×

NMB BANK
NIC ASIA

कोशी सरकार गठनको अन्योल

कोशीमा शेखर पक्षको विद्रोहपछि नाटकीय मोड, अब क–कसको बन्छ सरकार ?

काठमाडाैं | असोज २७, २०८०

NTC
Premier Steels

कोशी प्रदेशमा नेपाली कांग्रेसका सांसद बाँडिएर मुख्यमन्त्रीमा दाबी गरेपछि के होला भन्ने अन्योल अब सरकार गठन कसरी होला भन्नेतिर सरेको छ ।

Muktinath Bank

सत्ता गठबन्धनबाट माओवादीका इन्द्रबहादुर आङ्बो तथा कांग्रेसका विद्रोही ८ र एमालेका ३९ सांसदको बलमा केदार कार्कीको उम्मेदवारी परेपछिको अन्योल हटेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्कीलाई मुख्यमन्त्री बनाउन परेको ४७ जनाको दाबीविरोधमा प्रदेश प्रमुखले सनाखत गर्दै कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेपछि एउटा तनाव पार लागेको छ ।


Advertisment
Nabil box
Kumari

तर एमालेको समर्थनमा कार्कीलाई मुख्यमन्त्री बनाएका डा. शेखर कोइरालाले केन्द्रमा गरेको अर्को नाटकीय सहमतिले पनि अब कोशीमा कसको सरकार बन्छ भन्ने अन्योल कायमै राखेको छ ।

Vianet communication

कोशीका कार्की मुख्यमन्त्री नियुक्त भएलगत्तै बालुवाटारमा तीन नेताबीच ‘हामी वर्तमान सत्ता गठबन्धनप्रति दृढ र स्पष्ट छौं, यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन दिने छैनौं ।’ एक बुँदे हस्तलिखित सहमति सार्वजनिक भएको छ । 

null

यसमा अब कार्कीले सरकार गठन गर्दा एमालेलाई समेट्छन् कि सत्ता गठबन्धन नै समेटिन्छ भन्ने प्रष्ट छैन ।

तर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोशीमा सत्ता गठबन्धनले नै निरन्तरता पाउने प्रष्टै बताएका छन् । ‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजी, म र शेखर कोइरालाको बीचमा आज बिहानैमात्रै समझदारी भएको छ । हामी गठबन्धन बलियो बनाउने कुरामा अझ दृढ र स्पष्ट भएका छौं । कुनै पनि हालतमा गठबन्धनलाई कमजोर हुन दिँदैनौं’ शनिवार प्रचण्डले चितवनको भरतपुर पुगेर सञ्चारकर्मीसँग भने, ‘हामीबीच गठबन्धनलाई कमजोर बनाउन नदिने समझदारी भएको छ । अहिले कार्कीजी मुख्यमन्त्री बन्नुभएको छ । उहाँ हामी सबैको मुख्यमन्त्री हो ।’

प्रक्रियामा केही समस्या र सकस देखिए पनि ल्याण्डिङलाई सेफल्याण्डिङ गरिएको जिकिर प्रचण्डले गरेका छन् । 

‘समस्या जसरी सोचिएको थियो तर हामीले ल्याण्डिङ हुँदाखेरि सेफल्याण्डिङ गरेका छौं’ प्रचण्डले भने, ‘सर्वदलीय सरकार असम्भव भन्ने त छैन, तर तत्काल सर्वपक्षीय बन्ने सम्भावना म चाहिँ देख्दिन । अहिले कोशीमा गठबन्धनकै सरकार बन्छ ।’

null

तीन नेताको सहमतिपछि डा. शेखरले सार्वजनिक रुपमा कुनै टिप्पणी गरेका छैनन् । तर प्रधानमन्त्रीको सचिवालयले थप खुलाएर कोशीमा सत्ता गठबन्धनले नै सरकार बनाउने सहमति भएको दाबी गरेको छ ।

‘सम्माननीय प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता शेखर कोइरालाबीच आज बिहान कोशी प्रदेशमा सरकार गठनका सम्बन्धमा देखिएको समस्या र केन्द्रमा सत्ता गठबन्धनलाई थप सुदृढ बनाउने सम्बन्धमा छलफल भएको छ’ ती नेताको सहमतिपछि प्रधानमन्त्रीको सचिवालयले भनेको छ, ‘छलफलमा कोशी प्रदेशमा सत्ता गठबन्धनकै सरकार सञ्चालन गर्न सहमति हुनुका साथै नेपाली कांग्रेस, माओवादी केन्द्रसहितका दलहरूको वर्तमान संयुक्त गठबन्धनप्रति थप दृढ र स्पष्ट रहेको प्रस्ट पार्दै यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन नदिने लिखित प्रतिबद्धता व्यक्त गरिएको छ ।’

मुख्यमन्त्री पनि अलमलमा

सकसपूर्ण परिस्थितिबीच कार्की कोशीमा मुख्यमन्त्री त बने । तर अब सरकारमा एमालेलाई समेट्ने वा गठबन्धनकै दललाई भन्नेमा उनीसँग पनि प्रष्ट चित्र नभएको उनको प्रतिक्रियाले देखाउँछ । 

‘अहिले त्यस्तो निर्णय नभएको र काम गर्दै जाँदा परिस्थिति अनुसार गर्ने’ भन्दै कुटनीतिक जवाफ दिएर उनले केन्द्रकै आदेश कुर्ने संकेत गरेका छन् ।

आइतवार दिउँसो २ बजे मुख्यमन्त्री कार्कीले शपथग्रहण गर्दैछन् ।

शपथग्रहणलगत्तै एमाले वा कांग्रेस कसलाई मन्त्रीमण्डलमा समेट्ने भन्ने अन्योल शनिवार साँझसम्म पनि नसुल्झिएको नेताहरू बताउँछन् ।

‘मुख्यमन्त्रीले शपथ लिएपछि एमालेका दुई सांसद मन्त्री बन्दैछन् भन्ने पनि सुनेका छौं’ कोशीका सांसद मानबहादुर लिम्बू भन्छन्, ‘तर कांग्रेसको केन्द्रको सहमति र कोशीमा संसदीय दलको नेता नहुँदाको अवस्थामा बरू कांग्रेसकै टुंगो लाग्न समय लाग्ने देखियो ।’

कांग्रेस संसदीय दलका नेता उद्धव थापाले शनिवार नै पदबाट राजीनामा दिएका थिए । 

एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले सरकारमा जान नभई प्रदेश मध्यावधिमा नजाओस् भन्नेमात्रै आफूहरूको चाहना भएको सन्तुलित जवाफ दिएका छन् । 

‘हामीले सरकारमा जानका लागि समर्थन गरेका होइनौं । मध्यावधिमा नजानका लागि गरेको प्रयत्न हो । गठबन्धनले सरकार चलाउँछ भने हामीलाई चाहिँदैन । हाम्रो चासो मध्यावधिमा जान नदिनु मात्रै हो ।’ भण्डारीले भने । 

कोशीमा शेखर समूहसँग मिलेर एमालेले कार्कीलाई मुख्यमन्त्री बनाए पनि बालुवाटारको थप सहमतिले भने एमालेलाई झस्काएको छ ।

आफूहरूले बोकेरै कार्कीलाई मुख्यमन्त्री बनाए पनि शेखरले गठबन्धन दायाँबायाँ नहुने बताएको र कोशीमा सत्ता गठबन्धनकै सरकार बनाउन सहमति गरेको हुन सक्ने भन्दै एमाले झस्किएको देखिन्छ । 

एमाले महासचिव शंकर पोखरेलले कोशीमा अझै सत्ता गठबन्धनले दाउपेच रच्न खोजेको आरोप लगाएका छन् । 

‘कोशीमा सत्ता गठबन्धन असफल भएपछि एउटा उदाहरण दिनुपर्छ भन्नेमा छौं । यद्यपि सत्ता गठबन्धन सरकार भत्काउने दाउपेचको  राजनीतिमा जान खोजेको छ’ उनले भने, ‘जसको जगमा सरकार निर्माण भएको छ उसैलाई भत्काउने प्रपञ्च शुरू भइसकेको छ । हामीले बनाएको मुख्यमन्त्री इमानदारितापूर्वक अगाडि बढेसम्म हामी साथ दिन्छौं ।’

कोशी एमालेमा हिक्मत कार्की र रेवती भण्डारी आइतवार एमालेका दुई सांसदलाई मन्त्री पठाउने दाबी गर्छन् ।

‘कांग्रेसको एक जना, एमालेको दुईदेखि तीन जना मन्त्री आइतवार नै हुने सम्भावना बढी छ । एमालेको तर्फबाट आइतवार बिहानसम्ममा मन्त्री बन्ने दुई जनाको नाम टुंगिन्छ’ भण्डारीले भने । 

कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले शनिवार बिहान भएको बालुवाटार सहमतिले कोशीमा कार्कीले विश्वासको मत पाउने र आवश्यक पर्दा सहमतिको सरकार बनाएर जान सक्ने परिस्थिति बनेको बताए । 

‘बिहानको सहमतिले विश्वासको मत कार्कीले पाउने र सरकार गठबन्धनको बन्ने देखाएको छ । तर एमाले प्रस्तावक भएपछि उहाँहरूलाई पनि समस्या छ । विभिन्न समस्या भएकोले सामाना गर्न सहमतिको सरकार बनाएर जान सकिन्छ’ विश्वकर्माले भने, ‘यस्तोमा गठबन्धनको नेतृत्वमा साझा सरकार बनाएर जाऊँ भन्दा कोही झुकेको र कोही हारेको जस्तो देखिँदैन । कोशीको संसदीय गठजोडले मागेको जस्तो देखिन्छ ।’ 

एउटा कठिन अवस्था आए पनि दुवै पक्ष तनावमा नपुगौं भनेर बालुवाटारमा तीन नेताबीच सहमति भएको विश्वकर्मा बताउँछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x