मंसिर ३०, २०८०
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
बुटवल | फागुन १९, २०८०
सडकका चौकदेखि विद्यालय होस् वा नाटक घर, यी ठाउँमा दशकौँदेखि उपलब्ध पात्र हुन बाबुराम घिमिरे । उनी चार दशकदेखि मोफसलमा रहेर सडक नाटक लेखन, निर्देशन र अभिनयमा रमाइरहेका रंगकर्मी हुन् । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर–१७ मोतिपुरका बाबुरामले यस क्षेत्रमै केन्द्रित रही विसं २०४२ सालदेखि रंगमञ्चको क्षेत्रमा निरन्तर काम गर्दै आएका छन् ।
उमेरले ६ दशक पार गरिसकेका बाबुराम अक्षरलाई नाटक र साहित्यलाई समाजसँग जोडेर जीवन र चेतना फैलाइरहेका छन् । आफ्नो जीवन नै अभिनयमा बिताएका उनका नाटक मनोरञ्जनका लागि भन्दा पनि समाजको चेतनामा बढी केन्द्रित रहेको जानकारहरू बताउँछन् । हुन पनि उनको मोफसलमा नाटकलाई जोगाएर राख्नेमा अग्रपंतिमा आउँछ । नाटकप्रति बाबुराममा मोह कसरी बढ्यो त ? यसको जवाफका लागि बाल्यकालतर्फ फर्किनुपर्ने हुन्छ । स्कूले जीवनमा उनी चलचित्र हेर्न कहिल्यै छुटाउँदैनथे । परिवार पनि कलाकारिता क्षेत्रलाई खुबै माया गर्थे । ‘चलचित्र हेर्दा अभिनय र लेखनमा प्रभाव बढ्दै गयो । त्यसपछि मैले नाटक लेख्न र मञ्चन गर्न थालेको हुँ,’ उनी भन्छन् ।
कला क्षेत्रमा बाबुरामको शुरूवात भने अलि रोचक छ । उनले २२ वर्षको उमेरमा स्टेजमा हाँस्य (कमेडी) कार्यक्रमबाट कलाकारितामा पाइला चालेका थिए । यो यात्रा नाटकसम्म पुगेको हो । चार दशकयता उनी यही क्षेत्रमा टिकिराखेका छन् । ‘अन्तरआत्मादेखि निस्किएको कलाकारिताको ज्वालाले आफूलाई यही क्षेत्रमा टिकाइराखेको उनी बताउँछन् । निरन्तरताकै कारण बाबुरामले नाटकलाई नजिकबाट बुझ्नसक्ने भएका छन् । अहिले उनी नाटकको परिभाषा शब्दमा समेत व्यक्त गर्न सक्छन् । ‘नाटक साहित्यको एउटा प्रमुख विधा हो । यसमा कुनै पनि विषयको कथा–कहानी गद्य वा पद्यमा लेखिन्छ । खासगरी रञ्मञ्चमा अभिनय गर्न सकिने किसिमको सम्वाद भएको साहित्यलाई नाटक भनिन्छ,’ आफ्नो क्षेत्रको परिभाष यसरी दिन्छन् उनी ।
बाबुरामको परिवार २०२१ मा गुल्मीको पौदी अमराईबाट बसाइँ सरी बुटवल झरेको थियो । यसर्थ उनी बुटवलमै हुर्किए, यहीँ पढे र यही क्षेत्रलाई कर्मक्षेत्र बनाए । नाटकको क्षेत्रमा आफूले आफू हुर्केको समाजलाई के परिवर्तन गर्न सक्छु भन्ने सोचका साथ अगाडि बढेको बाबुराम बताउँछन् । नाटकमा लागेर उनलाई कति आर्थिक कमाइ भयो भन्ने मतलब छैन । यस्तोमा पनि परिवारले साथ दिएको उनले बताए । ‘मैले यस समाजमा काम गर्दा आर्थिक पाटोलाई हेर्दै हेरिनँ,’ उनी भन्छन्, ‘नाटकको क्षेत्रमा मैले समाजलाई के परिवर्तन गर्न सक्छु भन्ने सोचका साथ अगाडि बढेँ । त्यसैलाई प्राथामिकता दिएको हुनाले परिवारको पनि दह्रो साथ रह्यो । यसैकारण अहिलेसम्म रंगीन दुनियाँमा टिकिराखेको हुँ ।’ ‘अहिलेसम्म नाटकबाहेक अन्य क्षेत्रमा नलागेको र यसैलाई जोगाएर राखेको सायद ममात्रै हुँला,’ उनी सगर्व दाबी गर्छन् ।
बाबुरामका नाटकका विशेषता छन् । उनले मञ्चन गरेका नाटक हेर्ने दर्शकका आँखामा आँशु नआउने कमै हुन्छ । नाटकका दृश्य, भाव र शब्दलाई मनन गरेर दर्शकले आफूमा धेरै परिवर्तन गरेको उनले पाएका छन् । आफूले गरेका नाटकमा समाजलाई परिवर्तन गर्न सकेकोमा बाबुराम पनि खुसी छन् । ‘नेपालमा नाटकको इतिहास धेरै लामो छ । नाटकलाई कसरी प्रयोग गर्ने भन्ने कुरा महत्वपूर्ण हो,’ उनी थप्छन् । बाबुरामले नाटकमार्फत चेलीबेटी बेचबिखन, बालविवाह, जलवायु परिवर्तन, छाउपडी, मातृत्व, द्वन्द्वपीडित, भूकम्पसम्बन्धी सचेतनालगायत नेपाली समाजका विषयहरू उठाउँदै आएका छन् । ‘म हाम्रै स्थानीय समस्या उठाउँदै समाधानको पाटोसहितका नाटक बनाएर प्रस्तुत गर्ने कोसिस गर्छु,’ उनले भने । दुई दशकअघिसम्म सडक नाटक निकै लोकप्रिय रहेको उनले बताए । पछिल्लो समय नाटकलाई विद्यागत रुपमा पनि अघि बढाइएको छ । बाबुराम पनि नाटक लेख्दा दर्शकका विषयमा डुब्छन्, वास्तविकतामा पुग्छन्, चिन्तन गर्छन् र आफैंभित्रबाट तयार भएपछि मात्र लेखनमा लैजाने गर्छन् ।
बाबुरामले ५०० भन्दा बढी नाटकमा काम गरेका छन् । कुनैमा अभिनय गरे त कुनै लेखे । यस्तै निर्देशनदेखि मञ्च सजाउने कामसम्म उनले गरेका छन् । उनले एकपटक लेखेका नाटकलाई कसैले पनि फेरि ‘रिराइट’ गर्नु भनेका इतिहास छैन । बाबुरामका अनुसार पछिल्लो समय ‘ब्लाक बक्स थिएटर’मा आकर्षक बढ्दो छ । ‘गायन र नृत्य क्षेत्रमा कलाकार तयार भए पनि अभियनको क्षेत्रमा कलाकारको निकै अभाव छ,’ यसबारे उनले भने, ‘उनीहरूलाई तयार गर्नुपर्ने अवस्था छ । मानिसमा अभिनयमा रुचि छ । तर उनीहरू अभिनयको ज्ञान लिन भने चाहँदैनन् ।’ यसकारण पनि अभिनयको क्षेत्रमा राजधानी काठमाडौंभन्दा मोफसल पछाडि रहेको बाबुराम बताउँछन् । यही बुझेर उनी स्थानीय स्तरमा नाटकलाई स्थापित गर्न उनी स्थानीय सरकारसँग पटक–पटक आवाज उठाइरहेका छन् । ‘राष्ट्रका गहनाको रुपमा रहेका कलाकारलाई स्थानीय स्तरबाटै संरक्षण गर्न आवश्यक छ । पुरानालाई संरक्षण गरे यस क्षेत्रमा नयाँ पनि आकर्षित हुन्छन् । मेरो ध्याउन्न यसैमा छ,’ उनले थपे ।
बाबुराम स्कूल–स्कूलमा लघु नाटक पनि नियमित देखाउँछन् । उनी ठूलो पर्दाका चलचित्रमा पनि देखिएका छन् । उनले ‘होस्टेल रिर्टन’मा नायक नाजिर हुसेनको बुवा भएर अभिनय गरेका छन् । त्यस्तै २० वर्षभन्दा पुरानो चलचित्र ‘दर्पण छाँया’मा पनि उनले अभिनय गरेका छन् । उनी आफैँले केही वर्ष अघि लेखन र निर्देशन गरेको चलचित्र ‘हाम्री चेली’ले पनि राम्रो बजार पाएको थियो । उक्त चलचित्रको पटकथा लेखनमा बाबुराम उत्कृष्टमा परेका थिए । उनले निर्माण गरेका ‘पर्खाइ’, ‘प्रेत आत्मा’, ‘साहारा’, ‘दशैँ’, ‘बूढापाका’ लगायतका दर्जनौं ‘सर्ट मुभी’लाई दर्शकले रुचाएका छन् । युनिक मुभिजको ब्यानरबाट सेतीबेनी शिला र कालीनदीको विषयलाई समेटेर निर्माण गरिएको ‘सेतीबेनी’ डकुड्रामा प्रदर्शनको तयारीमा छ । दुई घण्टाभन्दा बढी समयको उक्त नाटक केही वास्तविक र केही काल्पनिक कथा जोडेर बनाएको बाबुराम बताउँछन् ।
त्यसैगरी बाबुरामले बुटवल क्षेत्रका टेलिभिजनमा धाराबाहिक रूपमा प्रसारण हुने ‘कर्म’ सिरियलमा पनि प्रमुख भूमिकाका साथ अभिनय गरेका छन् । उनकै पहलमा बुटवलको बागेश्वरी संगीतालयमा हृदयचन्द्रसिंह प्रधानले लेखेको सामाजिक यथार्थवादी ‘एक चिहान’को मञ्चन गरिएको थियो । त्यस्तै रागश्री संगीतालयले बालबालिकामा मातृत्वको प्रभाव पार्ने विजय मल्लद्वारा लिखित ‘कोही किन बर्बाद होस्’ नाटक पनि मञ्चन गरिएको छ । सञ्चारमाध्यमको पहुँच र सामाजिक सञ्जालले नाटकको महत्व घटाएको देखिए पनि थिएटरमा पुगेर लाइभ नाटक हेर्नुको वास्तविक स्वाद बेग्ले हुने बाबुरामको भनाइ छ । ‘नाटकको महत्व मोफसलमा बढ्दो छ । केही दिनअघि बुटवलमा मञ्चन गरिएका दुई नाटकले दर्शक र विद्यार्थीको मन जितेका छन् । अब यसलाई बढाउँदै लैजान आवश्यक छ,’ प्रफुल्लित हुँदै उनले भने ।
नेपाली नाटक र साहित्यको इतिहास दुई सय वर्ष पुगिसकेको यतार्थलाई मनन गर्दै अब यसलाई जोगाउन राज्य नै लाग्नुपर्ने बाबुरामको तर्क छ । ‘नेपाली नाटक र साहित्यको इतिहास दुई सय वर्ष पुगिसकेको छ । अब यी विधाको जर्गेनामा राज्यको पनि ध्यान जानुपर्ने आवश्यकता म देख्छु,’ उनी कुरा टुंग्याउँछन् ।
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...