×

माओवादी-नेसपा एकताको पहल

राजनीतिको कुइनेटोमा प्रचण्ड–बाबुराम : अस्तित्व रक्षाका लागि फेरि जोडिन लागेका हुन् ?

काठमाडाैं | मंसिर ४, २०८०

एकै ठाउँमा हुँदा बलियो प्रभाव देखाए पनि विभाजन र विग्रहले कमजोर बनेपछि माओवादी धारका पार्टीहरू फेरि एकताको तयारीमा जुटेका छन् ।

एक्लाएक्लै हिँड्दा झन् कमजोर हुने बुझाइपछि माओवादी विचारधारा मान्ने पार्टीहरू फेरि एकताको प्रक्रियामा अगाडि बढ्ने तयारीमा जुटेका हुन् । 


Advertisment

पछिल्लो समय विप्लव नेतृत्वको नेकपा र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)लाई माओवादीसँग एकता गराउने तयारी भइरहेको अध्यक्ष प्रचण्डले नै दाबी गरेका छन् । 


Advertisment

प्रधानमन्त्रीसमेत रहेको माओवादी अध्यक्ष प्रचण्डले रुकुम पूर्व पुगेर आइतबार विशेष रुपान्तरण अभियानमा विप्लव र बाबुरामसँग पार्टी एकता गर्ने बताएका थिए । पार्टीमा विग्रह र विभाजन आउँदा कमजोर भएको भन्दै उनले पार्टी एकता गरेर कार्यकर्ता, शहीद परिवार र घाइतेको मन जित्ने बताए ।

‘मैले आज बिहान मात्रै नेकपा महासचिव नेत्रविक्रम चन्दसँग छलफल गरेको थिएँ,’ प्रचण्डले भनेका थिए, ‘पार्टी एकता नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईसँग पनि निरन्तर संवाद भइरहेको छ ।’

प्रचण्डले यस्तो बताएकै दिन माओवादी केन्द्र र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबीच फेरि एकताको प्रक्रियालाई अगाडि बढाउने समझदारी भएको छ । 

यसअघि नै पार्टी एकतासम्मको तयारीमा अघि बढे पनि मोर्चा गठनको विवादले यो प्रक्रिया अवरुद्ध भएको थियो । समाजवादी मोर्चामा आफूलाई छुट्ट्याइएपछि डा. भट्टराई असन्तुष्ट बनेका थिए । 

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँगको सम्बन्ध बिग्रिएपछि बाबुरामको पाटी र माओवादी बीचको एकता प्रक्रिया रोकिएको थियो । मोर्चा गठनमा पनि उपेन्द्रकै कारण बाबुराम छुटाइएका थिए । तर, पछिल्लो समय यादवको माओवादी र सरकारसँग असन्तुष्टि बढिरहेको छ । यहीबेला पार्टीसँगको एकता प्रक्रिया अगाडि बढाउन दुवै सहमत भएका छन् ।  

आइतबार माओवादीको पार्टी कार्यालय पेरिसडाँडामा दुई पार्टीको वार्ता समितिको बैठक बसेको थियो । बैठकले पार्टी एकताका लागि दुवै पार्टी केन्द्रलाई पार्टी एकता संयोजन समिति गठनका लागि सुझाव दिएको थियो । 

बैठकले उक्त पार्टी एकता संयोजन समितिले दुवै पार्टीले उठाइरहेका वैचारिक र नीतिगत विषयहरूमा छलफल गरी सहमतिको आधारमा अगाडि बढ्ने निर्णय गरेको थियो । 

साथै, पार्टीको विधान, नाम, संगठनात्मक संरचना, चुनाव चिह्नलगायतका विषयहरूमा पार्टी एकता संयोजन समितिले सहमति गरे अनुरूप अगाडि बढ्ने गरी दुवै पार्टीलाई सुझाव दिने निर्णय बैठकले गरेको माओवादीका तर्फबाट कृष्णबहादुर महरा र नेसपाका वार्ता समितिका संयोजक गंगानारायण श्रेष्ठले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ । 

कमजोरीले एकताको हुटहुटी 

१० वर्षे जनयुद्धका बलमा राष्ट्रिय राजनीतिमा आएदेखि नै प्रभाव जमाएको माओवादीले २०६४ सालमा अभूतपूर्व नतिजा हासिल गरेको थियो ।

प्रत्यक्षका २४० सीटमा १२१ सीट जितेर माओवादीले परम्परागत कांग्रेस र एमालेजस्ता पार्टीविरुद्ध धावा नै बोल्यो । तर, संसदीय राजनीतिको कान्छो खेलाडीका रूपमा माओवादीले जनताबाट पाएको यो अभूतपूर्व समर्थनलाई शक्तिमा बदल्न सकेन । बरु अनुभवविहीनताले सरकारमा कमजोर हुँदै सत्ता छाड्नुपर्‍यो । पार्टीमा सन्तुलन मिलाउन नसक्दा पार्टी पनि क्रमैसँग टुक्राटुक्रामा विभाजित हुँदै गयो । 

अघिल्लो निर्वाचनमा २२१ सीट जितेको माओवादी २०७० को निर्वाचनमा ५४ सीटमा सीमित हुन पुग्यो । यसपछि पनि माओवादीको विग्रहको बाटो रोकिएन ।

२०७४ मा एमालेसँग मिलेर चुनाव लड्दा माओवादीले ५३ सीट मात्रै जित्न पुग्यो । २०७९ मा माओवादी फेरि कांग्रेससँग गठबन्धन गरेर चुनावमा गयो । तर, माओवादीको नतिजा झन् कमजोर बन्दै ३२ सीटमा सीमित हुन पुगेको छ । 

पछिल्ला दुई चुनावको अभ्यासले पनि एमाले र कांग्रेस दुवैमा अब अर्को चुनावमा गठबन्धन गर्न नहुने मत बलियो बनेको छ । माओवादीभित्रै पनि ठूला दलसँग गठबन्धन गर्दा पार्टी झन् कमजोर बनेको आवाज छ, यसैले सबैतिर आफ्ना उम्मेदवार खडा गरेर माहोल बनाउनुपर्ने दबाब पनि छ । 

‘माओवादीका धाराका दलबीच कमजोरीले मात्रै एकता हुन लागेको होइन, अग्रगामी र क्रान्तिकारी शक्ति नै ध्रुवीकरणमा जाँदा हाम्राविरुद्ध परिवर्तनविरोधी शक्ति झन् हावी हुन खोज्दैछन् । यसैले हामी एक भएर बलियो बन्ने र फरक सन्देश दिने भन्नेमा पुगेका हौं’, माओवादीका एक नेताले भने ।

यसैले एकातिर एमाले र कांग्रेससँग गठबन्धन गर्दा पनि फाइदा नहुने र सबैतिर उम्मेदवार नहुँदा पार्टी नै सक्रिय नहुने चेपुवामा माओवादी छ । यसैले विकल्पमा सबै माओवादीलाई समेटेर पार्टी पुनर्गठन गर्नैपर्ने बाध्यता र चुनौतीले प्रचण्ड घेरिएका छन् । विप्लव, बाबुरामदेखि मोहन वैद्यको नाममा विभाजित भएर गएकाले पनि आफ्नो हैसियत र प्रभाव देखाउन सकेका छैनन् । 

यसैले नेकपाका विप्वलदेखि नेसपाका बाबुरामसम्म फेरि पार्टी पुनर्गठन गर्न सकिने मनस्थितिमा पुगेका छन् । नयाँ शक्ति गठन, उपेन्द्र यादवसँग पार्टी एकता गर्दा पनि बाबुरामले प्रभाव देखाउन सकेनन् । विप्लवले पनि हिंसात्मक राजनीतिको बाटोबाट हिँड्दाको गन्तव्य भेटेका छैनन्, यसैले सरकारसँग वार्ता गरेरै उनले शान्तिपूर्ण राजनीति रोजेका छन् ।

प्रचण्ड पनि राजनीतिक उत्तरार्धतिर पुग्दा अब पार्टी बिसाउने भरपर्दो उत्तराधिकारीको खोजीमा छन् । यसैले विप्लवलदेखि बाबुरामसँगको पार्टी एकतालाई उनले पनि प्राथमिकता राखेको नेताहरू बताउँछन् । 

एकता नै नभए पनि बाबुरामले २०७९ को चुनावमा गोरखा प्रचण्डलाई छाडिदिएका थिए । आफ्नो दलकातर्फका उम्मेदवार पनि माओवादीकै चुनाव चिह्नबाट उठाएका थिए । 

‘माओवादीका धाराका दलबीच कमजोरीले मात्रै एकता हुन लागेको होइन, अग्रगामी र क्रान्तिकारी शक्ति नै ध्रुवीकरणमा जाँदा हाम्राविरुद्ध परिवर्तनविरोधी शक्ति झन् हावी हुन खोज्दैछन् । यसैले हामी एक भएर बलियो बन्ने र फरक सन्देश दिने भन्नेमा पुगेका हौं’, माओवादीका एक नेताले भने, ‘हामी माओवादी र हामीबीच मात्रै होइन समाजवादी धार निर्माण गर्नमा अन्य पार्टीहरू पनि एक ठाउँमा उभिनुपर्छ भन्नेमा छौं ।’

माओवादी महासचिव देव गुरुङ पार्टी एकताको आधार निर्माणको लागि वार्ता शुरू भए पनि उल्लेख्य प्रगति नभएको बताउँछन् । 

‘टुट्नु र जुट्नु पार्टी जीवनका स्वाभाविक प्रक्रिया हुन् । हामीले पनि माओवादी पार्टीबीच एकता गर्ने वातावरणका लागि लागि प्रयास गरिरहेका छौं । तर, अहिलेसम्म एकताका लागि उल्लेख्य प्रगति भइसकेको अवस्था छैन,’ गुरुङले भने, ‘भावना र आश्यकता मिले एकता हुन्छ, अन्यथा हुँदैन, यो स्वाभाविक प्रक्रिया हो, ठूलो कुरा होइन ।’

माओवादी कमजोर भएर एकता गर्न लागेको भन्ने हल्लामा कुनै सत्यता नभएको उनी बताउँछन् । 

‘राजनीतिक दौरानमा पार्टी कहिले बलियो हुन्छ, कहिले कमजोर बन्दै जान्छ, यसलाई अन्यथा लिन मिल्दैन,’ उनी भन्छन्, ‘हामी पहिले बलियो थियौं । पछि घट्दै गयौं । यो पार्टी जीवनामा भइरहने प्रक्रिया हो । यसैलाई दबाब र चुनौती भन्न मिल्दैन ।’

पार्टीको जिम्मेवार पदमा बसे पनि गुरुङ माओवादी विचारधारा मान्ने पार्टीहरूबीचको एकताका लागि धेरै इच्छुक देखिएका छैनन् । यद्यपि आइतवार भएको दुई पार्टीको वार्ता समिति बैठकमा उनी सहभागी थिए । 

दबाबमा बाबुराम

बाबुराम समाजवादी मोर्चा बन्नु अगाडिसम्म पार्टी एकताको पक्षमा रहेको बताइन्छ । तर, उपेन्द्रसहित लागेर आफूलाई पेल्न खोजेपछि उनी असन्तुष्ट छन् । पार्टी एकता पक्षधरले उनीमाथि एकताका लागि दबाब बढाएका छन् । माओवादीको चुनाव चिह्नबाट लडेर जितेका महिन्द्रराय यादव, गंगानारायण श्रेष्ठसहितका नेताले पार्टी एकताका लागि बाबुराममाथि दबाब बढाएका छन् ।

नेसपाका नेता गंगा श्रेष्ठ बाबुराम पनि पार्टी एकताको पक्षमै रहेको दाबी गर्छन् । ‘अध्यक्ष पार्टी एकताको पक्षमा नहुनु भएको भए हिजो एउटा चुनाव चिह्नबाट लड्न र प्रचण्डका लागि क्षेत्र नै छाड्न तयार हुनुहुन्थेन,’ श्रेष्ठ भन्छन्, ‘उहाँहरू (प्रचण्ड र बाबुराम) सोमबार साँझ पनि पार्टी एकता गर्नेबारे छलफल भएको छ । हामीले दबाब बढाएका छैनौं । आवश्यकताले नै एकता गर्नुपर्छ भन्नेमा हामी सबै छौं ।’

जेठ २, २०८१

सहकारीपीडितको अर्बौ‌ं रकम अपचलनका विषयमा संसदीय छानबिन समिति गठनको पक्षविपक्षमा नेपाली कांग्रेस र नेकपा एमाले विभाजित हुँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चेपुवामा परेका छन् ।&nb...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

दृष्टिकोण

दृष्टिकोण

साउन ५, २०८१

गीतामा कृष्णले भनेका छन्– ‘जे भएको छ राम्रै भएको छ, जे हुनेछ राम्रै हुनेछ ।’ सुन्दा आश्चर्य लाग्न सक्छ, यस्तो कसरी हुन्छ ?  हुन सक्छ, कसैको विवाह हुँदैछ राम्रै भयो । घरगृहस्थी बन्नेछ राम्...

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

साउन २, २०८१

जनमतप्राप्त पहिलो र दोस्रो दलबीचको सत्ता समीकरण सोमबारदेखि औपचारिकरूपमा अघि बढेको छ । पहिलो दलले सरकार चलाउने र दोस्रो दल प्रमुख प्रतिपक्षमा रहने सामान्य संसदीय अभ्यास हो । संसदीय इतिहासमा पहिलो र दोस्रो...

भगवान् भेटिने सूत्र

भगवान् भेटिने सूत्र

असार २९, २०८१

भगवान्‌का कुरा गर्ने धेरै छन् तर भगवान् कस्ता हुन्छन् त्यो भने कसैलाई पनि थाहा छैन । भगवान् कस्ता हुन्छन् भनेर सोध्ने हो भने शायद सबै निरुत्तर नै रहने छन् । हदैभए भगवान् भगवान्जस्तै हुन्छन् भन्नेसम्म फेला पर्ला...

x