×

NIC ASIA

संघीयतामा अधिकार बाँडफाँटको सकस

केन्द्रसँग प्रदेश सरकारको खटपट - मुख्यमन्त्री कोही ज्ञापनपत्र बुझाउँदै, कोही धर्नामा बस्दै !

काठमाडाैं | कात्तिक २४, २०८०

Prabhu Bank
NTC
प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै मधेशका मुख्यमन्त्री यादव र गोलो घेराभित्र कोशीका मुख्यमन्त्री कार्की
Premier Steels

मुलुक संघीयतामा गए पनि जिल्लाका सीडीओ र कर्मचारी खटाउन आफूहरूले नपाउने भएपछि प्रदेशका मुख्यमन्त्रीहरू सधैं जसो केन्द्रसँग असहमत हुँदै आएका छन् । यसैले बिहीवार प्रहरी समायोजन ऐन, संघीयता निजामती ऐन कार्यान्वयनसहितका ६ बुँदे माग राख्दै मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रधानमन्त्रीलाई ज्ञापनपत्र नै बुझाए ।

Muktinath Bank

यसरी ज्ञापनपत्र बुझाउनेमा मुख्यमन्त्री र उनका मन्त्रीमात्र थिएनन् । नेकपा एमाले संसदीय दलका नेता, प्रदेशका कांग्रेस मन्त्री, माओवादी, लोसपा, जनमतसहितका पार्टीका नेता थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तै, सार्वजनिक जग्गा, गुठीको जग्गा, राजस्वमा प्रदेशलाई अधिकार र अभियोजनबारे प्रदेशलाई अधिकारसहितका विषयमा संयुक्त रुपमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।


Advertisment
Nabil box
Kumari

यी बुँदाहरू कार्यान्वयन नभए ३० दिनपछि संघर्षका कार्यक्रम सार्वजनिक गर्ने चेतावनीसमेत उनीहरूले दिएका छन् ।​​​

Vianet communication

मधेसमात्रै होइन कोशीका मुख्यमन्त्री केदार कार्कीले पनि प्रदेशको अधिकारको लागि सिंहदरबारमा नै धर्ना बस्नेसम्मको चेतावनी दिए । प्रदेशसभाको बैठकमा प्रश्नोत्तर कार्यक्रममा उनले प्रदेशमा अधिकार ल्याउन आफैंले सिंहदरबारमा धर्ना दिने चेतावनी दिएका हुन् । 

‘नेपालको संविधानअनुसार प्रदेशलाई दिने अधिकार प्रदेशमा ल्याउनका लागि अघिल्लोपटक मैले संघीय सरकारलाई मुद्दा हाल्ने कि भनेको थिएँ । तर त्यति बेला म दोस्रो बरियतामा थिएँ । अहिले म पहिलो दर्जामा पुगेको छु,’ उनले भने, ‘संघीय सरकारले कब्जा गरेका अधिकार ल्याउनका लागि मुद्दा हाल्न पनि सक्छौं ।  संविधानले दिएको प्रदेशको अधिकार प्रदेशमै ल्याउनका लागि सिंहदरबार मै धर्ना दिन पनि सकिन्छ । छिटै आएन भने र उहाँहरूले तदारुकता देखाउनु भएन भने सिंहदरबारमा म आफैं मुख्यमन्त्रीको हैसियतमा धर्ना दिन्छु र प्रदेशको अधिकार छिटै ल्याउन लाग्छु । म सम्मानित सभासँग अनुमति पनि माग्छु ।’

कोशी प्रदेशसभा बैठकमा जवाफ दिँदै मुख्यन्त्री कार्की

यतिमात्रै होइन लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष पाण्डेले पनि केन्द्रले अधिकार नदिएकोमा शुक्रवार नै रोष प्रकट गरेका छन् ।

मुलुक संघीयतामा गए पनि कर्मचारीको सरुवा गर्न र प्रदेशको कमाण्डमा सीडीओ चलाउन नसक्ने नियतिमा प्रदेश सरकार छन् । 

हरेक प्रधानमन्त्रीसँग प्रायः सबै जसो प्रदेश नेतृत्व र मन्त्रीले असन्तुष्टि देखाउँदै आएका छन् । अधिकार पाएनौं भनेर निर्णायक दबाब दिन भने उनीहरू चुकेका छन् ।

कहिले शंकर पोखरेल त कहिले पृथ्वी सुब्बा गुरुङ मात्रै होइन लालबाबु राउतदेखि अहिलेका सरोजकुमार यादव​सम्मले प्रदेशले पाउनुपर्ने न्यूनतम् अधिकारबारे पटक-पटक ध्यानाकर्षण गराउँदै आएका छन् ।

तर २०७४ र २०८० को चुनावपछि मुख्यमन्त्रीले उठाउने माग समान प्रकृतिका छन् । मधेशको मात्रै होइन सबै प्रदेशले कर्मचारी र प्रहरी परिचालन गर्न नपाएको विषय साझा छन् ।  

आफूहरूले अधिकार नपाएको भन्दै हरेकजसो प्रदेश नेतृत्वकर्ता दबाब बढाउन खोज जस्तो गरेका छन् । तर कहिल्यै टुंगोमा पुर्‍याउने गरी दबाब सिर्जना गर्न सकेका छैनन् ।

क्षेत्रीय पार्टीको राम्रो प्रभाव रहेको मधेशबाहेकका प्रदेशका सरकारले केन्द्रमा दबाब बढाउन सकेका छैनन् । केन्द्र र प्रदेशमा एउटै दलको सरकार हुँदा पनि अधिकार नपाउँदा प्रदेश सरकारले नैतिक हिसाबले अधिकारको कुरा उठाएर दबाब बढाउन सकेका छैनन् ।

राजनीतिक विश्लेषक मुमाराम खनाल धेरै भएको भएको र कार्यकारी स्थानीय तहबीचको संघीय संरचना कम्युनिस्ट नेताको कारण बढी विवादमा परेको बताउँछन् ।

‘कम्युनिस्ट पार्टीको सत्ता हुँदा संघीयताले झन् फस्टाउने मौका पाएको छैन । कांग्रेस बरु केही उदार देखिन्छ । तर केपी शर्मा ओली प्रधानमन्त्री हुँदा प्रदेश केन्द्रले जे भन्यो त्यही अवस्थामा थियो । यही तरिकाले जाने हो भने व्यवस्थापप्रति वितृष्णा झन् बढ्छ’ खनाल भन्छन्, ‘बीचमा संघलाई बलियो बनाउन जिल्ला खारेज गर्नुपर्ने हुन्छ । तर आफ्नो अधिकार कटौती गरेर केन्द्रले प्रदेशलाई बलियो हुन दिएकै छैन । नेताको कारण संघीयताले बदनामी मात्रै बेहोरिरहेको छ ।’

प्रदेशका नाममा राज्यको अरबौं रकम खर्च भएको छ । तर केन्द्र र स्थानीयको बीचमा प्रदेश एकातिर गुमनाम छ । अर्कोतिर अधिकार नपाएको चपेटामा आफैं छ । जसले संघीयताविरोधीलाई नै बल पुर्‍याएको छ ।​

मधेश बाहेक अन्य ठाउँमा क्षेत्रीय दल नहुँदाको फाइदा पनि दलले उठाएको उनी बताउँछन् । ‘क्षेत्रीय दल अन्य ठाउँमा छैन यसैले दबाब पनि छैन । बरु केन्द्रीय गठबन्धन र प्रभावले लगाम लगाएका छन् । तर संघीयताको प्रावधानमा दबाब बढाउने मधेसी दलहरूले कम्तीमा अधिकारका लागि दबाब र नैतिक हिसाबले प्रतिबद्ध भएको देखाएका छन्’ उनी भन्छन्, ‘तर अन्यत्र दलका नेताले नेता र कार्यकर्ता व्यवस्थापनको लागि प्रदेशलाई अधिकार नदिइ खर्च बढाउने र संघीयतालाई बदनाम बनाएका छन् । अधिकारविहीन र महंगो बनाएका छन् । नेताको भरौटेलाई जागिर खुवाउनकै लागि केही नेतालाई व्यक्तिगत खपतका लागि संघीयता भनिरहेका छन् । यसले न देशको हित हुन्छ न संघीयता बदनाम हुनबाट रोकिन्छ ।’ देशको हित हुँदैन ।’

यसै दबाबस्वरुप केन्द्रीय सत्ताका प्रधानमन्त्रीलाई यादवले सिंहदरबारमा पुगेर ध्यानाकर्षण पत्र बुझाएका हुन् । 

अहिले प्रदेशमा पनि गठबन्धनकै सरकार छ । तर प्रदेश सरकारले संविधानको एकल सूचीमा परेको विषयका अधिकारलाई पनि प्रयोग गर्न नपाउने स्थिति छ । भन्नलाई प्रदेश सरकार भनिएको तर निजामती कर्मचारी र प्रहरी चलाउन सक्दैन भने त्यो कसरी सरकार हुन्छ ?’ उनी प्रश्न गर्छन्, ‘अपराध बढेको छ तर प्रहरी समायोजन ऐन संघीय संसदबाट पारित भए पनि प्रदेशले अधिकार पाउने गरी केन्द्रीय सरकारले बाटो खुलाएको छैन । प्रदेशका गृहमन्त्री छन् तर हातमा अधिकार छैन । के हतियार लिएर सुरक्षा दिने ?’

उनीहरूले नयाँ माग नगरेको र संविधानले व्यवस्था गरेका अधिकार पनि प्रयोग गर्न नपाएको उनीहरूको गुनासो छ ।

‘संविधान निर्माण भएको आठ वर्ष बितिसक्दा पनि प्रदेश सरकारले संविधानको एकल सूचीमा परेको विषयमा आफ्नो अधिकार प्रयोग गर्न नपाएको कारणले प्रदेशको शान्ति सुरक्षा, सुशासन र प्रशासनमा प्रदेशको एकल अधिकार सूची लगायतका विषयहरू कार्यान्वयनमा समस्या उत्पन्न भएको व्यहोरा सम्माननीय प्रधानमन्त्रीज्यूलाई विदित नै छ’ यादवले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।​

मधेश प्रदेशमा मन्त्री भइसकेका कांग्रेसका रामसरोज यादव कर्मचारी र प्रहरी प्रशासन चलाउन नपाउने सरकार सरकारजस्तो नहुने बताउँछन् ।

‘अहिले प्रदेशमा पनि गठबन्धनकै सरकार छ । तर प्रदेश सरकारले संविधानको एकल सूचीमा परेको विषयका अधिकारलाई पनि प्रयोग गर्न नपाउने स्थिति छ । भन्नलाई प्रदेश सरकार भनिएको तर निजामती कर्मचारी र प्रहरी चलाउन सक्दैन भने त्यो कसरी सरकार हुन्छ ?’ उनी प्रश्न गर्छन्, ‘अपराध बढेको छ तर प्रहरी समायोजन ऐन संघीय संसदबाट पारित भए पनि प्रदेशले अधिकार पाउने गरी केन्द्रीय सरकारले बाटो खुलाएको छैन । प्रदेशका गृहमन्त्री छन् तर हातमा अधिकार छैन । के हतियार लिएर सुरक्षा दिने ?’

सरकारको यस्तै रवैया भए सातवटै प्रदेश सरकारले संयुक्त रुपमा आन्दोलन गर्नुपर्ने दिन आउने उनी बताउँछन् ।

‘संविधानले व्यवस्था नगरेका अधिकार कसैले पनि मागेका छैनन् । संविधानले तोकेका र ऐन पारित भएर पनि सरकारको अनिच्छाले समेत प्रदेश अधिकारविहीन भएका छन्’ उनी भन्छन्, ‘सातवटै प्रदेशका मुद्दा साझा हुन् । सातवटा प्रदेशका मुख्यमन्त्री, मन्त्री र सांसदले अब एकजुट शान्तिपूर्ण रुपमा दबाब दिनुपर्छ ।’ 
अब एक महिनामा अधिकार पाउने अवस्था नभए शान्तिपूर्ण आन्दोलनमा जानुको विकल्प नभएको उनी बताउँछन् ।

देश संघीयतामा गएर दुई/दुई वटा चुनाव भए पनि प्रदेशले जिल्लाका सीडीओ आफ्नो अनुकूलमा चलाउन पाउँदैनन् ।

अहिले पनि जिल्लाको कमाण्डर सीडीओ हुँदा प्रदेशका मुख्यमन्त्रीदेखि मन्त्री पनि लाचार बन्नुपरेको अर्का एक नेता बताउँछन् ।

‘हामी संघीयतामा गएका छौं । तर अहिले पनि भन्नलाई लाज लाग्ने गरी जिल्लाका सीडीओ नै हरेक विषयको सर्वेसर्वा हुनेगर्छन्’ ती नेता भन्छन्, ‘केन्द्र सरकारले प्रदेशको आँखाले हेर्दैन । सीडीओलाई नै केन्द्र बनाएर खटाउने सरुवा बढुवा गर्ने र सुरक्षा र प्रशासन चलाउने अभ्यास गर्दा संघीयता के लागि भन्ने प्रश्न उठेको छ ।’

राजनीतिक विश्लेषक मुमाराम खनाल मुलुक संघीयतामा गएको हो भने जिल्ला खारेज गर्नुपर्ने बताउँछन् । 

‘अधिकार र व्यवस्थाको हिसाबले अघिको संरचना संघीयता नै होइन । संघीयता दुई वटा कुराले काम लाग्ने भएन । पहिचान र विकासमा आधारित संघीयता हुनुपथ्र्यो तर हाम्रा मूर्ख नेताले संघीयताका आधार पहिचान सामथ्र्य दुवैको ठिमाहा भयो । साथै प्रदेशको सीमाकंन र साइज पनि विकासको लागि बाधक भयो’ खनाल भन्छन्, ‘साथै संघले अधिकार नै दिएन । जिल्ला खारेज नगरी सीडीओले नै प्रहरी प्रशासन चलाउन पाएपछि न मुख्यमन्त्रीलाई टेर्छ न मन्त्रीलाई यसैले जिल्लाको संरचना भएसम्म प्रदेश छ भन्नु नै बेकार छ ।’

केन्द्रमा सरकार र स्थानीय तह पनि उस्तै गरी स्वायत्त भएपछि प्रदेश बिचरो देखिएको ती नेता बताउँछन् । 

‘राज्यले लामो समय र लगानी गरेर प्रदेश संरचना बनायो तर आज केन्द्र र स्थानीय तहबीच प्रदेश बिचरो जस्तो हुनु केन्द्रका नेताको दोष हो’ ती नेता भन्छन्, ‘संविधानले तोकेको अधिकार नदिने, प्रदेशलाई बलियो र प्रभावकारी नबनाउने हो भने संघीयताप्रति कसरी विश्वास बढाउने ?’

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x