×

NMB BANK
NIC ASIA

अवैध लाइसेन्स बाँड्ने धन्दा

अवैध लाइसेन्स प्रकरण : विभागको आन्तरिक छानबिन समितिले बुझाएको प्रतिवेदनमा के छ ?

काठमाडाैं | पुस २३, २०८०

NTC
Premier Steels

नक्कली सवारी चालक अनुमतिपत्र सम्बन्धमा अध्ययन गर्न भनेर यातायात  व्यवस्था विभागद्वारा गठित आन्तरिक छानबिन समितिले प्रतिवेदन बुझाएको छ । २०७२ सालपछि विभागको डेटाबेसमा इन्ट्री भएका ५० लाख लाइसेन्ससम्बन्धमा छानबिन गरी प्रतिवेदन बुझाइएको समितिले जनाएको छ ।

Muktinath Bank

विभागका आईटी शाखा प्रमुख मुकेश रेग्मीको संयोजकत्वमा गठित छानबिन समितिले महानिर्देशक उद्धवप्रसाद रिजाललाई प्रतिवेदन बुझाएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यद्यपि विभागकै कर्मचारीहरू पनि छानबिन समितिका सम्बन्धमा आशंका गर्छन् ।


Advertisment
Nabil box
Kumari

रेग्मीको संयोजकत्वमा गठन भएको समितिमा विभागका इन्जिनियर बोधराज बराल, शाखा अधिकृत अर्जुन अधिकारी, आईटी कन्सलटेन्ट सविन श्रेष्ठ र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रहरी नयाब उपरीक्षक डा. तपनकुमार दाहाल  सदस्य थिए ।

Vianet communication

विभागका महानिर्देशक रिजाल छानबिन समितिले बुझाएको प्रतिवेदन अहिले अध्ययन गरिरहेको बताउँछन् ।

'२०७२ सालदेखि अहिलेसम्म डेटाबेसमा इन्ट्री भएका ५० लाख लाइसेन्सको विषयमा छानबिन गरेर समितिले प्रतिवेदन बुझाएको हो,' रिजालले लोकान्तरसँग भने, 'झन्डै १० रिम कागज प्रयोग भएको प्रतिवेदन अध्ययन गर्न समय लाग्नु स्वाभाविक हो ।'

अन्य काम समेत गर्नुपर्ने भएकाले जति सक्दो छिटो प्रतिवेदन अनुसार भौतिक पूर्वाधार मन्त्रालयमा बुझाइने उनले बताए । प्रतिवेदनको निष्कर्षबारे उनले केही बताउन चाहेनन् ।

यस विषयमा अहिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पनि छानबिन गरिरहेको छ । उजुरी परेपछि पुस ४ गते छानबिन समिति गठन भएको थियो । समितिमा मन्त्रालयका मेकानिकल इन्जिनियर सन्तोष श्रेष्ठ (संयोजक) तथा शाखा अधिकृत कमल पन्थी र कम्प्युटर अधिकृत दिनेश अधिकारी सदस्य छन् । 

'अध्ययन सकेर सुझाव तथा समाधानसहितको प्रतिवेदन मन्त्रालयमा बुझाउँछौं,' विभागका महानिर्देशक रिजालले थपे, 'प्रतिवेदनमा उल्लेख भएको डेटामध्ये कुन ठीक वा कुन बेठीक भन्ने विषयमा समेत भेरिफिकेसन गर्न सम्बन्धित यातायात कार्यालयमा पठाउछौं ।'

छानबिन समितिका प्रवक्ता समेत रहेका विभागका इन्जिनियर बोधराज बरालका अनुसार विभागबाट प्रिन्ट भइसकेको ३० हजार लाइसेन्स र थप शंकास्पद झन्डै ७० हजार लाइसेन्सको विवरण समावेश गरेर प्रतिवेदन बुझाइएको हो ।

'प्रिन्ट भएका ३० हजार लाइसेन्स पनि फेक नै हो भनेर हामीले भनेका छैनौं । तर, थप शंकास्पद ७० हजार लाइसेन्सको पनि छानबिन गर्नुपर्छ भन्ने हाम्रो निष्कर्ष छ,' बरालले लोकान्तरसँग भने, 'धेरैजसो डमी डेटा छन् । कतिपय सिस्टम एरर भएको हुनसक्छ ।'

सम्बन्धित कर्मचारीलाई कारबाही नै हुनुपर्छ भनेर समेत सिफारिश नगरिएको उनले खुलाए ।

'पुरानो डेटालाई माइग्रेट गर्दा सिस्टम एरर पनि हुन सक्छ । पुरानो सिस्टममा डेटा माइग्रेट गर्दा नागरिकता नम्बर युनिक समेत हुने हुनाले धेरै जसो कार्यालयबाट पुरानो डेटा इनभ्यालिड गर्न भनेर लेखेर पठाउने गरेका थिए,' उनले लोकान्तरसँग भने ।

इन्ट्री भइसकेको डेटामा अहिले १४ लाख त ब्याक लग नै रहेकाले पनि छानबिनमा यकिन गरेर यही नै भएको हो भन्न नसकिएको उनले बताए ।

विभागले आफ्नो छानबिन सकेको भए पनि यस प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन शुरू गरिसकेको छ । अनुसन्धान अधिकृत नै तोकेर अख्तियारले छानबिन अगाडि बढाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x