×

NMB BANK
NIC ASIA

प्रादेशिक अस्पतालमै छैन बाल रोग विशेषज्ञ डाक्टर, निजीसँग सम्झौता गर्दै कोशी सरकार

काठमाडाैं | माघ १०, २०८०

NTC
Premier Steels

प्रदेश सरकारले सञ्चालन गरेको मेची अस्पताल (प्रादेशिक अस्पताल)मा आठ महिनादेखि बाल रोग विशेषज्ञ चिकित्सक नहुँदा सर्वसाधारण नागरिकले सेवा पाउन सकेका छैनन् । त्यहाँ कार्यरत डाक्टर रविन रेग्मी गत असारमा सरुवा भई अन्यत्र गएपछि अस्पतालबाट बालबालिकाहरूले विशेषज्ञ सेवा पाउन सकेका छैनन् । प्रदेश सरकारले समयमा चिकित्सक नपठाएका कारण समस्या भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रामबाबु खड्काले बताए ।

Muktinath Bank

प्रदेश स्तरीय अस्पतालमा विशेषज्ञ पदपूर्ति गर्न नसकेको कोशी प्रदेश सरकारले निजी अस्पतालमा भने बालबालिकाको उपचार गराउन सम्झौता गरेको छ । प्रदेशभरिका १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार गराउन आइतबार मात्र सरकारले चारवटा निजी अस्पतालसँग सम्झौता गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हाम्रो अस्पताल विराटनगर, विराट शिक्षण अस्पताल विराटनगर, नोबेल शिक्षण अस्पताल विराटनगर र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ दमकसँग सम्झौता गरेको हो ।


Advertisment
Nabil box
Kumari

प्रदेश मातहत नै रहेको मेची अस्पतालमा स्वीकृत दरबन्दी १०३ जनाको रहेको छ । त्यसमध्ये विशेषज्ञ डाक्टरको दरबन्दी २१ जनाका रहेको छ । फिजिसियन एक जना, सर्जन एक जना, रेडियोलोजिस्ट एक र दन्त चिकित्सक एक जना गरी अहिले चार जना विशेषज्ञ चिकित्सक मात्र प्रदेश सरकार मातहत छन् ।

Vianet communication

छात्रवृत्तिमार्फत् करारमा १९ जना रहेका चिकित्सक कार्यरत छन् । छात्रवृत्तिमार्फत विशेषज्ञ चिकित्सक आठ जना रहेका छन् । एक महिना अघि १० जना चिकित्सक कार्यरत रहेकोमा करार अवधि सकिएपछि दुई जना बाहिरिएको अस्पताल प्रशासनका कर्मचारी वशिष्ठ अधिकारीले जानकारी दिए । उनकाअनुसार अर्का एक जना विशेषज्ञ चिकित्सकको सेवा करार पनि यसै महिना सकिँदैछ । 

विशेषज्ञ डाक्टर नहुँदा उक्त अस्पतालले गत असारदेखि नै ओपिडी सेवा मात्र सञ्चालन गरिरहेको छ । ‘चिकित्सकहरूले अहिले ओपिडीसम्म धानिदिनुभएको छ,’ नासु अधिकारीले भने ‘वार्ड त चलाउने कुरै भएन । दरबन्दी अनुसारको स्वास्थ्यकर्मी र कर्मचारी नहुँदा जेनतेनले मात्र अस्पताल चलिरहेको छ ।’ 

प्रदेश सरकारसँग स्वास्थ्यकर्मी र कर्मचारी माग गरे पनि अहिलेसम्म नपठाएको गुनासो उनले गरे । ‘फोन गर्दा पठाउने तयारीमा छौं भन्ने जवाफ मात्रै आउने गरेको छ, तर काम भइरहेको छैन,’ अधिकारीले भने । 

यता स्वास्थ्य मन्त्रालयसमेत आफैंसँग राखेका मुख्यमन्त्री कार्कीले भने अब चाँडै अस्पतालमा डाक्टर पठाउने तयारी भइरहेको बताएका छन् । उनले करारमा भए पनि कर्मचारी नियुक्त गरेर विशेषज्ञको सेवा अभाव हुन नदिने बताए । 

अस्पतालहरूसँग सम्झौता गर्दै मुख्यमन्त्री कार्कीले बच्चा अस्पतालमा भर्ना गरेर अभिभावकले ऋण खोज्न जाने दिनका अन्त्य गरेको बताए । तर, आठ महिनादेखि रिक्त रहेको चिकित्सकको पदपूर्ति नगर्दा सर्वसाधारणले महँगोमा निजी अस्पतालबाट सेवा लिनुपर्ने बाध्यता छ । 

स्वास्थ्य मन्त्रालयका सचिव डा. सुधा देवकोटाले छिट्टै चिकित्सक पठाउने तयारीमा रहेको जानकारी दिइन् । ‘आज (बुधबार) नै डाक्टरहरूको परीक्षा हुँदैछ,’ उनले भनिन् ‘केही समय ढिलो भयो । हाम्रो पनि केही बाध्यता थियो । अब अन्त्य भएको छ ।’ थप डक्टरहरू छात्रवृत्तिबाट पनि मगाएको उनले बताइन् । 

अस्पताल विकास समितिका कारण पनि केही समस्या भएको उनले बताइन् । ‘अस्पतालमा केही आम्दानी हुन्छ र त्यसो विकास समितिले खर्च गर्छ, त्यो रकम खर्चिने गरी समितिले नै आवश्यक चिकित्सक राख्न सक्छ तर त्यसो नगरेका कारण पनि समस्या देखिएको हो,’ सचिव देवकोटाले भनिन् । 

चिकित्सक अभाव भएको विषय सदनमा पटक पटक उठाए पनि सरकारले चासो नदिएको प्रदेश सभा सदस्य छविलाल चुडालले बताए । उनले सरकार गम्भीर नहुँदा बिरामीले सहजरूपमा निःशुल्क उपचार नपाएको बताए । 

सरकारी अस्पतालहरूमा विशेषज्ञ डाक्टरको व्यवस्था नभएसम्म सरकारले जति सुकै राम्रो कार्यक्रम ल्याए पनि प्रभावकारी नहुने उनको भनाइ छ । कोशी प्रदेशमा एक वर्ष मुनिका एक हजार बालबालिका मध्ये ३४ जनाको मृत्यु हुने गरेको सरकारी तथ्यांक रहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x