×

NIC ASIA

सरसर्ती २४ घण्टा

श्रीमान् वैदेशिक रोजगारीमा–श्रीमतीसहित चार जनाको ‘सामूहिक हत्या’

प्रहरीको विशेष टोली फिल्डमा

काठमाडाैं | कात्तिक ११, २०८०

Prabhu Bank
NTC
Premier Steels
Marvel

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
मुगुमा आमा र छोराछोरीसहित चार जनाको सामुहिक हत्या भएको आशंका गरिएको छ । यो घटनाको अनुसन्धानका लागि प्रहरीको विशेष टोली फिल्डमा खटाइएको छ । कर्णाली प्रदेश प्रहरीको विशेष टोली घटनास्थल छायानाथ रारा नगरपालिका–६ स्थित मन्दु गाउँमा पठाइएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भीम ढकालले जानकारी दिए । 

मन्दु गाउँमा शुक्रबार मृतास्थामा फेला पर्नेमा छायानाथ रारा–६ मन्दु गाउँकी २६ वर्षीया श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज, ९ वर्षीया छोरी अप्सरा र  आठ महिनाका छोरा रहर रहेका छन् । मृतकका श्रीमान वैदेशिक रोजगारीमा रहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रारम्भिक अनुसन्धानअनुसार मृतक श्रीदेवी छोराछोरीसहित यही कात्तिक ७ गते बिहान दसैँको टीका थाप्न सोही वडा स्थित कोटिल्ला माइत गएकी थिइन् । यही कात्तिक ८ गते बेलुका घर फर्केका उनीहरूको सोही राति हत्या भएको हुनसक्ने आशंका गरिएको छ । प्रहरीले रिसिइबीका कारण हत्या भएको हुन सक्ने भन्दै यसकेन्द्रित रहेर अनुसन्धान अघि बढाएको छ । 


Advertisment
Rupse Holidays
Nabil box

१० गते बिहान ढोकाको ताला फाडेर भित्र हेर्दा चारै जनाको हत्या भएको देखेका जनाइएको छ  । मृतकको शरीरको विभिन्न भागमा चोट देखिएको बताइएको छ । घटनापछि श्रीमान वैदेशिक रोजगारीबाट फर्किने तयारीमा छन् । 
००००
नेपालले  इजरायल र प्यालेस्टाइनको हमास समूहबीच जारी युद्ध अन्त्यको पक्षमा मतदान गरेको छ ।  मतदानपछि संयुक्त राष्ट्रसंघको महासभाले युद्ध रोक्ने प्रस्ताव पारित गरेको छ ।  प्रस्ताव पारित भएपछि शत्रुताको अन्त्य गर्दै तत्काल युद्धविरामको आह्वान गरिएको छ ।
००००
परराष्ट्र मन्त्रालयले गाजामा बन्धक रहेका दुई जनाको रिहाइ गरिनु सकारात्मक रहेको बताएको छ । मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा प्यालेस्टाइनी हमास समूहले बन्धक बनाएका दुई जनाको रिहाइ गरिनु सकारात्मक घटना भएको उल्लेख छ ।

Vianet communication

यस्तै मन्त्रालयले नेपाली नागरिक विपिन जोशी ७ अक्टोबरदेखि दक्षिणी इजरायलमा भएको आक्रमणको दिनदेखि बेपत्ता भएको र उनको अवस्था अझै अज्ञात रहेको उल्लेख गरेको छ ।  मन्त्रालयले  जोशी र अन्य निर्दोष बेपत्ता नागरिकहरूको सुरक्षाका लागि आह्वान समेत गरेको छ ।
००००
कास्कीको माछापुच्छ्रे गाउँपालिकाभित्रका पदमार्गमा जाने पर्यटकले शुल्क तिर्नुपर्ने भएको छ । माछापुच्छ्रे गाउँपालिकाले पदमार्गमा पूर्वाधार निर्माण र व्यवस्थापनका लागि पर्यटकसँग शुल्क लिने निर्णय गरेको हो । गाउँसभाको निर्णयअनुसार आन्तरिक र बाह्य पर्यटकका लागि छुट्टाछुट्टै शुल्क लिइने प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले जानकारी दिए ।
००००
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कानुन तर्जुमा गर्दा आधार लिने गरी मापदण्ड, कार्यविधि वा निर्देशिका बनाउने सम्बन्धमा सुझाव दिन समिति गठन गरेको छ । मन्त्रालयका सहसचिव नेत्रप्रसाद सुवेदीको संयोजकत्वमा शुक्रबार समिति गठन गरिएको हो ।
००००
परराष्ट्रमन्त्री नारायणप्रकाश साउद संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणका लागि यही कात्तिक १२ गते त्यसतर्फ  प्रस्थान गर्ने भएका छन् । भ्रमणका क्रममा उनले कात्तिक १३ गते वाशिङ्टन डिसीमा अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।
००००
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको औपचारिक भ्रमण गर्ने भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निमन्त्रणामा उनी आउन लागेका हुन् । उनले यही कात्तिक १२ देखि १५ गते सम्म नेपालको औपचारिक भ्रमण गर्नेछन् ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा शुक्रवार दिउँसो भेटवार्ता भएको हो ।

दुई नेताबीच समसामयिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो ।
००००
राष्ट्रियसभाको बैठक कात्तिक १४ गते बस्ने भएको छ । 

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रियसभाको अर्को बैठक उक्त दिन र समयमा बस्ने गरी निर्धारण गरेका राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालद्वारा आज जारी सूचनामा उल्लेख छ ।
००००
त्रिदेशीय टी–२० श्रृंखलामा नेपाल पराजित भएको छ । यूएईलाई १६३ रनको लक्ष्य दिएको नेपाल ४ विकेटले पराजित भएको हो ।
००००
नेपाली सनोका प्रधान सेनापति प्रभुराम शर्मा ३ दिने भ्रमणका लागि चीन प्रस्थान गरेका छन् ।
१०औं बेइजिङ सियाङशन फोरममा सहभागिताका लागि प्रधान सेनापति शर्मा शुक्रवार त्यसतर्फ प्रस्थान गरेका हुन् ।
००००
नेकपा एमालेको चियापान कार्यक्रम एक दिन पछि सरेको छ । एमालेले दशैं, तिहार, छठलगायत पर्वहरूको अवसरमा कात्तिक १४ गते शुभकामना तथा आदानप्रदान तथा चियापान कार्यक्रम राखेको थियो ।

उक्त कार्यक्रम संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको कार्यतालिकालाई मध्यनजर गर्दे कात्तिक १५ गते आयोजना गर्ने निर्णय भएको कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए । यस्तै कांग्रेसले भने शनिबार चियापन कार्यक्रम राखेको छ। 


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

x