×

NMB BANK
NIC ASIA

राहतमा राजनीति

ग्राउण्ड जिरो: राहत वितरणमा राजनीति- आफ्नालाई नेताले रातिराति बाँड्छन्, भोकभोकै सुत्छन् सुत्केरी

जाजरकोट | कात्तिक २१, २०८०

NTC
Premier Steels

जाजरकोटको भेरी नगरपालिका-४ कि गौरी बिकको घर भूकम्पले भत्कायो । भएका केही आफन्त गुमे । चार दिनकी सुत्करी उनी अहिले त्रिपालमा बसेकी छिन् । स्याहारसुसार गर्ने कोही छैन । 

Muktinath Bank

गएराति उनी भोकै सुतिन् । 'खाना पकाउने कोही भएन । किन्नलाई होटेलमा पनि पाइएन,' लोकान्तरसँग उनले भनिन्, 'केही नपाएपछि भोको बस्नुको विकल्प रहेन । एक रात भोकै काटियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

null


Advertisment
Nabil box
Kumari

उसो त उनी भोको बसेको यो पहिलो रात होइन । भूकम्पपछि उनले राम्ररी खान पाएकी छैनन् । चाउचाउ र चिउराकै भरमा पनि उनले रात गुजारेकी छन् । भूकम्प गएको रात उनले खुला आकासमै बिताएकी थिइन् । 

Vianet communication

सुत्केरी अवस्थामा आमाको लागि विशेष स्यहारसुसार जरुरी हुन्छ । सुत्केरी महिलाको लागि पर्याप्त आरम एवं पोषिलो खानपान जरुरी हुन्छ । तर, भूकम्पले घरजान गुमाएकी गौरीलाई ज्यान बचाउनै मुस्किल छ । 

मंगलबार बिहानै उनी समोसा खाँदै गरेकी भेटिइन् । 'हिजोदेखि केही खाएकी थिइनँ,' उनले भनिन्, 'अहिले समोसा पाएँ । यही खाँदैछु ।'

null

सुत्केरी अवस्थामा भोकै बस्नुपर्ने अवस्था गौरी एक्लैको भने होइन । सोही ठाउँकी विमला तिरुवाको अवस्था पनि उस्तै छ । ८ दिनकी सुत्केरी उनले पनि हिजो राति केही खान पाइनन् । त्रिपालमुनि बसेकी उनी मंगलबार बिहान खानाको खोजीमा थिइन् । 'हिजो केही खान पाइएन,' मंगलबार खाना खोज्दै हिँडेकी उनले सुनाइन्, 'अब अहिले त केही पाइन्छ कि खोज्दैछु ।'

null

भूकम्प गएको चौथो दिनसम्म पनि सबै पीडितले राहत पाएका छैनन् । राहत वितरणमा राजनीति हुँदा सबैले  पाउन नसकेको पीडितको आरोप छ । राजनीतिक दलका नेताहरूले रातिराति आफ्ना आफन्त र कार्यकर्तालाई राहत बाँड्ने गरेको उनीहरूको गुनासो छ ।

सबै पीडितले राहत नपाउँदा सुत्केरीलगायत वृद्धवृद्धाको बिचल्ली भएको स्थानीय प्रकाशचन्द्र गौतमले बताए । 'राहत वितरणमा राजनीति भयो । दलका नेताहरूले राति आफ्नालाई राहत बाँड्छन् । अरुलाई दिँदैनन्,' लोकान्तरसँग उनले भने, 'हिजो राति १२ पनि केही नेताहरूले राहत बाँडेको सुनेका छौं । पीडितले पाएका छैनन् ।  सुत्केरीलगायतलाई समस्या भएको छ ।'

null

यस्तै जिल्ला बाहिर घर भएका पीडितलाई पनि राहत पाउन समस्या भएको छ । सम्बन्धित वडाले स्थानीयलाई मात्रै प्राथमिकता दिँदा उनीहरूले राहत नपाएको गुनासो गरेका हुन् ।

शक्रबार जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी दुई जिल्लाका १५३ जनाको ज्यान गएको छ भने दुई सय बढी घाइते भएका छन् । 

null

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x