×

NMB BANK
NIC ASIA

कांग्रेस महासमिति बैठकको तयारी तीव्र

चुनावी गठबन्धनको विपक्षमा गगनको प्रतिवेदन, क्यालेन्डर नै बनाएर महाधिवेशन !

काठमाडाैं | माघ २३, २०८०

NTC
Premier Steels

नेपाली कांग्रेस पटक–पटक सर्दै आएको महासमिति बैठक आगामी फागुन ७ देखि १० गतेसम्म गर्ने तयारीमा जुटेको छ । यसअघि तयारी नपुगेको तथा भूकम्प र जाडोलाई कारण देखाउँदै बैठक सारे पनि अब भने निर्धारित समयमै गर्ने गरी आवश्यक तयारी अन्तिम चरणमा पुगेको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । 

Muktinath Bank

‘यसअघि विविध कारणले बैठक सर्ने अवस्था आयो । तर, फागुनका लागि तोकिएको महासमिति बैठक अब सर्दैन । बैठकको तयारी द्रुत गतिमा अगाडि बढेको छ’, प्रचार विभाग प्रमुख विश्वकर्माले लोकान्तरसँग भने, ‘बैठकमा प्रस्तुत हुने मूल प्रस्ताव उपसभापति पूर्णबहादुर खड्का, सांगठनिक प्रतिवेदन महामन्त्री गगन थापा र समसामयिक प्रतिवेदन अर्का महामन्त्री विश्वप्रकाश शर्माले अन्तिम चरणमा पुर्‍याउनुभएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैठकको तयारीका लागि १३ वटा उपसमिति बनेको जानकारी पनि उनले दिए । 


Advertisment
Nabil box
Kumari

‘बैठकको व्यवस्थापनका लागि विभिन्न १३ वटा समिति बनिसकेका छन् । आवाज, भोजन, हल, सदस्यता दर्ता, सहभागी व्यवस्थापन, स्वागत, प्रचार प्रसारसहितका उपसमिति बनेर संयोजक पनि चयन भइसकेका छन्,’ विश्वकर्माले भने, ‘यसैले आवश्यक तयारी अघि बढेपछि अब बैठक सर्दैन भन्नेमा ढुक्क छौं । विदेशबाट प्रतिनिधिले नेपाल आउन टिकट पनि काटिसके ।’

Vianet communication

२५ बढी क्षेत्रका महासमिति सदस्य नटुंगिए पनि अहिले धमाधम नाम आइरहेको उनी बताउँछन् । ‘दिनकै तीन/चार जिल्लाबाट प्रतिनिधिको नाम टुंगिएर आइरहेको छ,’ विश्वकर्मा भन्छन्, ‘बाँकी भए पनि अन्तिमसम्म मिल्न नसके एक/दुई जिल्लाको मात्रै बाँकी हुन सक्छ, अरू सबै टुंगिन्छन् ।’

रामेछाप, सिन्धुली, ललितपुर, पर्वत भोजपुर, सोलुखुम्बु, खोटाङ, ओखलढुंगासहितका जिल्लामा प्रतिनिधिको टुंगो लाग्न बाँकी रहेको नेताहरू बताउँछन् ।

कांग्रेस यही बेला ‘समुदायमा कांग्रेस’ अभियानमा व्यस्त छ । यसले पनि महासमिति सदस्य टुंगिनमा ढिलाइ भएको नेताहरू बताउँछन् । बैठकमा २३ सय बढी महासमिति सदस्य सहभागी हुनेछन् । मुख्य प्रतिवेदनबाहेक पार्टीले आर्थिक र प्रचारप्रसार बारेको प्रतिवेदन पनि बैठकमा पेस गर्ने गरी तयारी भइरहेको जानकारी विश्वकर्माले दिए । 

null

तयारीका लागि संयोजक चयन

कांग्रेसले आगामी महासमिति बैठकका लागि विभिन्न उपसमितिमा संयोजक चयन गरेको छ । 

आइतबार मात्रै मूल समितिका संयोजक एवं पार्टी सभापति शेरबहादुर देउवाले विभिन्न ८ वटा उपसमितिमा संयोजक तोकेका थिए । जसअनुसार प्रचारप्रसार उपसमितिमा मीनबहादुर विश्वकर्मा, आवास समन्वय उपसमितिमा मदनबहादुर अमात्य छन् । 

भोजन व्यवस्थापन उपसमितिमा उदयशमशेर राणा, यातायात व्यवस्थापन उपसमितिमा धना खतिवडा, स्वयंसेवक परिचालन उपसमितिमा जीतजंग बस्नेत, स्वास्थ्य समन्वय उपसमितिमा उर्मिला नेपाल केसी, प्रदेश समन्वय उपसमितिमा इन्द्रबहादुर बनियाँ र स्थानीय व्यवस्थापन उपसमितिमा जितेन्द्र श्रेष्ठ (जिल्ला सभापति, ललितपुर)लाई संयोजक तोकिएको हो ।

गोदावरीस्थित ‘गोदावरी सनराइज कन्भेन्सन सेन्टर’मा महासमिति बैठक चल्नेछ ।  

कर्मकाण्डी नबनाउन सुझाव 

२०७८ मा भएको कांग्रेसको १४ औं महाधिवेशनले नेतृत्व मात्रै चयन गरेको थियो । पछि छुट्टै नीति महाधिवेशन गर्ने भन्दै टार्दै आएको कांग्रेसले यसपटकको महासमितिलाई नीति महाधिवेशनको रूपमा गर्दैछ । यसैले पनि पार्टीलाई वैचारिक, सांगठनिक र व्यवहारिक ढंगले समय सापेक्ष रूपमा अघि बढ्न बैठकले एउटा दिशा दिनुपर्ने केन्द्रीय सदस्य प्रदीप पौडेल बताउँछन् । 

‘हामीले गत महाधिवेशनमा नेता मात्रै चयन गर्‍यौं । तर, नीतिबारे कुनै बहस नै भएन । यसैले यसपटकको महासमितिलाई कांग्रेसले नीति महाधिवेशनको रूपमा गर्दैछ । बैठकले आजको समसामयिक राजनीतिको विषयलाई प्रष्ट पार्ने डकुमेन्ट पास गर्नुपर्छ,’ पौडेल भन्छन्, ‘राष्ट्रिय इश्युका सबालमा हाम्रो अवधारणा के हो आउनुपर्छ । हामीले पछिल्लो समयका चुनौती र हाम्रा भावी कार्ययोजनाबारे धेरै विषयमा प्रष्टता र परिभाषा गर्नु आवश्यक छ ।’ 

विषयगत रूपमा नै शिक्षा, स्वास्थ्य, सुशासन, रोजगारीजस्ता विषयमा नबोले समयले नपर्खिने पौडेल बताउँछन् । 

‘कतिले नयाँ दलको चुनौतीबारे बोल्नुपर्छ भनेको पनि सुनिन्छ । बोल्नका लागि बोलेर हुँदैन । हामीले शिक्षा, स्वास्थ्यबाहेक, वैदेशिक सम्बन्ध, सुशासन रोजगारी सिर्जनाबारे हाम्रो मान्यतालाई परिभाषित गर्नैपर्छ,’ पौडेल भन्छन्, ‘हामीले राम्रोसँग विषयमा बोल्ने र अवसर पाउँदा काम गर्ने हो भने अरू चुनौतीको रूपमा आए भनेर डराउनु पर्दैन । आफैंभित्रका चुनौती र कमजोरीलाई केलाउने र सोहीअनुसार कार्यक्रम दिने हो । आफू राम्रो देखिन राम्रो गर्ने हो, अरूलाई नराम्रो देखाउने होइन ।’

‘गठबन्धन गर्ने कुरा हेर्दा राजनीतिक विषय हो । तर, गठबन्धन गर्दा कस्तो प्रभाव परेको छ ? गठबन्धन गरेको कारणले सांगठनिक रूपमा हानी पुर्‍यायो भन्ने सुझाव तलबाट आएका छन्,’ एक नेताले भने, ‘यसैले अर्को चुनावमा गठबन्धन गर्नुहुँदैन भन्ने मत बलियो छ । यो विषय प्रतिवेदनमा पनि उठ्छ ।’ 

भ्रष्टाचारले मुलुक आक्रान्त भएकाले यसमा पार्टीको कमिटमेन्ट, रोजगारी बढाउन सकिने अवधारणा के हुन्छ, त्यसलाई अगाडि सार्नुपर्ने उनी बताउँछन् ।  ‘नागरिक नठगिने, देश बन्ने कुरामा देश र पार्टीको मुद्दा फरक हुँदैन । देशकै मुद्दालाई व्याख्या गरेर जानुपर्छ । पूर्वाधारको विकासमा भएको चरम अनियमियतालाई कसरी अन्त्य गर्ने ? यीबारे हाम्रो दृष्टिकोण के हो ?’ उनी प्रश्न गर्छन्, ‘१५ सालमा बीपीले कम्युनिस्टको भन्दा प्रगतिशील मुद्दा बोकेर दुईतिहाइ ल्याउनुभयो । हामीले पनि राम्रो काम गर्ने प्रतिज्ञा गर्न सके अरूसँग तर्सिइरहन जरुरी छैन ।’

पार्टीको विभिन्न तहबाट लिइएका सुझावलाई समेटेर महामन्त्रीले सांगठनिक प्रतिवेदनलाई पूर्णता दिइरहेको जानकारी महामन्त्री थापाका सल्लाहकार प्रताप पौडेलले दिए । 

‘अब महासमिति नसर्ने भयो, यसैले विभिन्न तहबाट प्राप्त भएका सुझावलाई लिएर सांगठनिक प्रतिवेदन लेखनको काम भइरहेको छ,’ पौडेलले भने, ‘यसपटक महासमितिमा आउने प्रतिवेदनमा संगठनको विवरण प्रस्तुत गर्नेभन्दा विभिन्न तह र तप्काले के भोगेका छन्, के चाहेका छन्, यो बीचमा गरेको निर्णयले के–के कुरामा असर परेको छ, के ध्यान दिनुपर्छ र कसरी पार्टी थप मजबुत हुन्छ भन्ने विषयमा सुझावसहितका कुरा समेटिन्छन् ।’ 

कार्यसमितिले निर्णय गरेर परिमार्जन गर्नुपर्ने थुप्रै विषय रहेको भन्दै विधान संशोधनका लागि समेत सुझाव दिने गरी प्रतिवेदन तयार भइरहेको छ । 

‘योपटक विधान संशोधन प्रस्ताव छैन । तर कार्यसमितिले निर्णय गरेर परिमार्जन गर्नुपर्ने र यसका लागि नयाँ ढंगले सोच्नुपर्ने विषय उल्लेख हुनेछन्,’ पौडेलले भने, ‘यसैले केही विषयमा विधान संशोधन गर्ने सुझाव पनि दिनेछ ।’

गठबन्धनको विरोध

अर्का एक नेताका अनुसार चुनावमा गठबन्धन गर्ने विषय राजनीतिक भए पनि पार्टीको हितमा नरहेको विषयलाई थापाको प्रतिवेदनले उठाउने भएको छ । 

‘गठबन्धन गर्ने कुरा हेर्दा राजनीतिक विषय हो । तर, गठबन्धन गर्दा कस्तो प्रभाव परेको छ ? गठबन्धन गरेको कारणले सांगठनिक रूपमा हानी पुर्‍यायो भन्ने सुझाव तलबाट आएका छन्,’ एक नेताले भने, ‘यसैले अर्को चुनावमा गठबन्धन गर्नुहुँदैन भन्ने मत बलियो छ । यो विषय प्रतिवेदनमा पनि उठ्छ ।’ 

null

सांगठनिक संरचना, निर्णय प्रक्रिया र कार्यशैली बदल्नुपर्ने जस्ता विषयलाई थापाको प्रतिवेदनले प्राथमिकता साथ उठाउने तयारी गरेको छ ।

समयमा महाधिवेशन गर्नुपर्ने जस्ता विधानले भनेका कुरालाई अक्षरशः पालना गर्नुपर्ने विषयमा पनि थापाले प्राथमिकता दिएका छन् । 

समय तोकैरै महाधिवेशन गर्नुपर्ने विषय पनि कांग्रेसमा तीव्र रूपले उठेको छ ।

गत भदौ २७ गते कांग्रेसको पोखरा महानगर सम्मेलनमा महामन्त्री थापाले १५ औं महाधिवेशन २०७८ मंसिरमै गर्ने गरी महासमिति बैठकमा क्यालेन्डर ल्याउने बताएका थिए ।

‘पार्टीको महाधिवेशन २०८२ साल मंसिर महिनाभन्दा उता जाँदैन, जान दिइन्न । ०८२ सालमा १४ औं महाधिवेशन गरेको चार वर्ष पुग्छ । हामीहरू सबै मिलेर महाधिवेशन गर्ने हो,’ थापाले भनेका थिए ।

किनकि ४ वर्षे कार्यकाललाई सभापतिहरूले साढे ५ वर्षसम्म लम्ब्याउँदै आएकाले पार्टीले क्यालेन्डरमै तोकेर पार्टीका महाधिवेशन र अधिवेशन गर्न सके पार्टीप्रति विश्वास बढेर जाने तर्क नेताहरूको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x