×

NMB BANK
NIC ASIA

विकल वाङ्मय पुरस्कार प्राडा त्रिपाठीलाई

काठमाडाैं | पुस ७, २०८०

NTC
Premier Steels

रमेश विकल साहित्य प्रतिष्ठानले यस वर्षको रमेश विकल वाङ्मय पुरस्कार प्राडा वासुदेव त्रिपाठीलाई प्रदान गरेको छ । शनिवार प्रतिष्ठानले विकलको पुख्र्यौली थलो आरुबारी (हाल गोकर्णेश्वर—९) मा १५ औं विकल स्मृति सभाको अवसरमा नेपाली वाङ्मयका विशिष्ट साधक त्रिपाठीलाई सम्मान गरेको हो । 

Muktinath Bank

पुरस्कारको राशी ५० हजार रुपैयाँ रहेको छ । सोही अवसरमा विकलका नाममा स्थापित अन्य पुरस्कारहरू पनि विभिन्न स्रष्टा तथा संस्थालाई प्रदान गरियो । जसअनुसार रमेश विकल–सुशीला समाजसेवा पुरस्कार परोपकार संस्था, काठमाडौंलाई प्रदान गरिएको छ । यो पुरस्कारको राशी २० हजार रुपैयाँ रहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैगरी रमेश विकल सिर्जना पुरस्कार माधव काफ्ले (रौतहट)लाई प्रदान गरियो भने रमेश विकल बाल साहित्य पुरस्कार रामबाबु सुवेदी (कास्की) लाई दिइयो । साथै रमेश विकल–सुशीला सङ्घर्षशील नारी पुरस्कार  सत्यदेवी खड्का (दैलेख)ले हात पारिन् भने रमेश विकल कला–सङ्गीत  पुरस्कार कलाकार सुवास गजुरेललाई प्रदान गरियो । यी सबै पुरस्कारको राशी नगद १० हजार रुपैयाँ रहेको छ । 


Advertisment
Nabil box
Kumari

null

Vianet communication

प्रतिष्ठानका उपाध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष केके कर्माचार्य, सर्वोच्च अदालताका न्यायाधीश डाक्टर मनोजकुमार शर्मा लगायतले स्रष्टा तथा संस्थाहरूलाई पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष प्राडा हेमनाथ पौडेल, पुरस्कृत स्रष्टा प्राडा वासुदेव त्रिपाठी, अभिनव साहित्य समाजका संस्थापक अध्यक्ष गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ लगायतले अमर स्रष्टा रमेश विकलले साहित्य सहित विविध क्षेत्रमा दिएको योगदानको चर्चा गरेका थिए । सोही अवसरमा प्रतिष्ठानको वृद्धि विकासमा स्थापनाकालदेखि नै योगदान दिने संघीय सांसद् तथा अर्थ समितिका सभापति सन्तोष चालिसे, पूर्वमन्त्री रामेश्वर फुयाल र गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाललाई सम्मान गरिएको थियो । 

यसैबीच प्रतिष्ठानको शनिवार नै सम्पन्न १७ औं साधारणसभाले वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेको अध्यक्षतामा प्रतिष्ठानको नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । जसअनुसार कार्य समितिको उपाध्यक्षद्धयमा केके कर्माचार्य, प्राडा हेमनाथ पौडेल, महासचिवमा विजय चालिसे, सचिवमा वसन्त रिजाल र कोषाध्यक्ष शाम्बकुमार चालिसे रहेका छन् । सदस्यहरूमा महेन्द्र चालिसे, मुना रुपाखेती, मातृका पोखरेल, रामप्रसाद पौडेल र आलोक चालिसे रहेका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

कात्तिक १३, २०८०

वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x