×

NIC ASIA

संचय कोष र लगानी कोषको महँगो ब्याजदर 'स्वाप' गर्न निगमले गर्यो अन्तर्राष्ट्रिय आशय पत्र आह्वान

काठमाडाैं | माघ १०, २०८०

Prabhu Bank
NTC
Premier Steels

नेपाल वायु सेवा निगमले अन्तर्राष्ट्रिय उडान भर्ने न्यारोवडी र वाइडवडी विमान किन्नका लागि कर्मचारी संचय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण स्वाप ( एउटा वित्तीय संस्थाबाट लिएको ऋण अर्को बैंकमा निश्चित शर्तहरु पालना गरेर सार्ने) गर्ने भएको छ । यसका लागि निगमले मंगलवार अन्तर्राष्ट्रिय आशयपत्र (ईओआई) आह्वान गरेको छ ।  

Muktinath Bank

निगमका प्रवक्ता रमेश पौडेलले बुधवार एक विज्ञप्ति प्रकाशित गरी २०८० माघ ४ गते बसेको निगम संचालक समितिको निर्णय बमोजिम १३५ अर्ब सफ्ट लोन (सहुलियत पूर्ण ऋण) का लागि आशय पत्र आह्वान गरिएको जनाएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणको ब्याजदरभन्दा कममा सफ्ट लोन लिई ब्याज खर्चको भार कम गर्ने उद्देश्यले आशयपत्र आह्वान गरिएको निगमले बुधवार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।


Advertisment
Nabil box
Kumari

’लोन लिनका लागि सैद्धान्तिक सहमतिको लागि निगम, सञ्चालक, समितिका अध्यक्ष युवराज अधिकारीको अध्यक्षतामा जेठ २५ गते बसेको संचालक समितिको बैठकले नेपाल सरकारसमक्ष पेश गर्ने निर्णय भएबमोजिम संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, अर्थ मन्त्रालय र राष्ट्र बैंकसँग आवश्यक समन्वय गरी प्राप्त निर्देशनअनुसार माघ ४ को निगम सञ्चालक समितिको निर्णयबमोजिम १३५ अर्ब सफ्ट लोन प्राप्तिका लागि २३ जनवरी २०२४ मा अन्तर्राष्ट्रिय आशयपत्र आह्वान गरिएको छ,’ विज्ञप्तिमा उल्लेख छ । 

Vianet communication

प्राप्त हुने सफ्ट लोनबाट सरकार तथा सम्बन्धित निकायहरूको स्वीकृति लिई मौजुदा लोन स्वाप गर्न निगमको १० वर्षे व्यावसायिक योजनाअनुसार आन्तरिक तथा अन्तर्राष्ट्रिय सेक्टरमा उडान भर्ने जहाजहरू खरिद गर्ने निगमको भनाइ छ । यस प्रयोजनमा अन्तर्राष्ट्रिय स्तरको जहाज मर्मत–सम्भार गर्ने ह्यांगर निर्माणका लागि लगानी गर्नेसमेत योजना निगमले सुनाएको छ ।

उक्त सफ्ट लोन एकैपटक नभई निगमको व्यावसायिक लगानीको आवश्यकताअनुसार पटक–पटक लिइने विज्ञप्तिमा जनाइएको छ ।

यसरी लोन प्राप्ति भएपश्चात् हाल निगमले वार्षिक रूपमा लिँदै आएको करिब साढे तीन अर्ब रुपैयाँ ब्याज खर्चमा उल्लेख्य कटौती हुन गई निगमको नाफा वृद्धि हुने अपेक्षाका साथ आशयपत्र आह्वान गरिएको निगमले जनाएको छ । 

null

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x