×

सरसर्ती २४ घण्टा

विपिन जोशीको बाटो हेर्दै परिवार, परराष्ट्रमन्त्रीको कतार भ्रमणमा थप पहल हुने

काठमाडाैं | मंसिर २४, २०८०

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
प्यालेस्टाइनी हमास समूहको नियन्त्रणमा रहेका भनिएका कञ्चनपुरका विपिन जोशीको परिवारले उनी फर्किने आशामा सरकारलाई निरन्तर घचघच्याइरहेका छन् । प्रधानमन्त्रीदेखि मन्त्रीसम्मले विपिनको रिहाइमा पहल गरिरहेको जवाफ दिइरहेपनि बेपत्ता भएको दुई महिनासम्म कुनै नतिजा निस्कन सकेको छैन । प्रशिक्षार्थी कामदारको रुपमा इजरायल पुगेका उनी इजरायली भूमिमा भएको हमलासँगै बेपत्ता भएका थिए । 

परिवारले तीन पटक परराष्ट्रमन्त्रीलाई भेटिसकेको छ भने प्रधानमन्त्रीलाई समेत एक पटक भेटेर छोरालाई सकुसल फिर्ता पठाउन आग्रह गरेपनि उही पुरानो जवाफ ‘पहल भइरहेको भन्ने’ आउने गरेको छ । भीमदत्त नगरपालिका–३ का महानन्द जोशीले छोराको रिहाइका लागि पहल भइरहेको मात्रै जवाफ आउने गरेको बताए । 


Advertisment

यसैबीच परराष्ट्र मन्त्री एनपी साउद शनिबार कतार प्रस्थान गरेका छन् । कतारको दोहामा सुरु हुने २१ औँ दोहा फोरममा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका साउद त्यहाँ पनि कतारी अधिकारीहरुसँग विपिनको रिहाइका लागि पहल गर्ने बताइएको छ । 
००००
सामाजिक सञ्जाल नियमनका लागि सरकारले जारी गरेको निर्देशिका र टिकटकमाथिको प्रतिबन्धप्रति सामाजिक सञ्जाल प्लाटफर्महरूको प्रतिनिधि संस्था एसिया इन्टरनेट कोअलिसन (एआईसी)ले चासो व्यक्त गरेको छ ।


Advertisment

सूचना तथा सञ्चार मन्त्रालयलाई एक पत्र पठाउँदै एआईसीले डिजिटल प्लाटफर्मको नियमन आवश्यक भए पनि सरकारका कतिपय निर्णयहरू विश्वव्यापी अभ्यासभन्दा फरक रहेको जिकिर गरेको छ । यस्तै सरोकारवाला क्षेत्रसँग छलफल नगरी लागू गरिएको पनि एआईसीको धारणा छ । 

सन् २०१० मा ईबे, गुगल, नोकिया, स्काइप र याहूले संयुक्त रूपमा स्थापना गरेको यो संस्थाले एसिया प्रशान्त क्षेत्रमा सार्वजनिक नीतिका मुद्दाहरूलाई सम्बोधन गर्न र इन्टरनेट अर्थतन्त्रको विकासलाई सहज बनाउन सरकारी एजेन्सीहरूसँग पहल गर्दछ ।
००००
नेकपा एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ अन्तरगत शनिबार राति नुवाकोटको बट्टारमा सभा गरिएको छ । राति १० बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका हुन् । 

चिसो मौसम र राति भएपनि जिल्लाका गाउँगाउँबाट आएका कार्यकर्ताहरुको बाक्लो संख्यामा उपस्थिति रहेको थियो । गोरखा हुँदै एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरु बट्टार पुग्न ढिला भएका कारण ढिला गरी सभा आयोजना भएको एमाले नुवाकोटले जनाएको छ ।
००००
कमल थापा नेतृत्वको  राप्रपा नेपालको केन्द्रीय समितिको बैठक आइतबारदेखि सुरु हुने भएको छ । जसअनुसार शनिबार कार्य सम्पादन समितिको बैठक बसेको छ ।
००००
नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले पार्टीले सञ्चालन गरेको जनतासँग माओवादी रुपान्तरण अभियानले जनतामा नयाँ आशा र उत्साह सञ्चार गरेको बताएका छन् । 

रुपान्तरण अभियानअन्तर्गत सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका भ्रमणमा गएका महासचिव गुरुङले काठमाडौँ फर्किनुअघि माओवादी केन्द्र बाँकेले आयोजना गरेको कार्यक्रममा जनतासँग माओवादी रुपान्तरण अभियानले जनतालाई पार्टीसँग प्रत्यक्ष जोड्न सफल भएको बताए ।
००००
नेपाल सुपर लिग फूटबलमा बुटवल लुम्बिनीले काठमाडौं रेजर्सलाई हराएको छ । 
दशरथ रंगशालामा शनिवारको दोस्रो खेलमा बुटवलले साविक विजेता काठमाडौंलाई २–१ ले हराएको हो ।
००००
नेपाली कांग्रेसको मुखपत्र ‘नेपाल पुकार’ २६ वर्षपछि पुनः प्रकाशित भएको छ । विसं २००४ मा कांग्रेस स्थापना हुनुभन्दा पहिलेदेखि छापिँदै आएको ‘नेपाल पुकार’ विसं २०५४ देखि बन्द रहे पनि अहिले आएर पुनः प्रकाशित हुन लागेको हो ।
००००
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारमुक्त र सदाचारयुक्त समाज निर्माण गर्ने प्रतिबद्धता जनाएको छ ।
भ्रष्टाचारविरुद्धको २१औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोगले भ्रष्टाचारमुक्त र सदाचारयुक्त समाज निर्माण गर्ने दूरदृष्टिका साथ असल शासनका आधारभूत मान्यतालाई आत्मसाथ गर्दै अगाडि बढ्ने अख्तियारले प्रतिबद्धता जनाएको हो ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले भ्रष्टाचार निवारणका निम्ति राज्यका सबै संयन्त्रहरूलाई परिचालन गरिरहेको बताएका छन् । शनिबार भ्रष्टाचारविरूद्धको अन्तर्राष्ट्रिय दिवसको उपलक्ष्यमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यसले सकारात्मक परिणामसमेत हासिल भएको बताएका हुन् ।
००००
बिजुलीको तार चुँडिएर खसेर लाग्दा रौतहटमा खेत जोतिरहेका एक किसानको मृत्यु भएको छ ।

शनिवार खेत जोत्दै गरेका माधव नारायण नगरपालिका–७ लौकाहाका ५५ वर्षीय बैजु पण्डितको करेन्ट लागेर मृत्यु भएको हो ।
००००
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छिन् ।
बाँसवारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचाररत गृहमन्त्री श्रेष्ठलाई भेटी उनको स्वास्थ्य अवस्थाबारे पूर्वराष्ट्रपति भण्डारीले जानकारी लिएकी श्रेष्ठका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए ।
००००
वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतोले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८) नेपालका लागि उपलब्धिमूलक भएको बताएका छन्।  

युनाइटेड अरब इमिरेट्स (यूएई)को दुबईमा आयोजना भएको सम्मेलनमा सहभागी भई नेपाल फर्कने क्रममा उनले यसपटकको सम्मेलनमा नेपालका मुद्दाबारे चर्चा हुनुका साथै प्राथमिकता पाएको बताए ।
००००
नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ ।
यही मङ्सिर २८ र २९ गते काठमाडौंमा बस्ने बैठकले राष्ट्रियसभाको आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बन्न मापदण्ड तय गर्नुका साथै मापदण्डका आधारमा उम्मेदवार छनोट गर्ने बताइएको छ ।

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

x