×

NMB BANK
NIC ASIA

नेपाली चलचित्रमा अब हलिउड अभिनेताको अभिनय

काठमाडाैं | पुस २४, २०८०

NTC
Premier Steels

पहिलो निर्देशकीय चलचित्र ‘बुलबुल’मार्फत नेपाल सरकारले प्रदान गर्ने सर्वोत्कृष्ट निर्देशकको राष्ट्रिय चलचित्र पुरस्कार विजेता बनेका निर्देशक विनोद पौडेलले दोस्रो चलचित्रको निर्माण गरिरहेका छन् । 

Muktinath Bank

नेपालीमा भूठान र अङ्ग्रेजीमा ‘द वल्र्डस् ह्याप्पिएस्ट म्यान’ नाम राखिएको चलचित्रको अमेरिकामा यही पुस २३ गतेबाट छायाङ्कन अमेरिकाको ओहायो वरपर शुरू भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हरिवंश आचार्य, दयाहाङ राई, जोयस पाण्डेय, अनुराधा मजुमदार, पूजा चन्दलामा, रिचा घिमिरेलगायत कलाकारले अभिनय गर्ने चलचित्रमा हलिउड अभिनेता ब्रुस डर्नले अभिनय गर्ने तय भएको निर्देशक पौडेलले जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

‘हामीले पठाएको कथाले उहाँलाई प्रभावित बनाएछ, त्यसैले अभिनय गर्न उहाँ तयार हुनुभयो, हलिउडका प्रसिद्ध अभिनेतासँग काम गर्न पाउँदा त्यहाँको कार्यशैली बुझ्नसमेत मद्दत गर्नेछ,’ निर्देशक पौडेलले भने, ‘यो नेपाली र हलिउड चलचित्रलाई जोड्ने अवसर पनि हुनसक्छ, हामीले विना सम्झौता चलचित्र तयार गर्न सक्दो कोसिस गरिरहेका छौँ ।’

Vianet communication

केही समय यता नेपाली चलचित्रमा भारतीय कलाकार अनुबन्धित भएको खबर आइरहँदा हलिउड अभिनेता पनि जोडिएका छन् । भुटानदेखि भारत, नेपाल हुँदै अहिले अमेरिकामा बसोबास गरिरहेका भुटानीको देशप्रेम र जीवनयात्राको कथा समेटेर बन्न लागेको चलचित्र भूठान (द वर्ल्डस् ह्यापिएस्ट म्यान) सन् २०१९ मा बुसान अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘स्कृप्ट पिचिङ्ग’ मा समेत छानिएको थियो । 

विश्वका हरेक देशले आत्मसात् गर्ने कथा, राम्रो लेखन र यस चलचित्रमार्फत नेपाल अन्तर्राष्ट्रिय बजारमा जानसक्ने सुझाव आएपछि, विभिन्न देशका अन्तर्राष्ट्रिय समूहहरुसँग सहकार्य गर्दै चलचित्र तयार गर्न लागिएको निर्देशक पौडेलले जानकारी दिए । 

‘भुटानी शरणार्थीको कथा र संवेदनालाई लिएर विगत लामो समयदेखि अत्यन्तै मिहिन ढङ्गबाट यसको काम गरिरहेका छौँ, यो हामीले हेर्नु र बुझ्नुपर्ने कथा हो,’ निर्देशक पौडेलले भने । उनले आफू सामाजिक कथा नै प्रस्तुत गर्न रुचाउने भएकाले यस विषयलाई रोजेको बताए । चलचित्रमा सुसन प्रजापतिले छायाङ्कन, अञ्जय खड्काले सम्पादन, डिकेश खड्गी शाहीले ध्वनि सिर्जना, अञ्जन गजुरेलले कला निर्देशन गरिरहेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x