहाडी र हिमाली खसी–बोका दशैंका लागि उत्तम मानिन्छ । दाना खुवाएर पालेको भन्दा चरन गराएका खसी–बोका मासुका लागि स्वस्थ्यवर्द्धक र पोषिलो मात्र होइन स्वादिष्ठ पनि हुन्छन् । यदि तपाईँ पनि दशैंमा खसीको मासुका विभिन्न परिकार बनाउन पक्कै चाहनुहुन्छ होला ! खसीको मासुबाट घरमै यस्ता अनेक प्रकार बनाउन सकिन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

किमा कलेजो


Advertisment
Nabil box
Kumari

बनाउन आवश्यक सामग्री– खसीको किमा–२०० ग्राम, खसीको कलेजो–२०० ग्राम, मिर्गौला– १५० ग्राम, तोरीको तेल– ४० एमएल, प्याज– १ पिस, नुन– स्वाद अनुसार, मिक्स गरम मदलाको धुलो– १ चिया चम्चा, बेसार– आधा चम्चा, अदुवा लसुन कुटेको– २ चिया चम्चा, जिरा धनियाँ– १ चिया चम्चा, खुर्सानीको धुलो– आधा चिया चम्चा, काटेको गोलभँेडा–२ पिस, हरियो धनियाँ– सानो १ मुठा, शुद्ध घ्यू– १ चम्चा । 

Vianet communication

विधिः बाक्लो कराईमा तेल तताएर काटेको प्याज भुट्ने र अदुवा लसुन हालेर केही समयपछि खसीको किमा, सानो सानो पिसमा काटेको कलेजो र मिर्गौला हालेर मज्जाले भुट्ने । केही समय भुटेपछि सम्पूर्ण मसला हालेर पुनः भुट्ने । अब मसिनो गरी काटेको गोलभेँडा हालेर चलाउने । आवश्यकताअनुसार पानी हालेर हल्का फत्काउने र घ्यू र काटेको धनियाँ हालेर चिउरा या रोटीसँग पस्कने ।

रक्ती भुटुवा

सामग्रीः खसीको रक्ती–१ किलो, गेडा जिरा– १ चिया चम्चा, तोरीको तेल– आधा कप, काटेको अकबरे खुर्सानी– ३ पिस, नुन– स्वादअनुसार, काटेको बोसेआन्द्रा– ३०० ग्राम, पिसेको जिरा धनियाँ– ३ चिया चम्चा, अदुवा लसुन कुटेको– ३ चिया चम्चा, बेसार– १ चिया चम्चा, गरम मसला पाउडर– १ चिया चम्चा, काटेको हरियो धनियाँ– २ चिया चम्चा ।

विधिः रक्तिलाई हातले राम्ररी मुछेर सेतो र जमेको रातोलाई मिसाउने । बाक्लो कराईमा तेल तताएर जिरा फुराउने र काटेको अकबरे हाल्दिने । खस्रो गरी सिलौटोमा पिसेको अदुवा–लसुन हाली खैरो बनाउने र बाँकी सबै मसला हालेर काटेको बोसेआन्द्रा भुट्ने । केही समयपश्चात् रक्ति हाली भुटेर सुख्खा बनाउने र अन्त्यमा काटेको धनियाँ हालेर चिउरा या भुजासँग पस्कने ।

चपली कबाब

​सामग्रीः खसीको मासुको किमा–आधा किलो, मसिनो गरी काटेको प्याज–१ पिस, मसिनो गरी काटेको हरियो खुर्सानी–३ पिस, नुन– स्वादअनुसार, जिरा धनियाँको धुलो– १ चिया चम्चा, गरम मसलाको धुलो– आधा चिया चम्चा, अदुवा–लसुन पेस्ट– १ चिया चम्चा, तोरीको तेल– ३० एमएल, हरियो प्याज र धानियाँ काटेको–२ चिया चम्चा ।

विधिः किमामा सम्पूर्ण मसला हालेर १० मिनेटजति माड्ने र कम्तीमा ४५ मिनेट छोपेर राख्ने । अब साना–साना डल्ला बनाएर बाबरजस्तो फिँजाउने र बाक्लो तावा तताएर थोरै तेल हाली डाम्ने । १ साइड राम्ररी पाकेपछि स्पेचुलाको सहायताले फरकाएर अर्को साइड पनि डामेर पकाउने र तातो– तातो सर्भ गर्ने ।

रान

​सामग्रीः खसीको पिला–२ पिस, तोरीको तेल– १ कप, अदुवा–लसुनको पेस्ट– ४ चिया चम्चा, जिरा धनियाँ पाउडर– ३ चिया चम्चा, हङ्ग कर्ड– २ कप, गरम मसलाको धुलो– २ चिया चम्चा, नुन– स्वादअनुसार, खुर्सानीको धुलो– १ र आधा चम्चा, कागतीको रस– ३० एमएल, घ्यू– ३ चिया चम्चा, मसिनो गरी काटेको हरियो खुर्सानी– ३ पिस, काटेको हरियो धनियाँ– २ चम्चा ।

विधिः खसीको पिलालाई राम्ररी सफा गरेर चक्कुको सहायताले ठाउँ–ठाउँमा चिर्ने । नुन, कागती र हल्का मसला दलेर पहिलो मेरिनेसन गरी ३० मिनेट छोपेर छाडिदिने । अब दही र बाँकी मसला, तेल हालेर दोस्रो मेरिनेसन मसला तयार गर्ने । अब मसला दलेर खसीको खुट्टालाई मोल्ने र छोपेर ५ देखि ७ घण्टा या पूरै रात रेस्ट गराउने । अब एउटा बेकिङ्ग भाँडोमा हालेर सानो आँचमा ४५ मिनेटदेखि एक घण्टासम्म रोस्ट गर्ने । अब रोस्ट भएको मासुमा घ्यू तताएर माथिबाट बिस्तारै हाल्ने र कागतीको चिरा साइडमा राखेर सर्भ गर्ने ।

खसीको टिमुरे मटन बल

सामग्रीः खसीको मासुको किमा– आधा केजी, अदुवा–लसुनको पेस्ट– १ चिया चम्चा, मसिनो गरी काटेको प्याज– १ पिस, गरम मसलाको पाउडर– पिन्च, मसिनो गरी काटेको हरियो खुर्सानी– ३ पिस, मसिनो गरी काटेको पुदिना र धनियाँ– १–१ चम्चा, नुन– स्वादअनुसार, जिरा– धनियाँ पाउडर– एक र आधा चिया चम्चा, टिमुरको धुलो– पिन्च, तेल– तार्न आवश्यक पर्ने ।

विधिः दिएका सम्पूर्ण मसला हालेर किमालाई मज्जाले १० देखि १५ मिनट माड्ने र सा–सानो बल बनाएर एउटा ट्रे या प्लेटमा राख्ने । बाक्लो कराई या ताप्केमा तेल तताएर मध्यम आँचमा सबै बल फ्राइ गर्ने । खैरो कलर देखिन थालेपछि निकाल्ने र कुनै तिक्खर नेपाली चटनीका साथ पस्कने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

x