×

फेरि अर्को भूकम्प

डोटीको भन्दा सानो भूकम्प जाँदा पनि जाजरकोटमा किन धेरै भयो मानवीय क्षति ?

काठमाडाैं | कात्तिक १८, २०८०

२०७२ वैशाख १२ मा गोरखा बारपाकपछि शुक्रवार राति जाजरकोटलाई केन्द्र बनाएर अर्को ठूलो मानवीय क्षति पु¥याउने भूकम्प गएको छ । ७२ सालको विनाशकारी भूकम्पमा परी ९ हजारभन्दा बढीले ज्यान गुमाएका थिए । 

Laxmi Bank

विनाशकारी भूकम्पपछि सयौंको संख्यामा साना भूकम्प गएका थिए । तर ठूलो मानवीय क्षति पु¥याउने गरी जाजरकोट बारेकोट गाउँपालिका–१  रामीडाँडालाई केन्द्र बनाएर शुक्रवार राति ६.४ रेक्टरस्केलको भूकम्प गएको हो । 


Advertisment

भूकम्पले जाजरकोट र रुकुम पश्चिमा गरी १५७ को ज्यान गएको छ । जाजरकोटमा १०५ र रुकुम पश्चिममा ५२ जनाले ज्यान  गुमाएका हुन् । कम्तीमा ३७५ जना घाइते भएका छन् । जाजरकोट सदरमुकाम खलंगाका दर्जनौं घर क्षति विक्षत भएका छन् ।


Advertisment

७२ सालको भूकम्प शनिवार दिउसो ११ बजेर ५६ मिनेटमा गएको थियो । बिदा र दिउँसोको समय हुँदा ठूलो भूकम्प गए कम मानवीय क्षति भएको थियो । तर जाजरकोटमा शुक्रवार मानिसहरू मस्त निद्रामा रहेका बेला भूकम्प आयो । यस्तोमा यसपटक तुलनात्मक रुपमा सानो भूकम्प भए पनि मानवीय क्षति धेरै भएको छ । 

ढुंगा र माटोले बनेका अधिकांश घर भत्किएका छन् । ओछ्यानमा सुतेकै समयमा भूकम्प गएपछि मध्यराति मानिसहरू घरबाटसमेत बाहिर निस्किन सकेनन् । थोरैले मात्रै घरबाट निस्किएर ज्यान जोगाएका छन् । यो भूकम्पलगत्तै राति तीनवटा र बिहान र दिउँसो गरी पाँचवटा पराकम्प गए । यी सबै पराकम्प ४.६ मुनिका छन् ।

गतवर्ष कात्तिक २२ गते डोटीलाई केन्द्रविन्दु बनाएर ६.६ रेक्टरस्केलको भूकम्प गएको थियो । बिहान २ बजेर १२ मिनेटमा सो भूकम्प गएको थियो । सो भूकम्पमा परी डोटीमा ६ जनाको मृत्यु भएको थियो । गत असोज १७ गते बझाङलाई केन्द्र बनाएर ६.३ रेक्टरस्केलको भूकम्प गएको थियो । जसमा बाजुरा र बझाङमा एक–एक जनाको मृत्यु भएको थियो । तर गत वर्ष डोटीमा गएको भन्दा सानो भूकम्प जाँदा पनि जाजरकोट भूकम्पमा बढी मानवीय र भौतिक क्षति भएको छ । 

मुख्यगरी ढुंगा–माटोले बनेका कच्ची घर र राति मानिसहरू सुतेको समय हुनाले धेरै भौतिक र मानवीय क्षति भएको बताइएको छ । 

खानी तथा भूगर्व विभागका भूकम्पविद् मुकुन्द भट्टराई भौगोलिक विकटता, भिरालो जमिन, कमजोर संरचना, जनचेतनाको कमीका बीच राति भूकम्प जाँदा धेरै मानवीय क्षति भएको बताउँछन् । 

‘हाम्रो पश्चिम क्षेत्र मात्रै होइन सिंगो हिमालय नै भूकम्पको जोखिममा छ । पश्चिम नेपालमा त एक वर्षयता एकपछि अर्को भूकम्प निरन्तर गएका छन्,’  भट्टाई भन्छन्, ‘यसरी भूकम्प गइरहँदा अलि बढी सचेत हुनुपर्ने यो भएन । अझ भौगोलिक विकटता, भिरालो जमिन, कमजोर संरचना भएको ठाउँमा राति भूकम्प जाँदा मानवीय क्षति धेरै हुन पुग्यो ।’ 

७२ सालमा दिउँसो भूकम्प जाँदा तुलनात्मक रुपमा कम मानवीय क्षति भएको उनी बताउँछन् । 

‘७२ सालको भूकम्प ठूलो हो तर दिउँसोको समयमा गएकाले धेरै घर भत्किए पनि तुलनात्मक रुपमा कम मानवीय क्षति भएको मान्नुपर्छ । तर जाजरकोटमा राति सुतेको समयमा भूकम्प जाँदा मानिसहरू घरबाट बाहिर निस्किन पाएनन,’ उनी भन्छन्, ‘अर्कोतिर रातिको समयमा बत्ति, बाटो, सञ्चार नै विच्छेद हुँदा समयमा उद्दार हुन पाएन र घाइते धेरैको मृत्यु भयो ।’

१२ बजेको भूकम्पपछि मध्यरातिसम्म तीनवटा ठूला पराकम्प आएको र शनिबार दिउसोसम्म १७० साना पराकम्प आएको उनी बताउँछन् । बस्तीबाट नजिकको केन्द्रविन्दु हुँदा पनि यसपटक मानवीय र भौतिक क्षति बढी भएको उनको भनाइ छ । 

हिमालय क्षेत्र सधैं जोखिममा सचेत हुनुपर्छ 

भूकम्पविद् भट्टराई नेपालको ८ सय किलोमिटरको हिमालय क्षेत्र सधैं भूकम्पको जोखिमा रहेको बताउँछन् ।

अफगानिस्तानेदेखि म्यानमारसम्मको २४ सय किलोमिटरमध्ये नेपालको ८ सय किलोमिटर क्षेत्र सधैं भूकम्पको जोखिम क्षेत्र हो,’ उनी भन्छन्, ‘हामीले ठूला साना भूकम्पले सचेत हुन पटकपटक सन्देश दिइरहेको छ । पोहोर डोटीमा र यसपटक बझाङमा जाँदा पनि हामीले पूर्वतयारी गर्न सकेका छैनौं । सधैं जोखिममा भएकोले बलिया र भूकम्पप्रतिरोधी घर नै भूकम्पलाई जित्ने आधार हुन् ।’

भूकम्प गइसकेपछि मात्रै सरकार जाग्ने भन्दै सचेतना र सुरक्षित बस्ती निर्माणमा राज्यले समयमै प्रभावकारी अग्रसरता लिनुपर्ने उनी बताउँछन् । नभए जोखिम क्षेत्रमा जतिखेर पनि ठूलो भूकम्प जाँदा झन् ठूलो मानवीय र भौतिक क्षति बेहोर्नुपर्ने उनको भनाइ छ । 

‘हाम्रो स्थानीय तहदेखि केन्द्रीय सत्तासम्म घटना भएपछि मात्रै जाग्छ तर बलिया र सुरक्षित घर बस्ती बनाउने अभियान भूकम्प नजाँदै चाल्नुपर्छ,’ उनी भन्छन्, ‘यस्तो नहुँदा जतिखेर हामी ठूलो मानवीय र भौतिक क्षतिको त्रासमा बसिरहनुपर्ने हुन्छ ।’

जेठ ५, २०८१

काठमाडौं गोदावरीकी लक्ष्मी (नाम परिवर्तन) राहत शिक्षकको कोटामा सिन्धुपाल्चोकस्थित एक सरकारी विद्यालय पढाउन पुगिन् । उनले ‘होम ट्युसन’ पनि पढाउँथिन् । कक्षा १० मा पढिरहेका राजु (नाम परिवर्तन)&nb...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २१, २०८०

भैरहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ को बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आ...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्व

जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्व

कात्तिक २१, २०८१

 धर्मेन्द्र झा  ‘नहाए–खाए’ सँगै यस वर्षको महापर्व छठ मङ्गलबार सुरु भइसकेको छ । बुधबार साँझ खरनासँगै परिवारकी मुख्य महिला र अन्य श्रद्धालुले व्रतसँगै पूजा गर्ने प्र...

'इतिहासका पाना पल्टाउन ढिला नगरौं, नत्र अरू कसैले हामीलाई नै पल्टाउने छ'

'इतिहासका पाना पल्टाउन ढिला नगरौं, नत्र अरू कसैले हामीलाई नै पल्टाउने छ'

कात्तिक २०, २०८१

३०३६ सालको जनमत संग्रह घोषणाको तिथिसम्म नेपाली राजनीतिमा दुई धुरी मात्र थिए, निर्दलीय पञ्चायत र कांग्रेस । अरू दलहरू सैद्धान्तिक रूपमा मात्र उपस्थित थिए, शक्तिको रूपमा होइन । विस्तारै उनीहरू फैलँदै थिए । तत्काल...

सोरठीको रहस्य– ‘बाबैजीले दियाको गहना लाउँछु, सिन्दुर लाउँदिनँ’

सोरठीको रहस्य– ‘बाबैजीले दियाको गहना लाउँछु, सिन्दुर लाउँदिनँ’

कात्तिक १६, २०८१

गण्डकी प्रदेशले चर्चेको भूगोल वरपर पर्ने झुम्म परेका गाउँ/बस्ती पँहेलपुर छन् । पछिल्ला दिनमा लाहुरेहरू भरिया लिएर गाउँ जाने परम्परा लोप हुँदै गएको छ, बस्ती सरेका कारण । दमाई समुदायले बजाउने एकनासे एकोहोरो बा...

x