×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा

कानुनी कठघरामा ‘लिटल बुद्ध’ देखि कोशीको सभामुख पदले राप्रपामा विवादसम्म

काठमाडाैं | पुस २५, २०८०

NTC
Premier Steels

‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
आफूलाई लिटल बुद्ध दाबी गर्ने रामबहादुर बम्जनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले  पक्राउ गरेको छ ।  सीआईबीको टोलीले उनलाई काठमाडौँको बुढानीलकण्ठबाट १८ दिनको रेकी पछि मंगलबार पक्राउ गरेको हो ।

Muktinath Bank

 सीआईबीका अधिकारीहरूका अनुसार उनी पछिल्लो समयमा काठमाडौँमा आएको सूचना पाएको थियो । त्यसपछि सीआईबीका डीएसपी धर्म भण्डारीको नेतृत्वमा २५ जनाको टोलीले खोजी गरेर पक्राउ गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनलाई निकै मिहिनेतपछि   पक्राउ गर्न सफल भएको सीआईबी प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए । बम्जनले आफूलाई काठमाडौँमा खोजिरहेको थाहा पाएका थिए । सोही कारण उनी लुकेर बसेको घरबाट बाहिर निस्किएका थिएनन् । प्रहरी सर्च अपरेसन गरेपछि बम्जन दुई तल्लाबाट हाम फाल्न खोजेको अनुसन्धानमा खटिएका एक अधिकारीले बताए ।
०००० 
कोशी प्रदेशको सभामुख चयनको विषयलाई लिएर राप्रपामा विवाद देखिएको छ। अध्यक्ष राजेन्द्र लिंदेन इतर पक्षले पार्टी निर्णयविपरीत कोशीमा पार्टीले सभामुख लिएको भन्दै विरोध गरेको हो । सोहीअनुसार निर्देशन समितिका अध्यक्ष प्रकाशचन्द्र लोहनीले उम्मेदवारी फिर्ता लिन निर्देशन दिएपनि अम्बर बहादुर विष्ट चयन भइछाडे उनले शपथ पनि लिइसकेका छन् । 


Advertisment
Nabil box
Kumari

नवनिर्वाचित सभामुख अम्बरबहादुर विष्टले आफ्नै दल राष्ट्रिय प्रजातन्त्र पार्टीका केही नेताले असन्तुष्टि पोख्दैमा केही नहुने बताएका छन् ।
सभामुख पदमा निर्वाचित भएपछि विराटनगरमा मंगलवार सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

Vianet communication

‘केही मान्छेले पार्टीले निर्णय गरेको छैन भन्नुभयो, यसले केही फरक पर्दैन,’ उनले भने । सत्ता गठबन्धनको समर्थनमा आफ्नै दलका सांसद विष्टलाई सभामुख बनाउने तयारी भएपछि राप्रपाका वरिष्ठ नेता लोहनी पक्ष रुष्ट बनेको थियो । कोशीमा सभामुख लिने निर्णय केन्द्रमा नभएको लोहनीले बताएका थिए । 

गठबन्धनसँगै नेकपा एमालेले समेत समर्थन गरेपछि विष्ट निर्विरोध निर्वाचित भएका थिए । सभामुख विष्टले सबै दलका नेताहरूसँग समन्वय गरेर प्रदेशसभा नियमावलीअनुसार प्रदेशलाई अगाडि बढाउने बताए ।  
००००
सरकारले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी)को सरुवा गरेको छ । गृह मन्त्रालयले मंगलवार १६ जना डीआईजीको सरुवा गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
००००
राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज र भोलि दाबीविरोध र उजुरीउपर छानबिन हुनेछ । मनोनयन दर्ता गरेका उमेदवारविरुद्ध परेका दाबीविरोध र उजुरीमाथि आज र भोलि छानबिन गर्ने निर्वाचन आयोगको कार्यतालिका छ ।
००००
नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथ लुम्बिनी प्रदेश कमिटीका सचिव राजु गुरुङले पार्टी परित्याग गरेको आधिकारिक रुपमै घोषणा गरेका छन् ।

उनले सामाजिक सञ्जालमा पार्टी अध्यक्ष माधवकुमार नेपाललाई पत्र लेख्दै पार्टीको सदस्यता, केन्द्रीय कमिटी सदस्य र लुम्बिनी प्रदेश कमिटी सचिवको जिम्मेवारी निर्वाह गर्न असमर्थ भएको बताएका छन् ।
००००
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले आफू बर्खास्तगीमा पर्न लागेको थाहा पाएर राजीनामा दिएको खुलेको छ ।
प्राधिकरण उच्च स्रोतका अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सोमबार नै खनाललाई बर्खास्त गर्ने प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा र्पुयाएकी थिइन् । उनको राजीनामा मन्त्रिपरिषद्ले स्वीकृत गरिसकेको छ । 
००००
काठमाडौंको बिजुलीबजारस्थित चक्रवर्ती एजुकेसन एकेडेमीका सञ्चालक आफ्नै छोरासहितको समूहबाट कुटिएका छन् ।
कानून पढाई हुने निजी क्षेत्रको उक्तका कलेजका अध्यक्ष देवेन्द्र भण्डारी आफ्नै छोरा निरज भण्डारीसहितको समूहबाट कुटिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुमोद ढुंगेलले जानकारी दिए ।
००००
सरकारले उद्योगमा काटिएका लाइन तुरुन्त जोड्न विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ ।
मंगलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई यस्तो निर्देशन दिएको हो । 

बैठकपछि सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले हाललाई उद्योगीहरूका काटिएका विद्युत् लाइन खोल्न सरकारले निर्देशन दिएको जानकारी दिइन् ।
००००
कोरोनाभाइरसको नयाँ भेरियन्ट पुष्टि भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले सबै विमानस्थल र एयरलाइन्समा स्वास्थ्य मापदण्ड पालना गर्न सर्कुलर गरेको छ । 

प्राधिकरणको मंगलबार बसेको बैठकले नेपालमा पनि कोरोना ओमिक्रोनको शव भेरियन्ट जे एन पुष्टि भएकाले स्वास्थ्य मापदण्ड पालनाका लागि आवश्यक निर्णय गरेको हो ।
००००
राष्ट्रियसभा सदस्य निर्वाचनमा समन्वय गर्न सत्ता गठबन्धनले समिति गठन गरेको छ । 

सत्ता गठबन्धनको मंगलबार बसेको बैठकले नेपाली कांग्रेसका नेता रमेश लेखक, नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन, नेकपा एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे र जनता समाजवादी पार्टीका मनिष सुमन सम्मिलत समन्वय समिति गठन गरेको हो ।
००००
घरपालुवा कुकुर बिरालोलाई सार्वजनिक स्थानमा दिशा पिसाब गराउनेलाई महानगर प्रहरी बलले कारवाही गराउन थालेको छ ।

काठमाडौँ महानगरपालिका कुकुर बिरालो बन्ध्याकरण, भ्याक्सिनेसन तथा अभिलेख कार्यविधिबमोजिम जरिवाना तिराउन थालेको हो । काठमाडौँ महानगरपालिका क्षेत्रभित्र भएका कुकुर र बिरालाहरुको सुरक्षा र व्यवस्थापनका लागि कार्यविधि बनाइएको हो ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई ७५३ वटै स्थानीय तहबाट पुनः श्रमस्वीकृतिको व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

श्रममन्त्री शरदसिंह भण्डारीलगायतसँग मंगलवार मन्त्रालयमै भएको छलफलमा प्रधानमन्त्रीले वैदेशिक रोजगारीका स–साना कामका लागि पनि काठमाडौं धाउनुपर्ने परिस्थितिको अन्त्य गरी सम्भव सबै सेवा स्थानीय तहबाटै दिने व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।
००००
विश्वभरका हिन्दूहरूको आस्थाको केन्द्र काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा स्तनपान कक्ष उद्घाटन गरिएको छ । 
मन्दिर क्षेत्रमा हुने महिलाको समस्यालाई मध्यनजर गर्दै पशुपति विकास कोषले आफ्नो नयाँ कार्यसमितिको पहिलो कामस्वरुप स्तनपान कक्ष स्थापना गरेको कोषकी अध्यक्ष लक्ष्मी पुनले जानकारी दिइन् ।
००००
नेपाल स्टक एक्सचेञ्ज  परिसूचक २० दशमलव ६२ अङ्कले वृद्धि भएको छ ।  नेप्से परिसूचक एक प्रतिशतले बढेर दुई हजार ८० दशमलव १२ अङ्कमा कायम भएको छ ।
तीन सय नौ कम्पनीको एक करोड ७९ लाख ४९ हजार पाँच सय ६२ कित्ता शेयर एक लाख चार हजार छ सय १९ पटक खरिदबिक्री हुँदा रु छ अर्ब ११ करोड ८३ लाख १७ हजार आठ सय ६६ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x