×

NMB BANK
NIC ASIA

समुदायकै नेतृत्वमा एड्स अन्त्य गर्ने सरकारको लक्ष्य

काठमाडाैं | मंसिर १५, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

सरकारले समुदायको नेतृत्वमा नै एड्स तथा एचआइभी सङ्क्रमण अन्त्य गर्ने लक्ष्य लिएको छ । समुदायस्तरमा नै सङ्क्रमितहरू बढी अपहेलित हुने भएकाले समुदायलाई एड्स अन्त्य गर्ने अभियानमा सहभागी गराउने भएको छ । 

Muktinath Bank

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. सञ्जयकुमार ठाकुरले समुदायको नेतृत्वमा एड्स अन्त्य गर्न यस वर्षको नारा नै ‘समुदायको नेतृत्वमा एड्स अन्त्य गरौं’ राखिएको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपालमा सन् २०३० सम्ममा एड्सलाई अन्त्य गर्न राष्ट्रिय एचआइभी रणनीतिक योजना २०२१–२०२६ अघि सारिएको छ । रणनीतिअनुसार नेपालबाट एड्स अन्त्य गर्न ९५/९५/९५ अभियान सञ्चालन गरेको छ । 'एड्स सङ्क्रमितकै समुदायलाई सक्रिय बनाएर एड्स अन्त्य गर्ने अभियान रहेको छ,' उनले भने, 'समुदायलाई नै अगाडि बढाउँदा एड्सप्रति अपहेलना घट्ने र अन्त्य हुनेछ ।'


Advertisment
Nabil box
Kumari

झन्डै ९५ प्रतिशतले एचआइभी सङ्क्रमितले आफ्नो सङ्क्रमण थाहा पाउने, ९५ प्रतिशत औषधिको उपचारमा पहुँच र औषधि खानेहरूमध्ये ९५ प्रतिशतको शरीरमा भाइरसको भार (भाइरल लोड) न्यून  मात्रामा रगतमा राख्न सक्यो भने उन्मूलन गर्न सकिने उनको भनाइ रहेको छ । 

Vianet communication
Laxmi Bank

उनले ९५/९५/९५ अभियानको ९२ प्रतिशत सफलता प्राप्त गरिसकेको बताए । '३० हजार सङ्क्रमितमध्ये हामीले करिब २४ हजार पत्ता लगाइसकेका छौँ,' उनले भने, 'पत्ता लगाएका बिरामीमध्ये ८४ प्रतिशतले नियमित औषधि सेवन गरिरहेका छन् ।'

उनले औषधि खाइरहेका सङ्क्रमितहरूमा भाइरस रगत एकदम न्यून रहेको बताए । 'औषधि खाइरहेकामध्ये ९७ प्रतिशतभन्दा बढीको रगतमा भाइरस न्यून मात्रामा रहेको छ,' उनले भने, 'अलिकति जोडबल गर्‍यो भने सन् २०३० सम्म एड्स अन्त्य गर्ने नारा साकार हुन सक्दछ ।' 

नेपालमा ९२ प्रतिशतले सङ्क्रमित पत्ता लगाइसकेको, ८४ प्रतिशतले औषधि खाइरकेको र ७२ प्रतिशतको रगतमा भाइरसको भार (भाइरल लोड) न्यून  मात्रामा रहेको केन्द्रका निर्देशक डा ठाकुरले जानकारी दिए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले एचआइभी सङ्क्रमितमाथि अझै पनि समाजमा लाञ्छना र भेद्भाव रहेकाले हटाउन आवश्यक रहेको बताए । 'अझ पनि समाजमा एचआइभी सङ्क्रमितलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन सकिएको छैन,' उनले भने, 'सङ्क्रमितलाई हेर्ने दृष्टिकोणमा परिवर्तनका लागि हामीले समाजको नेतृत्वलाई नै अगाडि सार्ने अभियानमा रहेका छौँ ।'

नेपालमा सन् २०१० को तुलनामा एचआइभीको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्यामा कमी आएको छ । केन्द्रका निर्देशक डा ठाकुरका अनुसार २०१० को तुलनामा अहिले ८० प्रतिशत मृत्युदर घटेको पाइएको छ । सन् २०२२ मा तीन सय ४४ जनाको एड्सका कारणले मुत्यु भएको थियो । जबकि सन् २०१० मा एक हजार सात सयजनाको मृत्यु भएको थियो । अहिले दैनिक एकजना नयाँ सङ्क्रमित फेला पर्ने गरेका छन्भने एकजना सङ्क्रमितको निधन हुने गरेको छ । अहिले ७७ प्रतिशतको दरले नयाँ सङ्क्रमण घटेको छ । 

नेपालमा सन् २०२२ मा चार सय ८८ जना व्यक्तिमा एचआइभीको नयाँ सङ्क्रमण भएको अनुमान गरिएको छ । जुन २०१० को तुलनामा ७७ प्रतिशतले कम हो । सन् २०२२ मा ५२ जना बालबालिकामा (जन्मेदेखि १४ वर्ष) उमेरमा नयाँ सङ्क्रमण भएको अनुमान गरिएको छ । सन् २०१० मा दुई सय ७७ जना बालबालिकामा सङ्क्रमण भएको थियो । २०१० को तुलनामा नयाँ बालबालिकामा हुने सङ्क्रमण पनि ७७ प्रतिशतले घटेको पाइएको छ । 

सन् २०२२ को अन्त्यसम्म नेपालमा कूल सङ्क्रमितमध्ये २३ हजार दुई सय ९३ जनाले एन्टिरेट्रोभाइरस (एआरभी) उपचार लिइसकेका छन् । यी सङ्ख्या भनेको कूल एचआइभी सङ्क्रमितमध्ये ७८ प्रतिशतले एआरभी उपचार लिइरहेका छन् । कूल सङ्क्रमितमध्ये शून्य दशमलव १२ प्रतिशत सङ्क्रमण वयस्क मानिसमा र ४५ जना १४ वर्षभन्दा मुनिका बालबालिकामा एचआइभी सङ्क्रमण भएको तथ्याङ्कमा देखाइएको छ । 

मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले सरकारले रणनीतिअनुसार एचआइभी एड्सका काम गरिरहेको बताए । उनले उपचारबाट बाहिर रहेका करिब छ हजार सङ्क्रमितलाई उपचारमा ल्याउने हो भने सरकारले तोकेको लक्ष्य पूरा हुने बताए । उपचार गरी भाइरल लोड ठीक भएका सङ्क्रमितको समाजमा घुलमिल भई जीविकोपार्जनसम्बन्धी कार्यक्रम ल्याउन आवश्यक रहेको छ । 

वैदेशिक रोजगारीमा जानेहरू उच्च जोखिममा
नेपालमा एचआइभी सङ्क्रमितमध्ये उच्च जोखिममा रहेका समूहमा सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने, यौनकर्मी, पुरुष समलिङ्गी तथा तेस्रोलिङ्गी र रोजगारीका लागि विदेसिने युवाहरू रहेका छन् । तीमध्ये सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने र पुरुष समलिङ्गी यौनकर्मीमा सङ्क्रमण दर अरू जोखिम समूहभन्दा उच्च रहेको छ । सन् २०२० को राष्ट्रिय सर्वेक्षणअनुसार सुईद्वारा लागुपदार्थ प्रयोग गर्नेमा तीन प्रतिशतका दरले एचआइभी सङ्क्रमण रहेको पाइएको छ । 

यस्तै सन् २०१७/१८ मा गरिएको सर्वेक्षणमा महिला यौनकर्मीमा दुई दशमलव दुई प्रतिशत र पुरुष समलिङ्गीमा छ दशमलव दुई प्रतिशतका दरले एचआइभी सङ्क्रमण रहेको पाइएको छ । कोशी, लुम्बिनी तथा सुदूरपश्चिमका जिल्लामा गरिएको सर्वेक्षणले भारतमा काम गर्ने नेपालीमा एचआइभी सङ्क्रमण एक प्रतिशतभन्दा कम रहेको पाइएको छ । 
    
नेपालमा राष्ट्रिय एचआइभी रणनीतिक योजना २०२१–२०२६ ले निर्देशन गरेअनुरूप उच्च जोखिममा रहेका समूहजस्तै सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने, यौनकर्मी र तिनका ग्राहक, पुरुष समलिङ्गी तथा तेस्रोलिङ्गी र रोजगारका लागि विदेसिने तथा तिनका दम्पती तथा जेलमा रहेका कैदीका लागि एचआइभी रोकथाम कार्यक्रम एवं सङ्क्रमित र प्रभावितका लागि उपचार, हेरचाह तथा सहयोग कार्यक्रम सञ्चालन भइरहेको छ । 
    
अहिले ६१ जिल्लाका ८५ एआरटी सेन्टरबाट एन्टिरेट्रोभाइरल उपचार निःशुल्क उपलब्ध रहेको छ । देशका सबै जिल्लामा आमाबाट बच्चामा हुने सङ्क्रमण रोकथाम (पीएमटीसीटी) गर्न समुदायमा आधारित पीएमटीसीटी कार्यक्रम सञ्चालनमा छ । यसअन्तर्गत प्रसूति केन्द्रहरूमा गर्भवतीमा एचआइभी निःशुल्क जाँच सुविधा छ । देशका ७७ वटै जिल्लामा अवस्थित स्वास्थ्य संस्थाहरूबाट एचआइभी परामर्श तथा परीक्षण केन्द्र रहेका छन् । 

सङ्क्रमण रोक्ने चुनौती 
नयाँ एचआइभी सङ्क्रमण रोक्न तथा हालसम्म सेवा नपाएका जोखिम समूहलाई प्राथमिकतामा राखी समयमा नै गुणस्तर सेवाको पहुँच पुर्याउनुपर्ने, प्रदेश एवं स्थानीयस्तरमा प्रयोगशालासम्बन्धी सेवाको क्षमता अभिवृद्धि गर्नुपर्ने, मानव संशासन, बजेट, पूर्वाधारको विकास गर्न जरुरी रहेको बताइएको छ । 
    
यस्तै, नयाँ एचआइभी सङ्क्रमितलाई उपचारका लागि अन्यत्र पठाउने व्यवस्था गरी यथाशीध्र उपचारको व्यवस्था गर्नुपर्ने देखिन्छ । एचआइभी सङ्क्रमितलाई प्राथमिकतामा राखी सिकिस्त सङ्क्रमित र स्वस्थ सङ्क्रमित केन्द्रित उपचार केन्द्र सञ्चालन गर्नुपर्ने जस्ता चुनौती रहेका छन् । अहिले पनि करिब छ हजार सङ्क्रमित फेला पार्न सकिएको छैन । ती सङ्क्रमित पत्ता लगाई नियमित उपचारमा ल्याउनका लागि समस्या रहेको छ । 

यस्तै, एचआइभी सङ्क्रमितको भाइरल लोड परीक्षणको सेवामा पहुँच बढाउन सातवटै प्रदेशमा भाइरल लोड परीक्षण सेवा विस्तार गर्नुपर्दछ । केन्द्रका निर्देशक डा ठाकुरले एचआइभी सङक्रमितहरूलाई प्राथमिकतामा राखी सिकिस्त सङ्क्रमितक र स्वस्थ सङ्क्रमितहरू केन्द्रित उपचारका सेवाहरू सञ्चालन गर्ने र उपचार कार्यक्रमको प्रभावकारिता निगरानी गर्नका लागि सूचना प्रणालीलाई सुदृढीकरण गरी प्रमाणमा आधारित विभिन्न तहहरूमा उपचारका कार्यक्रमहरू सञ्चालन गर्ने तयारी भइरहेको बताउनुभयो । यस्तै  एचआइभी उपचारका औषधिहरूको आपूर्तिलाई प्रभावकारी पूर्वानुमान गरी चुस्तदुरुस्त बनाउने आवश्यक रहेको छ । 

विश्वमा दैनिक तीन हजारभन्दा बढी सङ्क्रमित
विश्वमा सन् १९८१ मा पहिलो एचआइभी सङ्क्रमित भएदेखि सन् २०२२ को अन्त्यसम्म आठ करोड ५६ लाख व्यक्ति एचआइभीबाट सङ्क्रमित भइसकेका छन् । त्यसैगरी, चार करोड चार लाख व्यक्तिको एड्सका कारणले मृत्यु भइसकेको छ । विश्वमा हरेक दिन तीन हजार ६ सय जनामा नयाँ सङ्क्रमित पुष्टि हुने गर्दछ ।  

सन् २०२२ मा मात्रै करिब छ लाख ३० हजार व्यक्तिको एड्सका कारणले मृत्यु भएको अनुमान छ । जुन सन् २०१० को तुलनामा ५१ प्रतिशतले कम हो । सन् २०१० मा १३ लाख व्यक्तिको एड्सका कारणले मृत्यु भएको अनुमान थियो । नेपालसहित विश्वभर नै डिसेम्बर १ तारिखमा विश्व एड्स दिवस मनाउने गरिन्छ । यस वर्ष ‘समुदायको नेतृत्वमा एड्स अन्त्य गरौँ’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रमका साथ विश्व एड्स दिवस मनाइँदैछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x