×

NMB BANK
NIC ASIA

सस्तो लोकप्रियताप्रेरित महत्त्वाकांक्षी योजना

‘भूत बंगला’ बन्ने बाटोमा पालिकामा बनेका आधारभूत अस्पताल !

काठमाडाैं | फागुन १४, २०८०

NTC
Sarbottam
गुल्मीको गुल्मी दरबार गाउँपालिकामा बनेको आधारभूत अलपत्र भवन ।
Premier Steels
Marvel

रूपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर– ४ मुर्गियामा बनेको १५ शय्याको अस्पताल अलपत्र परेको एक वर्षभन्दा बढी भइसक्यो । १२ करोड रूपैयाँको लागतमा बनाएको चार तले भवनसहितको अस्पताल सञ्चालन गर्ने सामर्थ्य पालिकासँग नहुँदा भौतिक निर्माणपछिका अन्य काम अघि बढ्न सकेका छैनन् । नगर प्रमुख फणेन्द्रप्रसाद शर्माका अनुसार संघीय र प्रदेश सरकारले नसघाउँदासम्म अस्पताल सञ्चालन गर्न सकिँदैन ।

Sagarmatha Cement
Muktinath Bank

‘अस्पताल सञ्चालन गर्न कम्तीमा वार्षिक २५ देखि ३० करोड रुपैयाँ खर्च हुन्छ,’ मेयर शर्मा भन्छन्, ‘चलाएपछि त्यसलाई निरन्तरता दिनुपर्छ । अस्पताल सञ्चालन गर्ने बजेटसहितको सामर्थ्य सानो राजस्व स्रोत भएका पालिकासँग छैन । जिल्ला अस्पतालमा त डक्टरहरू छैनन्, पालिकामा दशौं तहका डक्टरलाई ल्याएर अस्पताल चलाउने कुरा अहिलेको वर्तमान अवस्थामा असम्भव जस्तै देखिन्छ । तत्कालीन सरकारले महत्त्वाकांक्षी निर्णय गरेजस्तो मलाई लाग्छ । अहिले पालिकामा बनेका ९० प्रतिशतभन्दा बढी अस्पताल चलेका छैनन् र चल्न सक्ने अवस्था पनि म देख्दिनँ ।’  ‘एक स्थानीय तहमा, एक अस्पताल’ संघीय सरकारको योजना हो । तर, सैनामैनाकै निवर्तमान मेयर चित्रबहादुर कार्कीले अस्पताल सञ्चालन खर्च र कर्मचारी व्यवस्थापन गर्ने हिम्मत पालिका सरकारले लिए अस्पताल चलाउन गाह्रो नभएको दाबी गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रूपन्देहीको सैनामैना नगरपालिकामा बनेको आधारभूत अस्पताल भवन सञ्चालन हुन नसकेर अलपत्र अवस्थामा


Advertisment
Nabil box
Kumari

पालिकाका अस्पताल भुत बंगला बन्ने बाटोमा ! 

Vianet communication
Laxmi Bank

अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले निर्माण गरेको १५ शय्याको आधारभूत अस्पताल नगरपालिकाले सञ्चालन गर्न नसक्ने बताइसकेको छ । नगर प्रमुख झविलाल थापाले सञ्चालन खर्चको जोहो गर्न नसक्दा नगरपालिकालाई सो अस्पताल ‘सेतो हात्ती दाँत’ जस्तै भएको बताए । विषय विशेषज्ञ डाक्टरसहितको जनशक्ति, तोकिएको प्रयोगशालालगायतका सेवा दिनेगरी स्थानीय तहले थेग्नै नसक्ने थापाको भनाइ छ ।

‘तत्कालीन सरकारले अति महत्त्वाकांक्षी र सस्तो लोकप्रियताका नाममा यो कार्यक्रम ल्यायो,’ मेयर थापा भन्छन्, ‘हामीलाई ठेकेदारले भवन हस्तान्तरण गरिसक्यो । जनशक्ति छैन । चलाउन र उपकरण किन्ने बजेट छैन । पहाडमा बसाइँसराइले खाली हुँदैछ । पहाडका अस्पतालको विश्वास मान्दैनन् । अन्ततः सबै पालिकाका बनाइएका आधारभूत अस्पताल भूत बंगला बन्छन्, हेर्दै जानुसहोस् ।’ थापाले भवन रेखदेख गर्नलाई १५ हजार तलब दिएर एक जना कर्मचारी राखेको बताए । 

अर्घाखाँचीमा चारवटा स्थानीय तहले आधारभूत अस्पताल निर्माण गरेका छन् । शीतगंगा नगरपालिका, मालारानी र छत्रदेव गाउँपालिकाले पनि अस्पताल निर्माण गरिरहेका छन् । सञ्चालन र व्यवस्थापनको सवालमा सबै पालिकाको एकमत देखिन्छ ।  बिरामी भएका ग्रामीण क्षेत्रका स्थानीयले घरनजिकै सुलभ रूपमा डाक्टरबाट उपचार गर्न पाउन् भनेर संघीय सरकारले आधारभूत अस्पताल सञ्चालनको प्रक्रिया अगाडि बढाएको थियो । 

गुल्मीदरबार गाउँपालिका गुल्मीले १५ शय्याको अस्पताल भवन बनाएको लामो समय भइसक्यो । पालिकाले अस्पताल चलाउने योजना कुरा असम्भव भएको बताउँछन्, गाउँपालिकाका अध्यक्ष सरोजकुमार थापा । ‘संघीय सरकारले रकम भुक्तानी नदिँदा भवन निर्माणको केही काम अझै बाँकी छ,’ अध्यक्ष थापा भन्छन्, ‘अस्पताल गाउँपालिकाको स्रोतले सञ्चालन गर्न सकिँदैन । संघीय सरकारको सहयोगमा भवन निर्माण भयो, तर स्थानीय तहले थेग्न सक्दैन ।’

गुल्मी दरबारको आन्तरिक स्रोत वार्षिक ४५ लाख मात्र छ । तर, १५ शय्याको अस्पताल सञ्चालन गर्ने हो भने पालिकालाई वार्षिक २ करोड रुपैयाँभन्दा बढी बजेट आवश्यक पर्छ । गुल्मीकै चन्द्रकोट गाउँपालिका, मुसिकोट नगरपालिकाले अस्पताल निर्माण अन्तिम चरणमा पुर्‍याए पनि सञ्चालनबारे समस्या उही गुल्मीदरबारको जस्तै छ । मालिका गाउँपालिकाले भने भवन निर्माणको कामलाई समेत प्रभावकारी रूपमा अघि बढाउन सकेको छैन । गुल्मीमा प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्यचौकीमा आधारभूत अस्पताल निर्माण गरिएको थियो ।

शिलान्यास गरेको साढे तीन वर्षभन्दा बढी समय बितिसक्दा पनि एउटै अस्पताल सञ्चालनमा आउन सकेको छैन । केही पालिकामा भवन बने पनि सञ्चालन गर्न नसक्ने पालिकाले बताइसकेका छन् । 

बन्दाबन्दै अलपत्र परेको प्यूठानको माण्डवी गाउँपालिकाको अस्पताल भवन

कहाँ पुगे ६५२ अस्पताल निर्माण  ?

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहमा १७ मंसिर २०७७ मा दुई वर्षभित्र सम्पन्न गर्ने गरी ३९६ आधारभूत अस्पताल शिलान्यास कार्यको थालनी गरेका थिए । मुलुकभर ७५३ मध्ये ६५५ पालिकामा आधारभूत अस्पताल नभएपछि  ५, १० र १५ शय्याका आधारभूत अस्पताल निर्माण कार्य शिलान्यास गरिएको थियो । दुई वर्षभित्र भवन बनाइसकेर सञ्चालन गर्ने लक्ष्य संघीय सरकारको थियो ।  लुम्बिनी प्रदेशमा अहिलेसम्म कुनै पनि आधारभूत अस्पताल सञ्चालनमा आउन सकेका छैनन् । स्वास्थ्य मन्त्रालयका अनुसार लुम्बिनी प्रदेशमा ५७ पालिकाले आधारभूत अस्पताल निर्माण प्रक्रिया अगाडि बढाएका थिए । 

त्यसमध्ये अहिलेसम्म कुनै पनि अस्पताल निर्माण सकेर सञ्चालनमा आउन सकेका छैनन् । १५ शय्याको अस्पतालका लागि मेडिकल जनरलिस्ट तह ९ वा १० एक जना, आठौं तहको मेडिकल अधिकृत दुई जना, स्टाफ नर्स ६, हेल्थ असिस्टेन्ट ४, आयुर्वेद सहायक १, ल्याब टेक्निसियन, रेडियोग्राफर, फार्मेसी सहायक, डेन्टल हाइजिनिस्ट, एनेस्थेटिक सहायक, अप्थाल्मिक सहायक, नायब सुब्बा प्रशासन १/१, कार्यालय सहयोगी ६ र सरसफाइकर्मी ३ गरी ३० जनाको दरबन्दी व्यवस्था छ । 

कमजोर लुम्बिनीको स्वास्थ्य !

लुम्बिनी प्रदेशमा अहिलेको स्वास्थ्य अवस्था कमजोर छ । प्रदेशका १०९ स्थानीय तह ९८३ वडामध्ये करिब २०० वडा अझै पनि स्वास्थ्य संस्थाविहीन छन् । सञ्चालित अस्पतालको सञ्चालन र व्यवस्थापनमा पनि राज्यको ध्यान पुगेको छैन । लुम्बिनी प्रदेशमा २४ अस्पताल प्रदेश सरकार मातहत छन् । अस्पतालमा जनशक्ति र भौतिक अवस्था दुवैको अभाव छ । प्रदेश सरकारले ६ वटा जिल्ला अस्पताललाई ५० शय्यामा स्तरोन्नति थालिएको थियो ।

पाल्पाको माथागढी झडेवा र पूर्वखोला गाउँपालिकाको वीरकोटमा आधारभूत अस्पतालको अवस्था पनि उही छ । रोल्पामा ७, दाङमा ६, रूपन्देही र प्यूठानमा ५/५, पश्चिम नवलपरासी, अर्घाखाँची, बर्दियामा ४ आधारभूत अस्पताल निर्माण थालिएको थियो । पाल्पा, बाँके, कपिलवस्तुमा ३/३, रूकुम पूर्वमा दुई स्थानीय तहमा अस्पतालको शिलान्यास गरिएको छ । 

प्युठानको झिमरुक गाउँपालिकाको अस्पताल जग हालेर अलपत्र अवस्थामा ।

पालिकाले चलाएरै देखाउनुपर्छः स्वास्थ्य मन्त्रालय

संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी जनप्रतिनिधिले जनताको मौलिक हक पूरा गर्नुपर्ने दायित्व रहेको बताउँछन् । ‘जनशक्तिको समस्या पालिकाको मात्र होइन, संघीय सरकार मातहतका अस्पतालहरूमा पनि छ,’ डा. बुढाथोकी भन्छन्, ‘स्थानीय तहले हामीलाई रिक्वेस्ट गरे चिकित्सकलाई रोटेसनमा पठाउन हामी तयार छौं । दरबन्दी अनुसारको सुविधा कर्मचारीको संघबाट आउने हो । सञ्चालन खर्च स्थानीय तह आफैँले गर्नुपर्ने हुन्छ । बनेका अस्पताल चलाएरै देखाउने दायित्व पूरा गर्नुपर्छ ।’ 

पहिलो चरणमा निर्माण थालिएका ९० प्रतिशत अस्पताल भवन बनिसकेको डा. बुढाथोकीको भनाइ छ । सरकारले ५ बेडका अस्पताललाई १० करोड, १० बेडकालाई १७ र १५ बेडको अस्पताललाई २२ करोड रूपैयाँसम्म दिएको थियो ।  दोस्रो चरणमा निर्माण थालिएका २५६ अस्पताललाई पहिलो किस्ताको रकम उपलब्ध गराइए पनि दोस्रो किस्ता दिन सरकारसँग बजेट नहुँदा दिएको छैन ।  

संघ र स्थानीय तहमा निर्वाचन भएर नयाँ सरकार बन्यो । तर, अघिल्लै सरकारले शुरू गरेको कामलाई अहिलेको सरकारले अघि बढाउन सकेको छैन । संविधानको अनुसूची ८ मा आधारभूत स्वास्थ्य र सरसफाइ स्थानीय तहको अधिकारको सूचीमा पर्छ । पालिकास्तरको सुविधायुक्त स्वास्थ्य संस्था बनाउने अवधारणा राम्रो हो । आधारभूत अस्पताल भनेर नामकरण गरेपछि त्यहाँ कार्यरत स्वास्थ्यकर्मीहरूले त्यसको दायराभित्र मात्र रहेर काम गर्नुपर्ने हुन्छ । आधारभूत स्वास्थ्य सेवा जनस्वास्थ्य सेवा ऐन–२०७५ को दफा ३ ले व्यवस्था गरेको छ । 

हामीले आवश्यक सहयोग मात्र गर्न सक्छौंः मन्त्रालय

संघीय सरकारले २०० शय्याभन्दा माथिका अस्पताल हेर्ने गर्छ । २०० शय्यासम्मका प्रदेश सरकारको मातहतमा हुन्छन् भने १५ शय्यासम्म स्थानीय सरकारले हेर्छन् । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी गंगाधर पाण्डेले पालिका स्तरका अस्पतालका लागि उपकरण र जनशक्ति व्यवस्थापनमा सहयोग गर्न सकिने बताउँछन् ।

‘१५ शय्यासम्म अस्पताल पालिकाको दायित्वका हुन् । सहयोग र समन्वय प्रदेशले गर्न सक्छ तर, अन्य सहयोगका पाटो हाम्रो हुँदैन,’ पाण्डे भन्छन् । 

संघीय सरकारले आधारभूत अस्पतालका लागि शुरूमा बनाएको नमूना दरबन्दीलाई फेरबदल गर्ने योजना मन्त्रिपरिषदमा लैजाने तयारीमा रहेको बताइएको छ । त्यस्तै औजार र उपकरण पनि दिने तयारी भइरहेको बताइन्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x