मंसिर २६, २०८०
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
काठमाडाैं | पुस २६, २०८०
कुनै समय नेपाली कांग्रेसमा बलियो विरासत बोकेका कोइरालाहरूलाई पल्टाउन असम्भवजस्तो देखिन्थ्यो, तर गिरिजाप्रसाद कोइरालाले २०४८ सालमा आफ्नै सरकारमा गृहमन्त्री बनाएर स्पेस दिएका शेरबहादुर देउवाले लगातार दुईपटक कोइराला परिवारको विरासत पल्टाउन सफल भइसकेका छन् ।
पार्टी विभाजन गराएर फेरि पार्टीको संस्थापन बन्न सक्ने सामर्थ्य नेपाली राजनीतिमा बिरलै नेताहरूले देखाएका छन् । ठूला दलको कुरा गर्दा देउवा नै त्यस्तो एक मात्र पात्र हुन् ।
देउवाको यो सफलता उनको बल र रणनीतिको बुताले मात्रै पूरा भएको छैन, कोइराला विरासतकै बलिया र प्रभावशाली नेताको साथले पनि सघाएको छ । कोइराला पक्षकै नेतालाई आफूतिर तान्दै देउवाले लगातार दुईपटक नेतृत्वमा बाजी मारेका हुन् ।
कुनै समय देउवाले कोइराला विरासतसँग फाइट गर्दा रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला सोही समूहका खम्बा थिए । रामचन्द्र पौडेल गिरिजाप्रसाद कोइराला हुँदै सुशील कोइरालाका पनि उत्तिकै विश्वासिला नेता थिए । शान्ति, प्रक्रिया र संविधान लेखनमा गिरिजा र सुशीलसँग सिटौलाको पनि उस्तै सामिप्यता थियो ।
तर राजनीतिमा स्थायी शत्रु र स्थानीय मित्र नहुने नेपाली व्याख्या यथार्थ जस्तै भएको छ । पहिलो कार्यकालमा सिटौला र दोस्रो कार्यकालमा पौडेललाई आफूतिर तान्दै देउवाले नेतृत्वमा पुग्ने सफलता हात पाएका हुन् । देउवा ५० वर्ष नपुग्दै २०५२ सालमा पहिलोपटक प्रधानमन्त्री बनेका थिए । त्यससता थप ४ समेत गरी ५ पटक प्रधानमन्त्रीमा चुनिइसकेका छन् । अझै एकपटक प्रधानमन्त्री बन्ने पर्खाइमा देउवा छन् ।
१३ र १४ औं महाधिवेशनमा क्रमशः सिटौला र पौडेलको भूमिकाकै कारण देउवाले अभूतपूर्व शक्ति आर्जन गर्न सफल भएका हुन् भन्ने विषय घाम जत्तिकै छर्लङ्छ छ ।
राजनीतिक शक्ति आर्जनका लागि सबै हतकण्डा प्रयोग गर्ने गरेको आरोप एकातिर देउवालाई लाग्छ । शक्तिका खेलाडीको उपमा पाए पनि देउवाले शक्ति आर्जनका दुई सारथिलाई प्रभावकारी पुरस्कार दिएका छन् । आफूलाई कांग्रेस सत्ताको शिखरमा पुर्याउन योगदान गरेका पौडेललाई राष्ट्रपतिको पुरस्कार दिइसकेका छन् । अर्कातिर सिटौलालाई पनि राष्ट्रिय सभा सदस्य हुँदै अध्यक्षसम्मको पुरस्कार दिलाउने तयारीमा देउवा छन् ।
२०५६ सालदेखि निकट भएर काम गरेका कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्मा देउवाको इमान्दारिता, धैर्यता, बोलेको कुरा पूरा गर्ने शैली रहेको बताउँछन् ।
‘कसैलाई वचन दियो भने पूरा गर्नुहुन्छ । आफ्नो प्रयासमा इमान्दार बन्नुहुन्छ र बेस्ट समन्वय गर्नुहुन्छ,’ विश्वकर्मा भन्छन्, ‘१६ वर्षसम्म पद नपाउँदा पनि देखाएको धैर्यताले गर्दा उहाँलाई अहिले पदले पछ्याइरहेको हो, तर पनि चुपचाप हुनुहुन्छ ।’
उनले थपे, ‘गगनजी (महामन्त्री गगन थापा)ले केही दिन अगाडि पत्रिका पढेर बैठक बसेको थाहा पाउँछौं भन्नुभएको थियो । त्यसको भोलिपल्टै सभापतिले उहाँलाई गठबन्धनको बैठकमा लिएर जानुभयो । शेखर दाइले विरोध गरेपछि उहाँलाई नै सहभागी गराएर राष्ट्रिय सभाको टिकट टुंग्याउनुभयो ।’
रामचन्द्रलाई राष्ट्रपति र कृष्ण सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने कुरालाई सक्षमलाई उचित जिम्मेवारी दिइएको हिसाबले पनि हेर्नुपर्ने उनले बताए ।
निरन्तर संघर्षपछिको सफलता
२०५७ सालमा भएको १० औं महाधिवेशनमा देउवाले गिरिजप्रसाद कोइरालासँग प्रतिस्पर्धा गरेका थिए । जसमा १४७७ मत मध्ये गिरिजा ९३६ मत पाएर विजयी भए । शेरबहादुर देउवा ५०७ मत ल्याएर पराजित हुन पुगे । पहिलो प्रयासमा देउवा असफल भएका थिए ।
कांग्रेस फुटेकाले ११ औं महाधिवेशन भने दुवैले अलग–अलग गरे । गिरिजा मूल कांग्रेसको सभापति भए । गिरिजालाई सोही समूहका नरहरि आचार्यले सर्वसम्मत हुन दिएनन् । गिरिजाले १२१५ मत ल्याउँदा नरहरिले १६५ मत मात्रै ल्याएका थिए । देउवा प्रजातान्त्रिक कांग्रेसको सभापति भए । दुवैले महाधिवेशनलाई ११ औं भएको माने ।
२०६४ मा पार्टी एकीकरण भएपछि गिरिजा पार्टी सभापति र देउवा वरिष्ठ नेता भए । तर २०६७ मा भएको १२ औं महाधिवेशनमा फेरि सुशील कोइराला, शेरबहादुर देउवा र भीमबहादुर तामाङबीच प्रतिस्पर्धा भयो, जसमा कोइराला १६५२ मत ल्याएर विजयी भए । देउवाले पनि मत बढाएर १३१७ पुर्याउँदै शक्ति आर्जनको छनक देखाए । तामाङको ७८ मत आयो ।
२०७२ फागुनमा १३ औं महाधिवेशनभन्दा एक महिनाअघि सुशील कोइरालाको निधन भएपछि भने देउवाका लागि प्रतिस्पर्धा अनुकूल हुन पुग्यो । शुरूमा देउवालाई रामचन्द्र पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौलाले टक्कर दिएका थिए । पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत प्राप्त गर्न सकेनन् ।
देउवाले १५६४, पौडेलले ११६० र सिटौलाले ३२४ मत पाए । पहिलो चरणमा ११ मत नपुग्दा देउवा सभापति बन्न सकेनन् । तर दोस्रो चरणमा सिटौला देउवातिर लागेपछि उनी १८२२ मत ल्याएर विजयी हुन पुगे । पौडेलले १२९६ मत मात्रै ल्याए । तेस्रो समूह खडा गर्दै सिटौलाले गगन थापालाई महामन्त्रीमा अगाडि सारेका थिए । पूर्व संस्थापनका उनै सिटौलाले साथ दिएपछि पहिलोपटक मूल कांग्रेसको नेतृत्व गर्ने ठाउँमा देउवा पुगेका थिए ।
त्यसपछि पार्टीको भागबण्डामा देउवाले सिटौलाका लागि समेत सीट छुट्याउँदै आए । १४ औं महाधिवेशनमा सिटौलासँग गगन रहेनन् । तर, सिटौला पूर्व संस्थापनतिर नगई देउवालाई नै सहयोग गरेर बसिरहे । बरु आफ्नै समूहबाट प्रदीप पौडेललाई महामन्त्रीको उम्मेदवार बनाए ।
२०७८ मा यो महाधिवेशनमा पनि पौडेल पुनः देउवासँग प्रतिस्पर्धा गर्न चाहन्थे । तर, शेखर कोइराला, गगन थापासहितका नेताले नमानेपछि पौडेल सो समूहमा निष्क्रिय बसिदिए, जसका कारण सभापतिमा देउवालाई जित्न सहयोग पुगेको हो ।
सभापतिमा देउवा, डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङबीच प्रतिस्पर्धा भयो । तर कसैको पनि बहुमत आएन । दोस्रो चरणमा निधि र गुरुङले देउवालाई समर्थन गरेपछि उनी लगातार दोस्रोपटक सभापति बन्न पुगे ।
‘कांग्रेसमा गणेशमान, किसुनजीदेखि देउवासम्मलाई पार्टीमा पेलानमा परेका पीडितहरूलाई एक ठाउँमा समेटेर बस्ने अवसर मिलेको हो,’ उनी भन्छन्, ‘पेलानपछि पीडितहरू एक ठाउँमा उभिँदा बलियो शक्ति देखिएको हो । स्वार्थ, दबाब र प्रभावले जम्मा गरेको भीड होइन ।’
यसरीलगातारका दुई महाधिवेशनमा सिटौला दुईपटक र पौडेल एकपटक देउवाको निम्ति निर्णायक भए । देउवाले पौडेललाई आफ्नो भागमा परेको राष्ट्रपति पद दिलाए । राष्ट्रपतिमा पौडेल कि सिटौला भन्नेमा देउवासामु केही दोधार थियो । दुवैले यो पदका निम्ति इच्छा देखाएका थिए । तर, देउवाले पौडेलको नाममा सहमति जुटाए । त्यही बेला नै देउवाले सिटौलालाई पनि कुनै प्रमुख पदमा पुर्याउने वचन दिएको नेताहरू बताउँछन् ।
‘राष्ट्रिय सभामा शेखर र गगनले साथीहरूलाई अन्याय भयो भनेर बोल्नुभयो । तर सभापतिले यो मेरो अन्तिम कार्यकाल हो, भोलि सभापति र प्रधानमन्त्री तिमीहरू नै बन्ने हौ । त्यसैले मैले वचन दिएकालाई यसपटक समेट्नुपर्छ भनेर इमान्दार जवाफ दिनुभयो,’ विश्वकर्माले भने ।
शक्ति र सत्ताको पहुँच मात्रै भन्दा पनि वचन दिएका नेताप्रति इमान्दार बन्ने शैली सभापतिको भएको उनको भनाइ छ ।
राजनीतिक विश्लेषक शंकर तिवारी भने पद बाँड्ने र शक्तिमा टिक्ने परम्परालाई देउवाले पनि निरन्तरता दिएको बताउँछन् ।
‘यस्तो शैलीलाई एजेन्सी डिस्ट्रियब्युसन भन्छन् । २०४८ सालदेखि नै यसरी पद बाँडफाँड चल्दै आएको छ,’ तिवारी भन्छन्, ‘गिरिजाले पद बाँडेको सिको देउवाले पनि गरेका हुन् । यसैले उनले पद बाँड्दा आश्चर्य लाग्दैन । कार्यकर्ता र जनतामा उत्साह जगाउन सक्दैन र उत्साह दिँदैन भने जति पद बाँडे पनि केही हुँदैन । यस्तो प्रवृत्तिले पाटीको पुँजीलाई घटाउँदै लगेको छ ।’
पूर्व संस्थापन तितरबितर
पौडेल र सिटौला मात्रै होइन, देउवालाई शक्तिमा पुर्याउन पूर्व संस्थापनका अन्य नेताले पनि उत्तिकै सहयोग गरेका छन् । १३ औं महाधिवेशनमा महामन्त्री जितेका बीपीपुत्र शशांकले त्यतिखेरै पौडेलको पक्षमा नभई देउवा पक्षको माहोल बनाएको आरोप लाग्ने गरेको छ ।
उनको समूहले एस–एस (शेरबहादुर र शशांक) भन्दै भोट मागेको नेताहरू अहिले पनि स्मरण गर्छन् । उनै शशांक १४ औं महाधिवेशनमा आफ्नै दाजु शेखर सभापतिमा उठ्दा पनि मौन जस्तै देखिए, जसका कारण देउवालाई सहयोग पुग्यो ।
पौडेल, सिटौला, शशांक मात्रै होइन १४ औं महाधिवेशनमा पूर्व संस्थापनसँग असन्तुष्ट रहेका नेता प्रकाशमान सिंहले पनि साथ दिएका थिए । कांग्रेस फुट्दा सिंह देउवातिर थिए । तर पनि कोइरालातिरै रहेर सिंहले देउवामाथि निरन्तर आक्षेप लगाइरहेका थिए । तर महाधिवेशनमा आफ्नो लागि स्पेस नदिएपछि उनी पनि अन्ततः देउवातिरै खुले ।
१५ औं महाधिवेशनमा शशांकले देउवामाथि ठूलो भरोसा गरेको उनका अभिव्यक्तिले पनि देखाउँछन् । सार्वजनिक मञ्चबाटै शशांकले देउवाले आफूलाई न्याय गर्ने बताएका थिए ।
महत्त्वपूर्ण साथ दिएका सिंहलाई पनि कहीँ न कहीँ व्यवस्थापन गर्ने मानसिकतामा देउवा रहेको उनी निकट स्रोत बताउँछ । गत स्थानीय तहको निर्वाचनमा धेरैको अपेक्षाविपरीत देउवाले सिंहपत्नी सिर्जनालाई काठमाडौं मेयरको लागि टिकट दिएका थिए । अब सरकार फेरिँदा सिंहलाई महत्त्वपूर्ण मन्त्रालय दिएर सरकारमा पठाउने सम्भावना रहेको स्रोतले बतायो ।
बरु आफ्नै टीमका नेतालाई चुप लगाउने र अर्को समूहका नेतालाई केही न केही अवसर दिएर इन्गेज गरिरहने प्रवृत्ति देउवाको छ । पूर्व संस्थापनका दर्जनौं नेतालाई समेत देउवाले आफ्नोतिर तानेर केही न केही अवसर र जिम्मेवारी दिँदै आएका छन् ।
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...