×

NIC ASIA

अस्थायी आवास निर्माण अनुदान कार्यविधि

जस्तापाता लगायतका सामग्री पुनः प्रयोग गर्न मिल्ने गरी अस्थायी आवास बनाउनुपर्ने

काठमाडाैं | मंसिर २, २०८०

Prabhu Bank
NTC
Premier Steels

भूकम्प प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि, २०८० स्वीकृत भएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ६ बमोजिम कार्यकारी समितिले स्वीकृत गरेको कार्यविधिअनुसार अस्थायी आवासमा प्रयोग भएका जस्तापातालगायतका सामग्रीहरू भविष्यमा पुनः उपयोग गर्न मिल्ने गरी व्यवस्था गर्नुपर्ने भएको छ । 

Muktinath Bank

यस्तै अस्थायी आवास निर्माण गर्दा भूकम्पले क्षति गरेको घरका उपयोगी सामान प्रयोग गर्न सकिने कार्यविधिमा उल्लेख छ । यस्तै आवास निर्माण गर्न स्थान वा भूसतहको कारणले सम्भव नभए भविष्यमा भान्सा घर, गोदाम, गोठ, मतान आदिमा उपयोग हुने गरी बनाउन सकिने पनि कार्यविधिमा उल्लेख छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लाभग्राहीलाई प्रदान गरिने अनुदानबाट लाभग्राहीले आफूसँग उपलब्ध जमिनको आकार, प्रकार तथा परिवारको सङ्ख्याका आधारमा तोकिएको ढाँचा र निर्माण सामग्रीलाई आधार मानेर स्थानीय स्रोत सामग्रीको प्रयोग गरी उपयुक्त आवास निर्माण गर्न सक्नेछन् । यस्तै अस्थायी आवास निर्माण गर्दा सम्भव भएसम्म पछि निर्माण गरिने स्थायी आवासको लागि सतह विस्तार गरेर जोड्न मिल्ने गरी बनाउनु पर्ने छ । 


Advertisment
Nabil box
Kumari

त्यस्ता अस्थायी आवास बाढी, पहिरोलगायतको विपद् जोखिमबाट समेत सुरक्षित स्थानमा हुनुपर्छ भने पछि स्थायी आवासका लागि सुरक्षित जग्गा छ्ट्याएर निर्माण स्थलको छनोट गर्नुपर्ने हुन्छ । 

Vianet communication

लाभग्राहीले पहिलो किस्तामा २५ हजार पाउनेछन् भने पहिलो किस्ताको रकम प्राप्त गरेर अनुसूची ४ बमोजिमको प्रक्रिया पुरा गरेपछि र स्थानीय तहले बाँकी रकम दिन सिफारिस गरेमा अन्तिम किस्ताको रूपमा थप २५ हजार रुपैयाँ उपलब्ध हुनेछ । अनुसूची ४ मा पहिलो किस्ताको रकम प्राप्त गरेर आवश्यक काम भएमा दोस्रो किस्ताको रकम दिन योग्य भएको भन्ने ब्यहोराको सिफारिस गर्ने व्यवस्था छ । 

अस्थायी आवास निर्माणका लागि वास्तविक लाभग्राहीको पहिचान, छनोट, सम्झौता, किस्ता भुक्तानी सिफारिस तथा भुक्तानीमा स्थानीय तहको नेतृत्वदायी भूमिका हुने कार्यविधिमा उल्लेख छ । यस्तै  सुविधाबाट वञ्चिती वा दोहोरो सुविधा पर्न नदिन स्थानीय तहले सरकारी, गैरसरकारी संस्था लगायत सबै पक्षको समन्वय गर्नेछ भने आवासमा निजी शौचालय भए नभएको अनुगमन गरी शौचालय निर्माण गर्न लगाउने वा पायक पर्ने स्थानमा सामूहिक शौचालय र खानेपानीको बन्दोबस्त मिलाउनेछ ।

यस्तै संघसंस्थाहरूको सहयोगमा निर्माण भइरहेका समेत सबै अस्थायी आवास निर्माण कार्यको अनुगमन पनि स्थानीय तहले गर्नेछ भने  लाभग्राहीका भूकम्पबाट चर्के, भत्केका जोखिमयुक्त भवन भत्काउन पनि स्थानीय तहले नै भूमिका खेल्नेछ । यस्तै प्रदेशले पनि स्थानीय तहसँग मिलेर थप आवश्यक काम गर्न सक्नेछ । 

गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्प प्रभावितलाई लक्षित गर्दै सरकारले कार्यविधि बनाएको कार्यविधअनुसार तत्काल अस्थायी आवासको निर्माण कार्य हुने बताइएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

x