×

NMB BANK
NIC ASIA

पूर्वी तराईमा जंगली हात्तीको डर

कोशीका ३ जिल्लामा हात्ती आतंक उत्कर्षमाः भगाउन दमकलको साइरनसमेत असफल, भद्रपुरको जुक्ति लगाउँदै बेलबारी

विराटनगर | पुस ७, २०८०

NTC
Premier Steels

कोशी प्रदेशको तराईका तीन जिल्लामा करिब १ महिनादेखि हात्ती आतंक छ । झापा, मोरङ र सुनसरीमा हुलका हुल हात्ती पसेर उपद्रो मच्चाइरहेका छन् । महिनादिनअघि भारतबाट आएका हात्ती नफर्किएपछि जनधनमा ठूलो क्षति हुने क्रम जारी छ । यसर्थ पूर्वी तराईका तीन जिल्लाका जनता यतिबेला त्रासमा छन् । हात्ती आउने डरले स्थानीय रातभरी जागराम बसिरहेका छन् । धपाउन आगो बाल्नेदेखि पटका पड्काउने, हो–हल्ला गर्ने काम स्थानीयले गरिरहेका छन् ।

Muktinath Bank

null


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्थानीय तहहरूले पनि हात्ती धपाउन प्रयास गरिरहेका छन् । आगो नियन्त्रण गर्ने दमकलसमेत हात्ती धपाउन प्रयोग गर्ने गरिएको छ । साथै साइरनका माध्यमबाट धपाउने प्रयास पनि भइरहेको छ । तर दमकलको साइरनबाट समेत हात्ती भाग्न छोडेपछि मोरङको बेलबारीले नयाँ अभ्यास गर्ने भएको छ । झापाको भद्रपुर नगरपालिकामा यसअघि नै परीक्षण गरेको ड्रोनबाट हाती धपाउने प्रयास उसले गर्ने भएको हो । हात्ती धपाउन भनेर २४ वर्षका युवा अनिल प्रधान भद्रपुरबाट बेलबारीमा आइपुगेका छन् ।


Advertisment
Nabil box
Kumari

null

Vianet communication

साइरन जडान गरिएको ड्रोनको सफल र प्रभावकारी भएको प्रधानले बताएका छन् । उनले सानैदेखि इलेक्ट्रिकको माध्यमबाट समस्या समाधान गर्ने गरेका थिए । त्यसो त उनी आफैँ पनि हात्तीपीडित हुन् । हात्तीले दुःख दिएपछि आफैँले विभिन्न देशबाट सामग्रीहरू ल्याएर ड्रोन बनाएका थिए । यसमा भद्रपुर नगरपालिकाले समेत सहयोग गरेको थियो ।

null 

‘मेरो आफ्नै चिया बगान पनि छ । यसले गर्दा घर आसपासमा जहिले पनि जंगली हात्ती आउने र दुःख दिने गर्थे । यसले गर्दा हात्तीलाई कसरी धपाउन सकिन्छ भन्ने विषयमा धेरै अध्ययन अनुसन्धान गरेँ ।  मौरी कराएको आवाजबाट हात्ती सबैभन्दा बढी डराउने तथ्य फेला परेपछि मौरीको भुनभुन् आवाजलाई ड्रोनमा जडान गरेको छु,’ उनले भने । 

प्रधानले नजिकै लगेर ड्रोन उडाएपछि आवाज सुनेर हात्ती कराउदै आफू जुन बाटो आएको थियो त्यही बाटो फर्कने गरेको बताए । ठूलो आवाज आउने साइरन जोडेकाले हात्तीको कान छेउमा लगाएर उठाएपछि उ ठूलो आवाजका निकालेर गर्जँदै जंगलतिर भाग्ने गरेको उनले अनुभव साटे । यसरी हुलका हुल हात्ती धपाउने सकिने उनको तर्क छ । राति कतै हात्ती आयो भनेको खबर सुनेमा उनी ड्रोन बोकेर त्यतै जाने गरेका छन् । मध्यरातमा ४० किलोमिटर पर पुगेर पनि हात्ती धपाएको उनले सुनाए ।

null 

प्रधानको सानैदेखि नयाँ–नयाँ खोज अनुसन्धान गर्ने गर्थे ।  कम्प्युटर तथा इलेक्ट्रोनिक्स क्षेत्रमा विशेष रुचि थियो उनको । पहिला–पहिला हात्ती धपाउन एक्लै हिड्ने गरेका प्रधानले अहिले भने समूह नै बनाएका छन् । नेपाली सेनाको इलेक्टोनिक्ससम्बन्धी काम उनको समूहले गरिरहेको छ । ‘हामीसँग २४ जनाको युवाको समूह छ । यी सबै दौतरी नै हुन्,’ उनले भने ।

null

समूह बनाए पनि प्रधानले हात्ती धपाउने कामलाई व्यवसाय नै बनाएका भने छैनन् । ड्रोनहरूमा समस्या आइरहने भएकाले बनाउन लाग्ने खर्च मात्रै लिने गरेको उनले बताए । ‘हाम्रो पेशा व्यवसाय अर्कै छ,’ उनले भने ’सामाजिक उत्तरदायित्व सम्झेर काम गर्छौं । सामग्री फेर्नुपर्यो भने मात्रै पैसा लिन्छौँ ।’

सन् २००३ ताका अमेरिकी पिस्कोर स्वयंसेवकहरूले हात्ती लखेट्ने मौरीपालन गरेका थिए । माैरीका घार हात्ती हिँड्ने गौंडामा राख्ने गरिएको थियो । त्यहाँ टर्च बालेपछि मौरी बिच्किएर हात्तीलाई टोक्ने र उनीहरू भाग्ने विश्वासका साथ लखेट्ने गरेका थिए । तर त्यो पूर्णरुपमा असफल भएको थियो । मौरीको आवाज सुनेपछि भाग्ने बूढापाकाहरूको विश्वास रहेको छ । यता प्रधानले भने मौरीसँग मिल्दो–जुल्दो आवाज आउने ड्रोन बताएका छन् ।

null

झापामा हात्ती धपाउन व्यावसायिक मौरी पालनसमेत गरिएको थियो । तर त्यो असफल भएको थियो । माैरीको आवाजको ड्रोनबाट हात्ती धपाउने प्रयास भने सफल भएको युवाहरूको दाबी छ । 

एक महिनाभित्रै ५ जनाको ज्यान गयो

null

जंगली हात्तीको आक्रमणबाट १ महिनामै झापा, मोरङ र सुनसरी गरी ३ जिल्लामा ५ जनाको ज्यान गइसकेको छ । यी ३ जिल्लामा गत साउनयता ५० भन्दा बढी हात्ती आक्रमणका घटना भएका छन् । सो क्रममा ६ जना घाइतेसमेत भएका छन् । हात्तीको आक्रमणबाट झापा, मोरङ, सुनसरीसहित उदयपुर र इलाममा समेत गरी ३७ लाख ८५ हजार २०० मूल्य बराबरको जनधनको क्षति भएको कोशी प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

null

भारतको आसामबाट झापाको बाहुनडाँगी हुँदै मोरङको जंगल क्षेत्रबाट झण्डै ३७ वटा हात्तीको समूह पूर्वी तराई पसेको विवरण डिभिजन वन कार्यालयको छ । कार्यालयका अनुसार आहारको खोजीमा झापाको हुम्सेदुम्से, शान्तिनगर, बुधबारे हुँदै मोरङको उर्लाबारी, लेटाङ, मिक्लाजुङ, बेलबारी, कानेपोखरी, केराबारी र पथरीमा हरेक वर्ष हुलका हुल हात्ती आउने गरेका छन् । तर, यसअघि १०–१५ दिनमै आफ्ना गन्तव्यमा फर्किने गरेका हात्तीहरू यसपटक लामो समयसम्म नेपालमै बसेका छन् । हात्ती धपाउन स्थानीयलाई मात्र नभएर प्रशासनलाई नै चुनौतीको विषय भएको छ । 

 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x