×

NIC ASIA

जहाज खरिद प्रक्रियाबारे निगमको स्पष्टीकरण : आन्तरिक स्रोतबाट रकम व्यवस्थापन गर्न सक्षम छौँ

काठमाडाैं | मंसिर ८, २०८०

Prabhu Bank
NTC
Premier Steels

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दुर्गम रुटमा उड्ने जहाज खरिद प्रक्रियाबारे विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारले भ्रम सिर्जना गरेको भन्दै यस सम्बन्धमा स्पष्ट पारेको छ । 

Muktinath Bank

निगमका प्रवक्ता रमेश पौडेलले शुक्रवार जारी गरेको विज्ञप्तिमा खरिद प्रक्रिया पारदर्शी ढङ्गले अघि बढाइएको र आवश्यक रकम आन्तरिक स्रोतबाटै जुटाइने उल्लेख छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘खरिद पारदर्शिता सम्बन्धमा निगमको जहाज खरिद प्रक्रिया पारदर्शी ढङ्गले गर्नका लागि तालुक मन्त्रालयको समेत सहमति लिई निगमले सार्वजनिक खरिद ऐन, नियम बमोजिम मिति २२ अक्टोबर, २०२३ मा सार्वजनिक माध्यमबाट अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘आर्थिक स्रोतका सम्बन्धमा निगमले ३ वटा स्लट रुट मा उड्ने जहाज ६–६ महिनाको अन्तरमा ल्याउने भएकाले सम्पूर्ण रकम एकमुष्ट तिर्ने नभई पटक पटक तिर्दै जाने हुँदा सोको व्यवस्थापन आन्तरिक स्रोतबाट गर्न निगम सक्षम छ ।’


Advertisment
Nabil box
Kumari

विज्ञप्तिमा निगमको सुधारका लागि बनेका आयोग, अध्ययन समिति र निगमभित्रकै अध्ययन प्रतिवेदनले समेत बजारमा ध्वजावाहकले आफ्नो उपस्थिति देखाउन तत्काल स्लट रुटमा उड्ने जहाज आवश्यक रहेको औँल्याएको विज्ञप्तिमा उल्लेख छ । 

Vianet communication

निगममा सात जना सञ्चालक समिति सदस्य रहने र निर्णय प्रक्रियामा सर्वसम्मत वा सामान्य बहुमतबाट निर्णय गर्न सकिने प्रावधान रहेको विज्ञप्तिमा उल्लेख छ । ‘अर्थ मन्त्रालयको प्रतिनिधिबाहेक सबै ६ जना सञ्चालकहरूले जहाज खरिद गर्ने निर्णयको पक्षमा र अर्थ मन्त्रालयका प्रतिनिधिले सुझाव सहित हस्ताक्षर गरेको हुँदा निर्णय प्रक्रिया विधिसम्मत भई टेन्डर समेत आह्वान भईसकेकोले यसमा अन्यथा मानिराख्नु नपर्ने निगमको भनाइ छ । 

मुलुकको हवाई क्षेत्रमा निगमले पुर्‍याउँदै आएको सेवा, अफगानिस्तानमा भएको उद्धार, कोभिड महामारीको बखत चीनको वुहानबाट नेपालीहरूको उद्धार, इजरायलबाट नेपालीहरूको उद्धार, जाजरकोटमा गएको भूकम्पबाट भएका घाइतेहरूको उद्धार जस्ता विभिन्न विपद् तथा सङ्कटमा राष्ट्रिय ध्वजावाहकको योगदान तथा मुलुकको पर्यटन प्रवर्द्धनमा खेल्दै आएको भूमिका महत्त्वपूर्ण विषय भएको विज्ञप्तिमा उल्लेख छ ।  उक्त कुरालाई मध्यनजर गर्दै निगमको वर्तमान व्यवस्थापनले राष्ट्रिय ध्वजावाहकको गुणात्मक सुधारको लागि उल्लेखनीय कार्यहरू गर्दै आएको समेत विज्ञप्तिमा दाबी गरिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x