×

NMB BANK
NIC ASIA

सामुदायिक वनमा बेथिति : कमाउ धन्दामा पदाधिकारी, चन्दामै २१ लाख वितरण

धनगढी | फागुन १८, २०८०

NTC
Premier Steels

कैलालीको मोहन्याल गाउँपालिका– १ चायाभावरमा अवस्थित कोपिला सामुदायिक वनका पदाधिकारीको संलग्नतामा आर्थिक अनियमितता भइरहेको आरोप लागेको छ ।

Muktinath Bank

वनमा भएको आम्दानीको यकिन लेखाजोखा छैन । वनका पदाधिकारीको मिलेमतोमा रकम हिनामिना भइरहेको स्थानीयहरूको आरोप छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘अध्यक्ष र कार्यालय सचिव मिलेर रकमको दुरुपयोग भइरहेको छ । कति रकम आम्दानी गरेका छन्, कति खर्च गरेका छन्, सबै गुपचुप हुन्छ,’ मोहन्यालका स्थानीय सुरेश चन्दले भने ।


Advertisment
Nabil box
Kumari

वनका अध्यक्ष गणेशबहादुर बुढा मगर, सचिव मनिषा बुढा मगरलगायतका पदाधिकारीहरूको कार्यकाल सकिएको भए पनि उपभोक्तालाई फकाएर पुनः जिम्मेवारीमै रहेको स्थानीयको आरोप छ । 

Vianet communication

null

वनका पदाधिकारीले वार्षिक साधारण सभा समेत मनलाग्दी समयमा गर्ने गरेका छन् । वनका अध्यक्ष गणेशबहादुर बुढामगरले तीन वर्षको आयव्यय एकै पटक सार्वजनिक गरे ।

सामुदायिक वनको आर्थिक प्रतिवेदनअनुसार ठूलो आयस्रोत रकम चन्दा तथा सहयोग शीर्षकमा भुक्तानी गरेको देखिएको छ । 

सामुदायिक वनले सामाजिक तथा सामुदायिक विकासमा ५० लाख ४३ हजार २२५ खर्च भएको देखाएको छ, जसमध्ये चन्दा तथा सहयोग शीर्षकमा मात्रै २० लाख ९७ हजार ३३५ भुक्तानी दिइएको छ ।

null

आर्थिक वर्ष २०७८/०८९ मा अखिल नेपाल स्वतन्त्र विद्यार्थी संघलाई रु १० हजार, साइनिङ स्टार युवा क्लबलाई ८ हजार, जनजागृति युवा क्लबलाई ५ हजार, मगर राष्ट्रिय मुक्तिमोर्चा नेपाललाई १५ हजार, मानबहादुर बुढामगरको स्वास्थ्य उपचारमा रु ५० हजार, प्रेम घर्तीमगरको शिक्षामा ४० हजार चन्दा सहयोग गरेको छ भने अमृत जोलमी मगरको शिक्षामा १० हजार, नैनबहादुर पुनको स्वास्थ्य उपचारमा ५ हजार, नेत्र विकको स्वास्थ्य उपचारमा ५ हजार, मोहन्याल माविलाई ६ लाख, आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माणमा ५ लाख, बडिमालिका युवा क्लबको खेलकुदमा २५ हजार, पार्टीलाई ३ लाख सहयोग प्रदान गरेको देखिएको छ । 

त्यस्तै, आर्थिक वर्ष २०७९/०८० मा मात्रै ४ लाख १९ हजार ३ सय ३५ रकम सहयोग तथा चन्दा दिएको देखिन्छ । उपभोक्तालाई बाख्रा वितरणमा २५ लाख ५० हजार खर्च भएको देखिन्छ ।

null

प्रचलित वनको विधानविपरीत सामुदायिक वनले समयमै हिसाबकिताब सार्वजनिक नगर्ने र अपारदर्शी ढंगले कार्ययोजनाविपरीतको कार्य गर्दै आएको स्थानीय अर्जुन उपाध्यायले बताए ।

‘वनका पदाधिकारीले ब्रह्मलुट मच्चाएका छन् । तर, सम्बन्धित निकाय भने मौन छन् । डिभिजन वन र जिल्ला वन कार्यालयले अनुगमन तथा निरीक्षण समेत गरेका छैनन् ।’

वन पैदावार काठ तथा दाउरा बिक्रीबाट सामुदायिक वनले ठूलो आयस्रोत बढाए पनि त्यसको सदुपयोग भने हुन सकेको छैन । अनुत्पादनशील क्षेत्रमा ठूलो बजेट खर्चिँदै आएका छन् ।

गाडी खरिद, छैन आम्दानीको लेखाजोखा 

सामुदायिक वनका पदाधिकारीमा पनि जनप्रतिनिधिहरूकै जस्तै सेवासुविधा खोजिरहेका छन् ।

गाडी तलब भत्ता तथा विभिन्न शीर्षकमा रकम खर्च भएको देखाउँदै उनीहरूले रकम पचाइरहेका छन् । कोपिला सामुदायिक वनले ३ कोठे पक्की भवन समेत निर्माण गरेको छ । 

भवन निर्माणमा सामुदायिक वनले ३० लाख र कार्यालय फर्निचर खरिदमा ३ लाख ४३ हजार ९ सय ४५ रकम खर्चेका छन् । २ लाख ६९ हजार ९ सय रुपैयाँमा यमाहा मोटरसाइकल एक थान खरिद गरिएको छ । यति मात्रै हैन, सामुदायिक वनका पदाधिकारीले पुरानो बोलेरो जीप समेत खरिद गरेका छन् । 

बौनिया बजारदेखि मोहन्यालसम्म दैनिक यात्रु ओहोरदोहोर गरिरहेको जीप कार्यालय सचिव डम्बरबहादुर रोका मगर र वन हेरालुले आलोपालो चलाउने गरेका छन् ।

‘१२/१३ लाखमा किनिएको बोलेरो जीपबाट आम्दानी भएको रकमको पनि लेखाजोखा छैन । ‘कति आम्दानी हुन्छ, त्यो हामीले देखेका छैनौं । आम्दानी भएको रकम सबै खर्च भयो भनेर बिल बनाएर ल्याउँछन्,’ वनका उपभोक्ता समेत रहेका एक स्थानीयले भने ।

सामुदायिक वनमा कार्यरत कर्मचारीको तलब भत्तामा १ लाख ४५ हजार ५ सय ६७ र बैठक भत्तामा मात्रै १ लाख १२ हजार रकम खर्च गरिएको छ । १ सय १२ घरधुरीका ७ सय ३० जना उपभोक्ता रहेको कोपिला सामुदायिक वनले कुल २६२.७३ हेक्टर क्षेत्रफल ओगटेको छ ।

null

अब व्यवस्थित गर्छाैं– अध्यक्ष 

२९ असार २०७४ मा कोपिला सामुदायिक वन स्थापना भएयता यसको अध्यक्ष गणेशबहादुर बुढा मगर नै छन् । उनले समयमा वार्षिक साधारण सभा समेत गर्न सकेका छैनन् । तीन आर्थिक वर्षको वार्षिक साधारण सभा एकैपटक आयोजना गरिएकोमा आर्थिक हिसाबकिताब गोलमाल देखिएको छ ।

‘हाम्रो ध्यान वन संरक्षणका काममा थियो । शुरूआति चरणमा सिकाइ नै हुने भएकाले केही ढिला भएको हो । हामीले रकम हिनामिना गरेका छैनौं । वनको आम्दानी बढाउनका लागि काम गर्दैछौं । वन संरक्षणका लागि सबैले सहयोग गर्नुपर्छ,’ अध्यक्ष बुढा मगरले भने ।

मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्याय भने मोहन्याल गाउँपालिकामा रहेका सबै सामुदायिक वनहरूले बजेटको कुल रकमको १० प्रतिशत स्थानीय सरकारलाई राजस्व तिर्नुपर्ने गरी नीति निर्माणको गृहकार्य अघि बढाइएका बताउँछन् ।

‘सामुदायिक वनहरूले चन्दा सहयोग दिने र अनुत्पादनशील क्षेत्रमा खर्च गर्ने परिपाटी गलत हो । सामुदायिक वनको प्रावधानअनुसार नै विकास निर्माण र उत्पादनका क्षेत्रमा खर्च गर्नुपर्छ, अब यसमा हामी पनि निगरानी बढाउँछौं,’ गाउँपालिका अध्यक्ष उपाध्यायले भने ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x